पुटिन र ट्रम्पबीचको टेलिफोन कुराकानीपछि युरोप सशंकित



प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भएको टेलिफोन वार्तालाई अनपेक्षित भन्दै टिप्पणी गरेको छ ।

जर्मनीका विदेशमन्त्री एनालेना बाएर्बोकले पुटिन र ट्रम्पबीच भएको वार्तालाई अनपेक्षित भनेकी हुन । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धको चाँडो अन्त्य हुनुपर्ने महिनौंदेखि भन्दै आएका छन ।

युक्रेनका बिषयमा हुने वार्ता युक्रेनको उपस्थिीती बिना संभव नभएको जर्मनी र बेलायतको भनाइ रहेको छ । नेटोको मुख्यालयमा जम्मा भएका युरोपका रक्षा मन्त्रीहरुले युक्रेन र युरोपलाई वार्ताको टेवलमा राखेर मात्रै समस्या समाधान हुनेमा सहमति जनाए ।

पुटिन र ट्रम्पबीचको टेलिफोन कुराकानीपछि युरोप सशंकित

युक्रेनका बिषयमा हुने सम्झौतामा युक्रेन र युरोपलाई थाहा नहुने त होइन भन्नेमा उनीहरुको चिन्ता छ । युक्रेनका बिषयमा हुने सम्झौताले युरोपलाई समेत प्रभावित पार्नसक्ने भएकाले युरोपलाई पनि वार्ताको टेवलमा राखिनुपर्ने उनीहरुको सामूहिक धारणा छ ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ नेटोको मुख्यालमा छन । उपराष्टपति जे डी भान्सले म्यूनिक सुरक्षा सम्मेलनमा युक्रेनी राष्टपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यसूचि रहेको छ ।

ट्रम्पले रुसको नेता पुटिनसँग साउदी अरेबियामा सिधा वार्ता गर्ने योजना बनाएको देखिन्छ ।

अमेरिकी राष्ट्रपति र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचको पछिल्लो फोन वार्ता भने तुलनात्मक रूपमा छोटो थियो।

जेलेन्स्कीले युक्रेनको सहभागिता बिना हुने कुनैपनि सम्झौतालाई मान्न बाध्य नहुने बताएको छ ।

पुटिन र ट्रम्पबीचको टेलिफोन कुराकानीपछि युरोप सशंकित





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School