पुनरावेदनको फैसला: २०२० र २०२१ का डिभी विजेताको अमेरिकी सपना समाप्त

पुनरावेदनको फैसला: २०२० र २०२१ का डिभी विजेताको अमेरिकी सपना समाप्त



प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

पुनरावेदनको फैसला: २०२० र २०२१ का डिभी विजेताको अमेरिकी सपना समाप्त

आज वासिंटन डिसीमा रहेको पुनरावेदन अदालतले बाइडेन प्रशासनका पक्षमा फैसला गरेपछि भिसा पाउन बाँकी रहेका २०२० र २०२१ का डिभी विजेताको अमेरिकी सपना समाप्त भएको छ । २०२० र २०२१ का डिभी विजेताका मुद्दाहरूमा पुनरावेदन अदालतले तल्लो अदालतको निर्णयलाई उल्टाएको हो ।

तल्लो अदालतका न्यायाधीश मेहता र न्यायाधीश चुटकनले गरेको आदेशविरुद्ध बाइडेन प्रशसनले पुनरावेदन गरेको थियो । आजको फैसलासँगै २०२० र २०२१ का झण्डै २० हजार भिसा पाउन बााकी रहेका डिभी विजेताहरुको अध्यागमन यात्रा समाप्त भएको छ ।

पुनरावेदनको फैसला: २०२० र २०२१ का डिभी विजेताको अमेरिकी सपना समाप्त

वासिंटन डिसीको पुनरावेदन अदालतमा यसबारेको मुद्दा लामो समयदेखि विचाराधिन रहेको थियो ।  डिभी २०२० र २०२१ का विजेतालाई भिसा जारी गर्न अमेरिकी सरकारले आवश्यक प्रविधि भने जडान गरिसकेको थियो ।  विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले सबै अदालतमा पेश गरेको कागजातमा विगतका बर्षका डिभीलाई प्रकृयामा लैजानका लागि प्रविधिमा आवश्यक सुधार गरिसकेको  थियो ।

सन् २०२१ को अगस्त १७ मा तल्लो अदालतले डिभी २०२० का ९०९५ भिसा संरक्षणका लागि आदेश दिएको थियो । त्यसपछि अक्टोबर २३ मा जारी गरिएको आदेशमा यी भिसाहरु सन् २०२२ को सेप्टेम्बर ३० अगाडि जारी गर्न आदेश दिइएको थियो । तर अप्रिल ५ मा पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी सुरु गर्न नपर्नेगरी अदालतले आदेश दिएको थियो ।

सन् २०२१ को सेप्टेम्बर २७ मा अदालतले कार्यकारी आदेशका कारण भिसा जारी हुन नसकेका २७ दुतावास र पोष्टका लागि डिभी २०२१ का ९६६ भिसा संरक्षणका लागि आदेश दिएको थियो । सन् २०२१ कै अक्टोबर २० मा यी भिसाहरु सकभर छिटो जारी गर्न आदेश दिइएपनि सन् २०२२ को अप्रिल ६ को आदेशमा पुनरावेदनको फैसला नआउँदासम्म भिसा जारी गर्न प्रतिक्षा गर्नसकिने व्यवस्था गरिएको थियो ।

त्यस्तै सन् २०२१ सेप्टेम्बर ३० को आदेशमा ६ हजार ९ सय १४ भिसा संरक्षणको आदेश दिइएको थियो । तर यसका सन्दर्भमा पनि  अप्रिल १८ मा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो । त्यस्तै सन् २०२१ को सेप्टेम्बर ३० कै आदेशमा ४८१ भिसा संरक्षणको आदेश दिएपनि २०२२ को अप्रिल ६ को आदेशमा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School