परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा भएन टसमस



प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार

परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा भएन टसमस

परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा टसमस भएको छैन । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जुलाईको तुलनामा कुनै पनि परिवारमा आधारित आप्रवासी भिसा श्रेणीमा अन्तरवार्ता पाउने मितिमा टसमस नभएको हो । जसका कारण अमेरिकाबाहिर अन्तरवार्ताको प्रतीक्षामा रहेका आवेदकहरूको प्रतिक्षा अवधिमा थप बृद्धि हुने भएको छ ।

२१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा जुलाई महिनाका लागि प्राथमिकता मिति १५ जुलाई २०१६ कायम गरिएकोमा अगस्तका लागि पनि सोही मिति नै कायम छ । १५ जुलाई २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले मात्र अगस्तमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।

त्यस्तै, ग्रिन कार्ड वाहकका जीवनसाथी र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तरवार्ता पाउने मितिमा टसमस भएको छैन । जुलाई महिनाका लागि प्राथमिकता मिति १ सेप्टेम्बर २०२२ तोकिएकोमा अगस्तका लागि पनि सोही मिति कायम हुनेछ । १ सेप्टेम्बर २०२२ भन्दा पहिला आई १३० पिटिसन दर्ता गरेकाहरुले अगस्तामा भिसा अन्तरवार्ता पाउनेछन्।

परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा भएन टसमस

परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा भएन टसमस

त्यस्तै, ग्रिन कार्ड वाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि अगस्तको प्राथमिकता मिति १५ अक्टोबर २०१६ नै कायम गरिएको छ, जुलाई महिनामा पनि सोही मिति नै कायम थियो । १५ अक्टोबर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले अगस्तमा भिसा प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा पनि प्राथमिकता मिति १ अगस्ट २०११ नै कायम गरिएको छ, जुलाईको तुलनामा यो श्रेणीमा पनि कुनै टसमस भएको छैन । त्यसैले १ अगस्ट २०११ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका आवेदकहरूलाई अगस्तमा भिसा अन्तरवार्ता मिल्नेछ।

त्यस्तै अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा पनि कुनै परिवर्तन भएको छैन। उनीहरूका लागि प्राथमिकता मिति १ जनवरी २००८ नै कायम गरिएको छ । तसर्थ, १ जनवरी २००८ भन्दा अगाडि आई १३० पिटिसन दर्ता भएकाहरूले मात्र अगस्तमा भिसा अन्तरवार्ता पाउनेछन्।

यी प्राथमिकता मितिहरू चीन, भारत, मेक्सिको र फिलिपिन्सबाहेक अन्य देशहरूका लागि लागू हुनेछन्। यद्यपि, भिसा बुलेटिनअनुसार मिति योग्य भए पनि अमेरिकी दूतावासहरूमा उच्च ब्याकलगका कारण धेरै आवेदकहरूलाई अन्तरवार्ताको मिति पाउन कठिन भइरहेको छ।





Source link

Leave a Comment