परित्यागको पीडा !


सामाजिक सञ्जाल फेसबुकमा दौडिएका मेरा जिज्ञासुु आँखाले वरिष्ठ पत्रकार किशोर श्रेष्ठका वाल अभिव्यक्ति नियालेका छन् । उनले लेखेका छन्– ‘उपन्यास, कथा मार्फत जनताका दुःख– सुख सरल भाषामा लेखेर जनता जगाउने प्रगतिवादी लेखक सञ्जय थापा अर्थात मायालु कमरेड प्रदिप नेपाल ! छिट्टै निको भएर आउनुहोस् । तपाईंलाई यति चाँडै हार खाने छुुट छैन ।’

किशोर श्रेष्ठको फेसबुक वाल अध्यन पछि लेखकीय परिचय रहेको कमरेड प्रदिप नेपालको स्वास्थ्य अवस्थाबारे चिन्तित भए । अनि कमेन्ट लेखे– गेट वेल सुन !

मैले सञ्जय थापालाई ‘देउमाईको किनारमा’ उपन्यास र केही कथाहरुमा पढेको थिए । पञ्चायति व्यवस्थाको विरुद्ध प्रगतिवादी लेखनका शसक्त हस्ती मानिएका सञ्जय थापाका उपन्यास र कथाले राजनीतिक परिर्वतनमा ठूलै अर्थ राखेको मानिन्छ ।

२०४६ सालको जनआन्दोलन पछिमात्र थाहा भयो सञ्जय थापा त उनै कम्युनिष्ट नेता कमरेड प्रदिप नेपाल पो रहेछन् ! लेखनमा सक्रिय प्रदिप नेपाल २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारमा सञ्चार मन्त्री समेत बनेका थिए ।

उनै लेखक, साहित्यकार, राजनीतिज्ञ प्रदिप नेपालसंग मेरो पत्रकारिता अभियानको एउटा महत्वपूर्ण पलसँग जोडिएको संस्मरण छ ।

यो २०५७ सालको कुरा हो । हामी एउटा साप्ताहिक पत्रिका प्रकाशन गर्ने अभियानमा थियौ । तत्कालिन एमाले नेता शिवप्रसाद भण्डारी, म, बिष्णुु सुवेदी, बालकृष्ण शर्मा, प्रेमप्रसाद अधिकारी, दिनेश शिवाकोटी लगायतको टिमले साप्ताहिक पत्रिका प्रकाशनको तयारी गरिरहेका थियौं । हाम्रो अभियानमा एमाले नेताहरु स्व. पशुपति चौलागाईं, आनन्दप्रसाद पोखरेल र लालकुमार केसीको पनि साथ रहेको थियो ।

पत्रिकाको नाम जुराउने तयारीकै क्रममा चरिकोटको शुभेच्छा होटलमा एमाले नेता एमव् लेखक, साहित्यकार प्रदिप नेपालसँग भेट भयो । लेखक प्रदिप नेपाल एमालेको कार्यक्रममा सहभागी हुुन दोलखा आएका थिए । प्रदिप नेपाल एमाले नेतामात्र नभएर लेखक, साहित्यकार, पत्रकार समेत भएकोले हामीले उहाँसँग नामको विषयमा परामर्श गर्‍यौ । उहाँले पत्रिकाको नाम जुराइदिनुुभयो– ‘शैलुङको सूर्य साप्ताहिक ।’

नामको विषयमा बहस सुरु भयो । केहीले अट्को थापे– चरिकोटबाट पश्चिममा पर्ने शैलुङबाट कसरी सूर्य उदाउन सक्छ ? सूर्य त पूर्वबाट पो उदाउँछ । पश्चिममा त सूर्य अस्ताउने हैन ? ‘शैलुङको सूर्य’ नाम कसरी राख्न सकिन्छ र !

