परिवारमा आधारित ग्रिनकार्डको सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा अग्रता



प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार

परिवारमा आधारित ग्रिनकार्डको सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा अग्रता

अक्टोबरमा परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा अग्रता कायम भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार केही श्रेणीमा थोरै अग्रता कायम भएको छ भने केही श्रेणीमा उल्लेख्य अग्रता कायम भएको छ । जसका कारण अमेरिकाबाहिर अन्तरवार्ताको प्रतीक्षामा रहेका आवेदकहरूको प्रतिक्षा अवधि केही घटेको छ ।

२१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा सेप्टेम्बरका लागि पनि प्राथमिकता मिति ८ नोभेम्बर २०१६ कायम भएको छ । जुन सेप्टेम्बरको १५ जुलाई २०१६ का तुलनामा झण्डै ४ महिनाको अग्रता कायम भएको हो । अब ८ नोभेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले अक्टोबरमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।

त्यस्तै, ग्रिन कार्ड वाहकका जीवनसाथी र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तरवार्ता पाउने मितिमा १७ महिनाको अग्रता कायम भएको छ । सेप्टेम्बर महिनाका लागि पनि प्राथमिकता मिति १ सेप्टेम्बर २०२२ रहेकोमा अब अक्टोबरमा १ फेब्रुअरी २०२४ कायम भएको छ । अर्थात् १ फेब्रुअरी  २०२४ भन्दा पहिला आई १३० पिटिसन दर्ता गरेकाहरुले अक्टोबरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।

परिवारमा आधारित ग्रिनकार्डको सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा अग्रता

परिवारमा आधारित ग्रिनकार्डको सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा अग्रता

त्यस्तै, ग्रिन कार्ड वाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि अक्टोबरका लागि प्राथमिकता मिति २२ नोभेम्बर २०१६ कायम भएको छ, जुन सेप्टेम्बरको तुलनामा एकमहिनाभन्दा बढी हो । यो श्रेणीमा सेप्टेम्बरको प्राथमिकता मिति १५ अक्टोबर २०१६ कायम गरिएको थियो भने , अगस्त महिनामा पनि सोही मिति नै कायम थियो । तर अब २२ नोभेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले अक्टोबरमा भिसा पाउन सक्नेछन्।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा पनि अक्टोबरमा प्राथमिकता मिति ८ सेप्टेम्बर २०११ कायम गरिएको छ, जुन सेप्टेम्बरको तुलनामा एकमहिनाभन्दा बढी हो ।
सेप्टेम्बरमा यो मिति १ अगस्ट २०११ थियो भने अगस्तको तुलनामा कुनै टसमस भएको थिएन । तर अब अक्टोबरमा त्यसैले ८ सेप्टेम्बर २०११ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका आवेदकहरूलाई भिसा अन्तरवार्ता मिल्नसक्नेछ ।

त्यस्तै अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा पनि थोरै परिवर्तन भएको छ । अक्टोबरका लागि उनीहरूका लागि प्राथमिकता मिति ८ जनवरी २००८ कायम गरिएको छ, जुन केबल एकसाताको मात्र अग्रता हो । ८ जनवरी २००८ भन्दा अगाडि आई १३० पिटिसन दर्ता भएकाहरूले मात्र अक्टोबरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।

अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ बर्ष अगाडिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा उल्लेख्य अग्रता आएको छ, अर्थात् २२ सेप्टेम्बर २०२५ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । त्यस्तै अमेरिकाभित्र। हुने अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा २ महिनाको अग्रता कायम भएको छ । यो श्रेणीमा १ मार्च २००९ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् ।

अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा अन्य श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै फेरबदल भएको छैन । सेप्टेम्बरकै कायम छ । जसका कारण अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा अझ वृद्धि भएको छ। अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी, विवाहित छोराछोरी र ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा  अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति अक्टोबरमा पनि क्रमशः १ सेप्टेम्बर २०१७, २२ जुलाई २०१२ र १ जनवरी २०१७ नै रहेको छ।

परिवारमा आधारित ग्रिनकार्डको सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा अग्रता





Source link

Leave a Comment