पहिलो हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ न्यूयोर्कमा आयोजना हुँदै



प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

पहिलो हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ न्यूयोर्कमा आयोजना हुँदै

रेभेल एभेन्टस् इंक, शतिसाल ग्रुप एलएलसी युएसए, र बुद्ध ट्याक्स एण्ड एकाउन्टिङको संयुक्त आयोजनामा पहिलो ‘टप शप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५’ न्यूयोर्कमा आयोजना गर्न लागिएको छ । काठमाडौंको हिल्टन होटलमा पत्रकार सम्मेलन आयोजना गरेर अवार्ड कार्यक्रमबारे जानकारी दिइएको छ।

रेभेल एभेन्टस् इंकका अध्यक्ष राजेश हमाल, शतिसाल ग्रुप एलएलसी युएसएका अध्यक्ष लकेश श्रेष्ठ र बुद्ध ट्याक्स एण्ड एकाउन्टिङका सिपिए पशुपति श्रेष्ठले अवार्ड आयोजनाको जानकारी दिएका छन्।

कार्यक्रममा नेपाली चलचित्र र संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नेपालका वरिष्ठ अभिनेता कृष्ण मल्ल, एक्सन निर्देशक राजेन्द्र खड्की, अभिनेता रविन्द्र खड्का, सञ्चारकर्मी सुरजसिंह ठकुरी, वरिष्ठ गायकहरू प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी, जेम्स प्रधान, कमल मानसिंह, धीरज राई, रामजी खाड, टप शप काठमाण्डौंका चेयरम्यान सुभाष श्रेष्ठ, नेपाली ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, र रेभेल इभेन्ट्स प्राइभेट लिमिटेडका उपाध्यक्ष कुबेर कार्कीको उपस्थिति रहेको थियो। साथै, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र सञ्चारकर्मीहरू पनि सहभागी थिए।

पहिलो हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ न्यूयोर्कमा आयोजना हुँदै

पहिलो हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ न्यूयोर्कमा आयोजना हुँदै

पत्रकार सम्मेलनमा आयोजकहरूले नेपाली चलचित्र र संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न न्यूयोर्कमा अवार्ड आयोजना गरिएको जानकारी गराए। उपस्थित कलाकार, सञ्चारकर्मी र आयोजकहरूले अवार्ड कार्यक्रम नेपाली कलाकारहरूको योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्ने महत्वपूर्ण अवसर महत्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरे।

पहिलो हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ न्यूयोर्कमा आयोजना हुँदै

विगत लामो समयदेखि नेपाली संगीत र सिने जगतमा अतुलनीय योगदान पुर्याउँदै आएका नेपालका चर्चित हस्तिहरूलाई नेपाली संगीत र चलचित्र उद्योगलाई जोडेर अमेरिकामा पहिलो पटक आयोजना गरिएको नेपाली म्युजिक एण्ड फिल्म अवार्ड एउटै विशाल मञ्चमा प्रदान गरिने भएकोले यस कार्यक्रमलाई ऐतिहासिक मानिएको आयोजकहरूको भनाइ छ।

अवार्ड कार्यक्रममा सिमित नगरी, फिल्म फेस्टिवल र उत्सवको रूपमा बिकास गर्नका लागि सबै पक्षलाई जोडेर उत्साहजनक सहभागिता जुटाउन न्यूयोर्कमा रहेका समाजसेवी, बुद्धिजीवी, पत्रकार, विभिन्न संघसंस्था र नेपाली समुदायसँग सहकार्य भइरहेको र अवार्ड समारोहलाई भव्य र व्यवस्थित बनाउनका लागि व्यापक तयारी भइरहेको आयोजकहरूले जानकारी दिए।

फेस्टिवलमा विभिन्न विधामा अवार्ड वितरण गरिनेछ र नेपाली कलाकारहरूलाई सम्मान गरिनेछ। लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ, जुन नेपाली कला, संगीत र चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान दिएका वरिष्ठ कलाकारलाई दिइनेछ। यस अवार्डको उद्देश्य नेपाली कलाकारहरूको मेहनत र समर्पणलाई अन्तर्राष्ट्रिय रूपमा सम्मान गर्नु हो।

पहिलो हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ न्यूयोर्कमा आयोजना हुँदै

अवार्ड समारोहमा नेपालका ख्यातिप्राप्त कलाकार, निर्देशक, संगीतकार, गायक तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ। अवार्ड वितरणका क्रममा सांगीतिक प्रस्तुति र अन्य विशेष कार्यक्रमहरू पनि समावेश गरिनेछ, आयोजक समितिले जानकारी दिएको छ।





Source link

Leave a Comment