नाम जुराउने प्रदिप कमरेडलेनै समाधान दिनुभयो– चरिकोटबाट पो पश्चिम, काठमाडौँबाट त शैलुङ पूर्वनै पर्छ नि ! अब अट्को थाप्ने साथीहरु चुप लाग्नु भयो । अनि जिल्ला प्रशासन कार्यालय दोलखामा २०५७ सालमा दर्ता नम्बर– ६ मा ‘शैलुङको सूर्य साप्ताहिक’को नाममा पत्रिका दर्ता भयो । यो पत्रिकाले २०५८ साल भदौ २७ गते स्थायी प्रमाणपत्र प्राप्त गरेको थियो ।

पत्रकारिता यात्राको यो एउटा महत्वपूर्ण क्षण थियो ।

त्यसो त २०४७ सालबाटै म पत्रकारितामा सक्रिय रहेको हो । २०४९ सालमा त हामीले (म, भोजराज न्यौपाने, राजेन्द्र मानन्धर र शम्भु गौतम) ‘अरुणीमा’ पत्रिका प्रकाशन गरिसकेका थियौ । त्यसपछि हाम्रो यो टिमले ‘हाम्रो गाँउघर’, ‘कोसेली हवाई पत्रिका’, ‘प्रदेय’ जस्ता धेरै पत्रिका प्रकाशन गर्‍यो । हाम्रो यो अभियानमा स्व. देवदास श्रेष्ठ (नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक सभापति) को साथ र सहयोग महत्वपूर्ण थियो ।

पत्रकार महासंघको केन्द्रीय नेतृत्वमा समेत पुुगिसकेकोले सदस्यता परित्यागको निर्णय मेरो  लागि महादेवले विषलाई कण्ठमा राखेजस्तै भएको छ । निर्मला दिदीले सदस्यता शुद्धीकरण अभियानलाई समान मापदण्डको आधारमा अघि बढाउँदै लेखनमा सक्रिय पुराना साथीहरुलाई महासंघमा फर्काउने पहल गर्नुभयो भने म पनि महादेव जस्तै नीलकण्ठ बन्ने थिए कि !

पत्रकारिता यात्राको क्रममा पुराना साथीहरुसँग जोडिएका संस्मरण निक्कै रोमाञ्चक छन् । महासंघ स्थापनाको क्रममा भएका माथापच्चीसी, दोलखा– रामेछाप संयुक्त शाखाको निर्वाचन, समाचार संप्रेशणमा हुने कठिनाई जस्ता प्रशंगले अहिले पनि उत्साहित गर्छ लेखन पेशालाई । यी सबैकुरा सहजै हुुन्थ्यो भने पुराना साथीहरु पत्रकारिता क्षेत्रमा खारिनै पाउदैन थिए होलान । अहिले पत्रकारिताको अल्पिल्टो यात्राकै कारण विवाद चुलिएको छ यो क्षेत्रमा ।

पत्रकारिता यात्राका पुुराना सारथीहरु स्व. देवदास श्रेष्ठ, राजेन्द्र मानन्धर, भोजराज न्यौपाने, शम्भुु गौतम, इश्वरी न्यौपाने, दिनेश श्रेष्ठ, बिष्णुु सुवेदी, बालकृष्ण शर्मा, प्रविण प्रधान, कुमार थापा लगायतले पस्कने समाचार, साहित्य, लेख– रचना, काटुर्न जस्ता मिडिया खुुराकले पीडितलाई सान्त्वना, पीडकलाई सर्तक र समाजलाई सन्देश दिनेकाम गथ्र्यो । कानुन कार्यान्वयन गर्ने निकायले सकारात्मक समाचार भित्र हुुडलिएका बिभिन्न क्षेत्रको कमिकमजोरी पहिल्याउँदै तीनलाई सर्तक गर्थे ।

