पाकिस्तानमा अपहरित ३०० बन्धक मुक्त गराएको सेनाको भनाई



प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

पाकिस्तानी सेनाले ३०० भन्दा बढी बन्धकलाई मुक्त गरेको बताएको छ । बलोचिस्तान प्रान्तबाट मंगलबार त्यहाँको विद्रोही समूहको अपहरणमा परेका ४०० बढी बन्धक मध्ये ३०० लाई मुक्त गरिएको सेनाले बताएको छ ।

उद्धारको क्रममा चलाइएको अप्रेसनमा ३३ जना विद्रोही मारिएका छन । विद्रोहीहरुले २१ जना नागरिक र ४ जना सैनिक बन्धकलाई मारेका छन । सेनाले उनीहरुको खोजिकार्यलाई थप तिव्र बनाएको छ ।

बलोचिस्तानको स्वतन्त्रताका लागि लडेको उक्त संगठनलाई अमेरिका लगाएतका देशहरुले आतंकवादी संगठनको रुपमा घोषणा गरेका छन ।

पाकिस्तानमा अपहरित ३०० बन्धक मुक्त गराएको सेनाको भनाई

पाकिस्तानमा अपहरित ३०० बन्धक मुक्त गराएको सेनाको भनाई

पेसावर तर्फ जाँदै गरेको रेलमा १०० जना सुरक्षा फौजका सदस्यहरु तथा अन्य गरि ४०० भन्दा बढी सवार रहेका थिए ।

विद्रोहीहरुले आक्रमण गरी रेललाई कब्जामा लिएर त्यसमा सवारहरुलाई अपहरण गरेका थिए । यो समूहले पहिलो पटक रेलमा आक्रमण गरेको हो ।

बलोचिस्तानको स्वतन्त्रता वा बढी स्वायत्तता माग गर्ने विद्रोही समूहहरूमध्ये एक हो । यो पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो।

बलोचिस्तान लिवरेसन आर्मीले इस्लामाबादमाथि प्रान्तका समृद्ध खनिज स्रोतहरूको शोषण गरेको आरोप लगाउदै आएको छ ।

उनीहरूले सैनिक शिविरहरू, रेलवे स्टेशनहरू र ट्रेनहरूमा आक्रमण गरेका छन् । रेल नै अपहरण गरेको भने यो पहिलो पटक हो ।

पाकिस्तानमा अपहरित ३०० बन्धक मुक्त गराएको सेनाको भनाई





Source link

Leave a Comment