पाल्पामा पाँच थान बेवारिसे भरुवा बन्दुक फेला


पाल्पामा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ।

जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका-७, ढाबको भोर्लेघाट सामुदायिक जंगलमा दुई ओटा र वडा नम्बर-७ कै चन्द्राकार सामुदायिक जंगलमा तीन ओटा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

अस्थाइ प्रहरी पोष्ट बेलबासबाट गस्तीका लागी खटिएको प्रहरीले टाेलीले उक्त स्थानबाट छर्रा र बारुद सहितको झोलासमेत बरामद गरेको छ। बन्दुक कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

एकै वडामा एकै दिन पाँच बन्दुक भेटिनु आश्चर्यजनक रहेको स्थानीयले बताएका छन्।

प्रकाशित: १४ चैत्र २०८० २०:३६ बुधबार





Source link

Leave a Comment