स्व. देवदास श्रेष्ठ, म, राजेन्द्र मानन्धर र उद्धव पोखरेलले पत्रकार महासंघ दोलखा शाखाको नेतृत्व लिदा निक्कै कठिनसंग कार्यालय व्यवस्थापन र सञ्चालन गरेका हौ । जीत कार्कीको घरको छतमा चित्राले बारेको टहरा बनाएर समेत महासंघको कार्यालय सञ्चालन गर्नु परेको तितो यर्थाथ एकादेशको कहाँनी भएको छ । जीवन लामा अध्यक्ष भएपछिमात्र पत्रकार महासंघको आफ्नै घर बन्यो ।

दिपक बस्नेत, जीवन लामा, स्व. शेरबहादुर भुजेल, दिलबहादुर केसी लगायतले दोलखामा पहिलो एफएम रेडियो ‘कालिञ्चोक सामुुदायीक एफएम’ सञ्चालन गरे । विनाशकारी भुकम्पको बेला ‘हाम्रो रेडियो’मा जोखिम मोलेर लक्ष्मण खड्काहरुले समाचार प्रशारण गरे । होम पाठक, कृष्ण बस्नेत, प्रोणप्रताप केसीहरुको पहलमा ‘रेडियो शैलुङ’ सुरु भयो ।

त्यतिबेला हामीले समाचारको स्कूप खोजेनौ । समाजको सकारात्मकता, वेथिति, प्राकृतिक प्रकोप, घट्ना– परिघट्ना जस्ता विषयलाई सहकार्यको अनुपम मोडलमा राष्ट्रिय मिडियाहरु मा समाचार, विचार, साहित्य, कार्टुनका माथ्यमबाट प्रकाशन गर्‍यौ । सहकार्यका ती समाचारहरु ले सधै राष्ट्रिय मिडियाहरुमा स्थान पाइरह्यो । स्थानीय रेडियोहरुले पनि जनताका कुरा बोलिरहे ।

एउटा घतलाग्दो प्रशंग छ । वरिष्ठ पत्रकार राजेन्द्र दहालले दोलखाबाट ‘साप्ताहिक विमर्श’मा रिर्पोटर बनाउनु पर्‍यो भनेर भेट्न पुुगेका पत्रकार शम्भु गौतमलाई, दोलखामा पनि समाचार हुुन्छ र ! भनेर फर्काइदिएछन् । त्यसको केही समय पछि उहाँ पौढकक्षा रिर्पोटिङको लागि दोलखा आउनुभयो । अनि हामीसँगको भेटमा उहाँले भन्नुभयो– दोलखा समाचारको उर्वर भूमि रहेछ । तपाईंहरुको मिहिनेतकै कारण दोलखा सधैं राष्ट्रिय मिडियामा छाइरहन्छ, यसलाई निरन्तरता दिइरहनु‍ होला ।

हामीले सिकेका छौ– समाचार हाम्रै वरपर छन्, त्यसलाई चिन्न, छान्न र लेख्न जान्नुपर्छ । दोलखामा समाचार प्रशस्तै थिए र छन् । जतिबेला पत्रकारले लेखेनन् वरिष्ठ पत्रकार राजेन्द्र दहालले दोलखामा समाचारनै छैन भन्ने बुझें । जब दोलखाका पत्रकारहरुले लेख्नथाले राजेन्द्र दहाललेनै भने– राष्ट्रिय मिडियाहरुमा दोलखा सधैं छाइरहन्छ ।

अब फेरि कसैले भनिदिनसक्छन्– दोलखामा समाचारनै छैन । किनभने अहिले दोलखाका पत्रकारहरुले लेख्न छाडेका छन् । लेख्नेहरु पनि स्कूपको पछि लागेर के– के लेख्छन्, लेख्छन् !

