पाकिस्तानको दूर्दशा र थोरै चीनको समेत फजिहत : RajdhaniDaily.com


हाम्रा दुई छिमेकी भारत र पाकिस्तानबीचको तनावले हाललाई अल्पविराम पाएको अवस्था छ । गहिरिएर हेर्ने हो भने तनाव विस्तारै उकालो चढ्दै छ । गत हप्तादेखि प्रत्यक्ष एकअर्काविरुद्ध हतियार हानाहानचाहिँ हाललाई बन्द भएको छ । तर, कुनै पनि बेला पुनः चल्न तयार भएर सोझिएको अवस्था छ । गत २२ अप्रिलका दिन भारतको जम्मु काश्मिरस्थित पहलगाममा १ नेपालीसहित २७ निहत्था पर्यटकमाथि भएको आतंकी हमलाका कारण भारत र पाकिस्तान आमनेसामनेको स्थितिमा आइपुग्यो । सो आतंकी हमला पाकिस्तान राज्यको सहयोगमा भएको मानेर भारत कारबाहीमा उत्रियो । घटनाको भोलिपल्टै अर्थात् २३ अप्रिलकै दिन भारतले गत ६५ वर्षदेखि कायम सिन्धु जल सम्झौता एकतर्फी रूपमा स्थगित गरेर पाकिस्तानलाई खतरनाक संकेत दियो । भारतबाट बगेर पाकिस्तान जाने सिन्धु र यसका सहायक नदीहरूको पानीलाई भारतले नियन्त्रण गर्ने हो भने पाकिस्तान ध्वस्तै हुन्छ । अहिले विद्यमान पूर्वाधारकै भरमा पूर्ण नियन्त्रण सम्भव नभए पनि २० प्रतिशत बहाव नियन्त्रण गर्ने स्थितिमा भारत रहेछ । बाँकीका लागि आगामी दुई वर्षभित्र संरचना तयार हुने बताइँदै छ । छोटकरीमा भन्ने हो सिन्धु जल सम्झौता स्थगन भारतका तर्फबाट सबैभन्दा कठोर एवं चोटिलो प्रहार थियो ।

वास्तवमा भारत र पाकिस्तानबीच अनौपचारिक रूपमा युद्धको घोषणा यहीँबाट भएको भन्दा फरक नपर्ला । त्यसपछिको दुई साता भयंकर वाकयुद्ध र काश्मिरको नियन्त्रण रेखामा सामान्य गोला बारुद हानाहानमै सीमित रह्यो । तर, प्रत्येक दिन भारतका तर्फबाट ठूलो प्रहार हुने आँकलन भइनैरह्यो । अन्ततः ६ र ७ मेबीचको रात भारतले मात्र २५ मिनेटमा पाकिस्तान नियन्त्रित काश्मिरका ५ स्थान र पञ्जाव प्रान्तका चार स्थानमा अत्यन्तै सटिक मिसाइल प्रहार गरेर भारतका अनुसार ‘आतंकी केन्द्रहरू’ ध्वस्त ग¥यो ।

हुन पनि मसूद अजहरको नेतृत्वको जैस ए मुहम्मदको बहावलपुरस्थित मुख्यालय, हाफिज सइदको नेतृत्वको लश्कर ए तोयबाको मुरिदके पञ्जावस्थित मुख्यालय र सैय्यद सल्लाहुद्दिनको नेतृत्वको हिजबुल मुजाहिद्दिनको पाकिस्तान नियन्त्रित काश्मिरस्थित मुख्यालय ध्वस्त भएको छ । भारतका अनुसार उसले आतंकी केन्द्रहरूलाई मात्र निशाना बनाएको छ र नागरिक वा सैनिक केन्द्रहरूलाई छोएको छैन । पाकिस्तानचाहिँ यी केन्द्रहरूलाई मस्जिद र नागरिक ठेगाना भन्दै छ । स्वतन्त्र रूपमा मूल्यांकन गर्दा यी ठेगानाहरू आतंककारीहरूको आश्रयस्थलजस्तै नै देखिन्छ ।

