पाकिस्तानमा ४१ प्रतिशत महिलामा रक्तअल्पता, वार्षिक १७ अर्ब अमेरिकी डलरको नोक्सानी



प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार

पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित छन् । पाकिस्तानस्थित डनले एक प्रतिवेदनलाई उद्धृत गर्दै तीमध्ये १४ दशमलव चार प्रतिशत कम तौल र २४ प्रतिशत बढी तौल भएको बताएको छ ।

रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो । शरीरमा भएको रगतमा सामान्य भन्दा पनि थोरै राता रक्तकोष भएमा रक्तअल्पता हुन्छ । रक्तअल्पता भयो भने शारीरिक र मानसिक विकासमा वाधा पुग्दछ र रक्तअल्पता भइरह्यो भने मृत्यु पनि हुन सक्तछ ।

अपर्याप्त मातृ पोषणका कारण प्रतिएक लाख जीवित जन्ममा एक सय ८६ महिलाको मृत्यु हुन्छ । गुणस्तरहीन स्तनपानले स्तन र पाठेघरको क्यान्सरबाट वार्षिक दुई हजार र टाइप २ मधुमेहले एक हजार एक सयको मृत्यु हुन्छ ।

पाकिस्तानमा पनि प्रत्येक वर्ष जन्मको समयमा कम तौलका १४ लाख घटना दर्ता गरिएको छ । नेशनल हेल्थ सर्भिस एनएचएस मन्त्रालयले आयोजना गरेको ‘मातृ पोषणका लागि आर्थिक मामिलामा राष्ट्रिय नीति संवाद’ मा न्यूट्रिशन इन्टरनेशनलले विकास गरेको ‘निष्क्रिय उपकरणको लागत’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिवेदनअनुसार कुपोषणका कारण पाकिस्तानले वार्षिक १७ अर्ब अमेरिकी डलर नोक्सानी बेहोर्नुपरेको छ ।

यो विश्वव्यापी आम्दानीको करिब एक प्रतिशत हो । पाकिस्तानले प्रत्येक वर्ष गर्भवतीहरूमा एनिमियाको नौ लाख १८ हजार एक सय ५४ मामिला सामना गरेको प्रतिवेदनमा उल्लेख छ ।

पाकिस्तान आठ दक्षिण एसियाली देशमा किशोर, किशोरी र महिलाहरूमा रक्तअल्पताको प्रकोपमा चौथो स्थानमा र विश्वव्यापी स्तरमा दुई सय एक देशमा ३५औँ स्थानमा छ ।

यसबाहेक अपर्याप्त स्तनपानका कारण पाकिस्तानलाई २८ अर्ब अमेरिकी डलरको आर्थिक भार परेको छ । पाकिस्तानमा झाडापखालाबाट ६९ लाख मामिला, बाल्यकालमा मोटोपनको १९ हजार मामिला, झाडापखाला र निमोनियाबाट ३० हजार पाँच सय २५ बालबालिकाको मृत्यु र स्तन तथा पाठेघरको क्यान्सर र टाइप २ मधुमेहबाट तीन हजार एक सय ९६ महिलाको मृत्यु भएको छ ।

पाकिस्तानमा ४१ प्रतिशत महिलामा रक्तअल्पता, वार्षिक १७ अर्ब अमेरिकी डलरको नोक्सानी

यसअघि पाकिस्तान नेशनल क्लस्टरका रिपोर्टहरूले लाखौँ पाकिस्तानी विशेषगरी बालबालिकाहरूको पोषण स्थितिको डरलाग्दो चित्र देखाउँदै गम्भीर कुपोषण सङ्कटलाई प्रकाश पारेका छन् ।

आर्थिक कठिनाइ, खाद्य असुरक्षा, सीमित स्वास्थ्य सेवा पहुँच र वातावरणीय चुनौतीहरू जस्ता समस्याका कारण पाकिस्तानले आफ्नो इतिहासमा कुपोषणको उच्चतम दर अनुभव गरिरहेको प्रतिवेदनले जनाएको छ ।





Source link

Leave a Comment