पर्यटक भिसामा अमेरिका आएका सोलिमान, एक वर्षअघि नै बनाएका थिए आक्रमणको योजना



प्रकाशित मिति : जेष्ठ १९, २०८२ सोमबार

आइतबारको दिउँसो बोल्डर शहरको पर्ल स्ट्रिट मलमा आयोजित इजरायल समर्थक र्यालीमा भएको हिंसात्मक आक्रमणले अमेरिकाको शान्तिपूर्ण प्रदर्शनमाथि गम्भीर प्रश्न उठाएको छ। ४५ वर्षीय इजिप्टेली नागरिक मोहम्मद सब्री सोलिमानले पेट्रोल बम (मोलोटोभ ककटेल) प्रहार गर्दा करिब दर्जनौँ मानिस घाइते भएका छन्। अमेरिकी संघीय र राज्य अधिकारीहरूले उनलाई हत्या प्रयास, आक्रमण, र संघीय घृणा अपराध अन्तर्गत अभियोग लगाएका छन्।

एक वर्षअघि बनाइएको थियो योजना
अदालतमा पेश गरिएका कागजातहरू अनुसार सोलिमानले आक्रमणको योजना एक वर्षअघि नै बनाएका थिए। उनले बन्दुक प्रयोग गर्न चाहेका थिए, तर आफ्नो गैरनागरिक स्थितिले गर्दा बन्दुक किन्न असफल भए। बन्दुक किन्न नसकेपछि युट्युबबाट मोलोटोभ बम बनाउने तरिका सिकेर आक्रमणको योजना अघि बढाएको अनुसन्धानकर्ताहरूसँग उनले स्वीकारेका छन् ।

उनी “सबै यहूदीवादी मानिसहरूलाई मार्न” चाहन्थे, तर छोरीले हाईस्कुलको पढाइ पूरा नगरेसम्म आक्रमण स्थगित गरेका थिए। छोरीको स्नातक समारोह सम्पन्न भएपछि मात्र उनले आक्रमण गरेका हुन्।

पर्यटक भिसामा अमेरिका आएका सोलिमान, एक वर्षअघि नै बनाएका थिए आक्रमणको योजना

पर्यटक भिसामा अमेरिका आएका सोलिमान, एक वर्षअघि नै बनाएका थिए आक्रमणको योजना

कसरी घट्यो घटना ?
बोल्डर प्रहरीले दिएको जानकारी अनुसार आक्रमण आइतबार दिउँसो पर्ल स्ट्रिट मलमा भएको हो, जुन कोलोराडो विश्वविद्यालय नजिकैको एक प्रसिद्ध पैदल यात्री क्षेत्र हो। सोलिमानले ¥यालीमा सहभागी भइरहेको भिडतर्फ दुईवटा मोलोटोभ ककटेल फ्याँके। बम प्रहार गर्दै गर्दा उनी “फ्री-प्यालेस्टाइन !” भन्दै चिच्याइरहेका थिए। उक्त ¥याली “Run for Their Lives” नामक संस्थाले आयोजना गरेको थियो, जसले हमासद्वारा सन् २०२३ मा इस्रायलमा गरिएका आक्रमणपछिका बन्धकहरूप्रति जनचेतना फैलाउने कार्य गर्दै आएको छ।

घटनामा घाइते हुनेहरूमा अधिकांश वृद्ध नागरिकहरू थिए, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

तीन वर्षअघि अमेरिका आएका थिए सोलिमान
सोलिमान इजिप्टमा जन्मेका थिए र १७ वर्ष कुवेतमा बसेपछि तीन वर्षअघि अमेरिका आएका थिए। उनी बोल्डरबाट १६० किलोमिटर दक्षिणमा पर्ने कोलोराडो स्प्रिङ्समा पत्नी र पाँच सन्तानसँग बस्दै आएका थिए। अनुसन्धान अनुसार उनी अमेरिकामा पर्यटक भिसामा आएका थिए तर भिसा र काम गर्ने अनुमति दुबैको अवधि सकिएपछि विना कागजात बस्दै आएका थिए।

उनले बन्दुक किन्न र लुकाएर बोक्न पाउने इजाजत लिन तालिम लिएको पनि बताइएको छ। तर, कानुनी हैसियत नभएकाले उक्त अनुमति प्राप्त गर्न सकेनन्।

अमेरिकी प्रशासनको प्रतिक्रिया :
घटनापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक्समा लेखे “हिजोको भयावह आक्रमणलाई मध्यनजर गर्दै, ट्रम्प प्रशासन अन्तर्गत सबै आतंककारी, तिनका परिवारका सदस्य र आतंकप्रति सहानुभूति राख्ने जो कोही भिसामा आएका छन् भने, हामी तिमीलाई भेट्नेछौं, तिम्रो भिसा रद्द गर्नेछौं, र देश निकाला गर्नेछौं।”

पर्यटक भिसामा अमेरिका आएका सोलिमान, एक वर्षअघि नै बनाएका थिए आक्रमणको योजना

घटनापछि संघीय अनुसन्धान संस्था एफबीआई र स्थानीय प्रहरीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सोलिमानले यसअघि कुनै आपराधिक गतिविधिमा संलग्न नभएको जानकारी दिएका छन्। उनी एक्लै क्रियाशील रहेको विश्वास गरिएको छ।

सोलिमान हाल हिरासतमा छन् र उनलाई राज्य र संघीय अदालतमा पेश गरिएको छ। उनलाई दीर्घकालीन सजायको सम्भावना रहेको छ। संघीय सरकार र राज्य अधिकारीहरूले घाइतेहरूलाई उचित उपचार प्रदान गरिएको जानकारी दिएका छन्।





Source link

Leave a Comment