भारतका े या े हमलापछि १० मेको बिहानसम्मनै पाकिस्तानका तर्फबाट निरन्तर भारततर्फ ड्रोन एवं मिसाइल आक्रमण भइरह्यो । ७ मेको साँझभरी र ७ र ८ बीचको रातभरी पाकिस्तानका तर्फबाट सैयौंको संख्यामा ड्रोन एवं छिटफुट मिसाइल आक्रमण भइरह् यो भने भारतीय वायु सुरक्षा प्रणाली ड्रोन आक्रमण निस्तेज पार्न नै व्यस्त रहेको देखियो । एक्कासी ८ मेको दिन बिहान पाकिस्तानको लाहोरस्थित सैनिक विमानस्थलमा ड्रोन झरेको दृश्य देखियो । लगत्तै, कराँचीलगायत धेरै सहरहरूमा विस्फोटको खबर आउन थाले । इस्लामाबाद र रावलपिण्डीसमेत अछुटो रहेन । रावलपिण्डीको रंगशालासमेत क्षतिग्रस्त भयो । सुरुमा त पाकिस्तानभरी यस्तो आक्रमण कसरी भयो ? बुझ्न नै कठिन भयो । तर, दिउँसोसम्ममा स्पष्ट यी सब विस्फोटहरू भारतको प्रत्याक्रमण रहेछ । भारतले पाकिस्तानी वायुसुरक्षा प्रणालीलाई भेदन गरेकोमात्र होइन, ध्वस्त बनाउन थालेको देखियो । अत्यन्तै संवेदनशील मानिएको पञ्जाबको सरगोदा र रावलपिण्डी एवं राजधानी इस्लामाबादसम्म भारतीय वायु आक्रमण प्रणालीलाई बेरोकटोक बाटो खुलेको अनुमान हुन थाल्यो । उता, पाकिस्तानी आक्रमण भने पूरै निस्तेज देखियो । भारतीय वायुसुरक्षा प्रणाली भने पाकिस्तानको साना ठूला सबै ड्रोन वा मिसाइल आक्रमणलाई रोक्न सफल देखियो । दिल्लीलाई लक्षित गरेर छोडिएको लामो दूरीको ‘फतेह’ मिसाइलसमेत सीमामै रोकियो । ८ मेको दिनभरी, ८ र ९ बीचको रात र ९ को दिनभरी यही सिलसिला जारी रह्यो । पाकिस्तानका प्रत्येक आक्रमण बिफल, भारतको सीमित इच्छित लक्ष्यसमेत पूरा भए ! तर यसबीच ‘समाचार’ प्रवाह भने अनौठो देखियो । पाकिस्तानका तर्फबाट पाँच भारतीय राफेल विमान झारिएकोदेखि भारतका कैयन विमानस्थल र वायुरक्षा प्रणाली एस ४०० ध्वस्त बनाइएको दावी प्रवाहित हुन थाले । यस्तो काममा पाकिस्तानी प्रधानमन्त्री र रक्षामन्त्रीसमेत देखिए ।

हुन पनि मसूद अजहरको नेतृत्वको जैस ए मुहम्मदको बहावलपुरस्थित मुख्यालय, हाफिज सइदको नेतृत्वको लश्कर ए तोयबाको मुरिदके पञ्जावस्थित मुख्यालय र सैड्ढयद सल्लाहुद्दिनको नेतृत्वको हिजबुल मुजाहिद्दिनको पाकिस्तान नियन्त्रित काश्मिरस्थित मुख्यालय ध्वस्त भएको छ

अमेरिकी टेलिभिजन सीएनएनले पाकिस्तानी रक्षामन्त्रीलाई जहाज गिराइएको प्रमाण देखाउन भन्दा उनले सामाजिक सञ्जालको हवाला दिएर हास्यास्पद काम गरे । यता, भारतीय मिडिया पनि कम थिएन । ७–८ पाकिस्तानी जहाज झारिएकोदेखि पाकिस्तानी सेनाप्रमुख गिरफ्तार भएको र प्रधानमन्त्री नवाज शरीफ बंकरमा लुक्दै गरेकोसम्म समाचार देखिन थाले । यस्ता ‘समाचार’मध्ये पाकिस्तानी दावीहरू पूर्णतया झूठा देखिए भने भारतका चाहिँ जानीजानी झुक्याउने चाल भन्ने बुझियो । पाकिस्तानी प्रचारको लक्षित समूह पाकिस्तानी जनता रहेछन् र उद्देश्य रहेछ, मनोबल कायम राख्ने । भारतीयचाहिँ अतिरञ्जित कुरा गरेर पाकिस्तानी सेना र साशकको मनस्थितिसँग खेल्दै रहेछ ! भएको भन्दा धेरै ठूला प्रचार गरेको देखेर पाकिस्तानीलाई लागेछ, ‘यिनीहरूसँग धेरै गर्ने क्षमता रहेनछ ।’

