प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार

अमेरिकामा टीएसएले पासपोर्ट वा रियल आईडीलगायतका स्वीकार्य परिचयपत्र बिना विमान चढ्नका लागि विमानस्थलमा पुग्ने यात्रुबाट १८ डलर शुल्क लिने भएको छ। वैकल्पिक परिचय प्रमाणिकरण कार्यक्रमअन्तर्गत यो शुल्क लिने घोषणा टीएसएले गरेको हो। यसबारे बिहीबार फेडरल रजिष्टरमा सूचना प्रकाशित गरिएको छ, र यो नियम नोभेम्बर २० बिहीबारदेखि नै लागू भइसकेको छ।
एयरपोर्ट सुरक्षा जाँचमा स्वीकार्य परिचयपत्र नभएकाहरूको पहिचान प्रमाणित गर्न अब आधुनिक वैकल्पिक प्रमाणिकरण प्रक्रिया प्रयोग गरिनेछ। यस प्रक्रियाबाट टीएसएले तिनीहरूको पहिचान स्थापित गर्न सफल भए मात्र ती व्यक्तिलाई एयरपोर्टको सुरक्षा जाँच पार गरेर जान अनुमति दिइनेछ।
यो नयाँ शुल्क सरकारी लागतहरू उठाउनका लागि लगाइएको सूचना टीएसएले सार्वजनिक गरेको हो। यात्रुले स्वीकार्य परिचयपत्र प्रस्तुत गर्न नसकेर वैकल्पिक परिचय प्रमाणिकरण प्रक्रिया सुरु गर्न चाहेमा यो नयाँ सेवाको दर्ता शुल्क तिर्नुपर्नेछ। संसदले निर्देशन दिएको यात्रु कार्यक्रमको श्रेणीअन्तर्गत यो सेवा दर्ता गरिएको टीएसएले स्पष्ट पारेको छ।
टीएसएका अनुसार आधुनिक कार्यक्रम प्रयोग गर्ने व्यक्तिबाट शुल्क लिइनेछ, जसबाट कार्यक्रमको व्यवस्थापन लागत उठाइनेछ। यस शुल्कमा प्रारम्भिक विकास, परिनियोजन, सूचना प्रविधि पूर्वाधार, सफ्टवेयर विकास, परिचय प्रमाणिकरण र प्रशासनिक लागतहरू समावेश हुने जनाइएको छ।
प्रति व्यक्ति १८ डलरको यो शुल्क रिफन्ड नहुनेछ। यात्रुले वैकल्पिक परिचय प्रमाणिकरणका लागि दर्ता र अनुरोध गर्दा यो शुल्क तिर्नुपर्नेछ। यदि यात्रुको पहिचान सफलतापूर्वक प्रमाणित हुन सकेन वा अन्ततः विमानस्थल प्रवेश अनुमति नपाए पनि शुल्क पूर्ण वा आंशिक रूपमा फिर्ता गरिने छैन।
यो शुल्क प्रति व्यक्ति १० दिनको प्रयोग अवधिका लागि लागू हुनेछ। उक्त अवधिमा यात्रुले प्रत्येक पटक आफ्नो पहिचान सफलतापूर्वक प्रमाणित गर्न सकेमा १० दिनसम्म १८ डलरमात्र तिर्नुपर्नेछ। यो कार्यक्रममा सहभागी हुनु ऐच्छिक भए पनि यसले परिचय प्रमाणिकरण हुने वा विमानस्थल प्रवेश पाउने ग्यारेन्टी दिँदैन। स्वीकार्य परिचयपत्र नभएकाहरूले यदि वैकल्पिक प्रमाणिकरण प्रक्रिया प्रयोग गर्न नचाहे भने उनीहरूलाई विमानस्थलको सुरक्षा क्षेत्रभित्र प्रवेश गर्न अनुमति दिइने छैन।
पासपोर्ट वा रियल आईडी नहुनेहरुले अन्य प्रकारका कागजातका आधारमा समेत विमान चढ्न सक्छन् । अमेरिकी पासपोर्ट कार्ड, ग्लोबल एन्ट्री, नेक्सस, सेन्ट्री, फास्टजस्ता ट्रस्टेड ट्राभलर कार्डहरू, अमेरिकी रक्षा मन्त्रालयबाट जारी आईडी, ग्रिनकार्ड, बोर्डर क्रसिङ कार्ड, संघीय मान्यता प्राप्त आदिवासी कार्डहरू, क्यानाडाली प्रान्तीय चालक लाइसेन्स, यातायात कार्यकर्ता पहिचान प्रमाण पत्र, अमेरिकी वर्क परमिट लगायतका कार्डहरु आन्तरिक उडानका लागि परिचयपत्रका रुपमा स्वीकार गरिन्छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्