भारतको आकमण क्षमता शिथिल भएको अनुभव गरेको पाकिस्तानी सेना थोरै सुस्ताउन के थालेको थियो, भारतीय वायु सेनाले ९ र १० मेकोबीचको रात भयानक आक्रमण ग¥यो । त्यो रात भारतीय वायुसेनाले तमाम पाकिस्तानी वायुसुरक्षा प्रणालीलाई निस्प्रभावी बनायो र सामरिक महत्वका ११ सैनिक विमानस्थलहरूलाई ध्वस्त बनाइदियो । इस्लामाबादनजिकैको नूरखान र पञ्जावको सरगोदा त आवश्यक पर्दा आणविक युद्धका लागि नै अत्यन्तै महŒवपूर्ण मानिन्थ्यो । भनिन्छ, यो आक्रमणले पाकिस्तानको बायुसेनाको क्षमतामा २० प्रतिशतले कमी आएको छ ।

यसपछि १० तारिखका दिन युद्धविरामको याचना गर्न पाकिस्तान बाध्य भएको हो । यो तथ्य अब राम्रै स्थापित भएको छ । यो चार दिनको ‘लगभग युद्ध’ले दुई तीन कुरो सिद्ध भएको छ । पहिलो कुरो, भारतको वायुसुरक्षा प्रणाली (एअर डिफेन्स सिस्टम) अत्यन्तै सुदृढ रहेछ । चार तहको यो प्रणालीमा रूससँग किनिएको एस–४०० सँगै भारतले आफैं बनाएको आकाशजस्ता सुरक्षा मिसाइल पनि छन् । भारतको वायुसुरक्षा प्रणाली शत्प्रतिशतजस्तै प्रभावी देखियो । भारतसँग रहेको राफेल हवाइजहाजको मारक क्षमता पनि प्रमाणित भयो । भारतको बहुचर्चित ‘ब्रम्होस’ मिसाइल पनि अत्यन्तै कारगर देखियो । उता, पाकिस्तानलाई चीनले उपलब्ध गराएको ‘एचक्यू–९’ भनिने वायुरक्षा प्रणाली पूरै निस्प्रभावी देखियो भने चीनले नै उपलब्ध गराएको दुई ‘जेएफ–१७’ विमान नष्ट भएको पाकिस्तानी सेनाले नै स्वीकारिसक्यो । यो राउन्डको युद्धमा पाकिस्तानी सेना त परास्त भयो नै, यसले चीनलाई पनि नराम्रो धक्का पुगेको छ । अफ्रिकालगायत कैयन मुलुकबाट प्राप्त अर्डर क्यान्सिल हुन थालेको समाचारसमेत आउन थालेको छ । विश्वव्यापी रूपमै सामाजिक सञ्जालमा त चिनियाँ सैन्य सामाग्रीलाई ‘सस्तो चीनिया सामान’ भन्दै होच्याउन थालिएको छ ।

हुन त, यतिबेला पाकिस्तानमा ‘युद्धमा जित’को उत्सव मनाउनसमेत थालिएको छ । सुन्दा अचम्म लाग्ला ! तर धेरै अनौठो नमान्दा हुन्छ । म त दुई वर्ष पाकिस्तान बसेको हुँ । म तपाईंलाई भन्दै छु– आज पनि ८० प्रतिशत पाकिस्तानीहरू १९७१ को युद्धमा पाकिस्तानले जितेको दावी गछ्न् ! अरू युद्धको कुरा छोडौं ! जुन युद्धले त्यत्रो ठूलो भूभाग पूर्वी पाकिस्तान (बंगलादेश) गुम्यो र ९३ हजार पाकिस्तानी युद्धबन्दी बने, त्यो युद्ध पनि जितेको भन्छन् पाकिस्तानीहरू ! पाठ्यक्रममा नै त्यही पढाइन्छ र भनिन्छ, ‘अल्लाहका सेवकहरू सधैं जित्छन् !’ जिहादी मनस्थितिका अगाडि कसैको केही लाग्दैन । त्यसो त, आजका मितिमा हामीबीचसमेत ‘चिनिया जेएफ १७ ले खोजी खोजी राफेल नष्ट गरेपछि भारत युद्धविराम गर्न बाध्य भएको’ विश्लेषण गर्ने विद्वानसमेत छन् । यीचाहिँ चीनभक्तिमा होसै गुमाइसकेका भारतीय विस्तारवादविरोधी अग्रगामी राष्ट्रवादी हुन् ।

(Visited 125 times, 1 visits today)





Source link

Leave a Comment