यसको कारण भन्छुु– नेपाल पत्रकार महासंघले लेख्ने पत्रकारलाई सदस्यनै नठानेपछि दोलखामा समाचार होस कसरी । राजनीतिले जकडिएको पत्रकार महासंघले त समाचारलाई हैन आस्थालाई सदस्यताको मापदण्ड बनाएको छ ।

मैले पत्रकारिता यात्रासंग जोडिएका धेरै प्रशंग उल्लेख गरे । लेखन पृष्ठभूमिको मैझारो पत्रकार महासंघको सदस्यता मापदण्ड बनेको छ । कति मिठो मापदण्ड बनाएको पत्रकार महासंघले सदस्यता छनोटमा । लेख्ने नटिक्ने, देख्ने चाहिं बिक्ने ।

दोलखामा समाचार छान्ने साथीहरु पत्रकार महासंघमा अटाउन सकेनन् । पत्रकार महासंघलाई छतमा टहरा हालिदिने लेखक सदस्य भएनन् । समाचार बुझ्ने, समाचारको बहस– पैरवी गर्ने र लेखन, कार्टुुनका माध्यमबाट समाजलाई सचेत गर्नेहरु सदस्य रहेनन् । अझ दु:खको कुरा विना मापदण्ड तयार गरिएको शुद्धीकरणको नाममा सँगै हातेमालो गर्ने कतिपय साथीहरुले नै अर्को साथीको हात छोडिदिए ।

अहिले म आफुलाई एक्लो महसुस गर्दैछुु पत्रकारिताको यात्रामा । आर्थिक बोझको पीडाले थलिएको मेरो मानसिकता सँग-संगै पत्रकारिता गरेका साथीहरुको गुनासाले शिथिल बनेको छ । पुराना साथीहरु छुट्दै जाँदा पत्रकारितामा सहकार्यको नटबुल खुकुलो हुुदै गएको ठान्दछुु । एउटा समयको सहकर्मीहरु विनाकारण सदस्यबाट हट्ने प्रवृतिको चक्रव्यूह  परेका छन् । म विवश छुु, त्यो चक्रब्युु तोड्न सक्दिन । त्यसैले झण्डै ३० वर्षअघि प्राप्त गरेको पत्रकार महासंघको सदस्यता परित्याग गर्ने निर्णयमा पुगेको छु ।

मेरो निर्णयमा धेरै शुुभचिन्तकहरुले असहमति जनाएका छन् । तर म निर्णयबाट पछि हट्न चाहन्न । सदस्यता परित्याग गर्ने मेरो निर्णयले हात छुटेका पुराना साथीहरुलाई पक्कै न्याय मिल्दैन तर मैले आफ्नो मनलाई सान्त्वना भने दिन सक्छु ।

नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक पत्रकार महिला मुख्य नेतृत्व तहमा पुगेको सुखद् अवस्था छ । निर्मला दिदीलाई म आत्मीय शुभकामना दिन्छु । सदस्यता परित्याग गरेपनि पत्रकारिताको यात्रा जीवनको अन्तिम क्षणसम्म निरन्तर रहने छ । पत्रकारिता यात्रामा निर्मला दिदीको साथ र सहयोग विगतको जस्तै कायम रहने छ भन्ने अपेक्षा गर्छु । र उहाँको सफलताको लागि मेरो साथ र सहयोग पनि निरन्तर रहने छ ।

पत्रकार महासंघको केन्द्रीय नेतृत्वमा समेत पुुगिसकेकोले सदस्यता परित्यागको निर्णय मेरो  लागि महादेवले विषलाई कण्ठमा राखेजस्तै भएको छ । निर्मला दिदीले सदस्यता शुद्धीकरण अभियानलाई समान मापदण्डको आधारमा अघि बढाउँदै लेखनमा सक्रिय पुराना साथीहरुलाई महासंघमा फर्काउने पहल गर्नुभयो भने म पनि महादेव जस्तै नीलकण्ठ बन्ने थिए कि !

मैले प्रदिप कमरेडको प्रशंगबाट सुरु गरेको थिए,

लेखक, पत्रकार, राजनीतिज्ञ कमरेड प्रदिप नेपाललाई नेकपा एमालेले भुलेको हो कि भन्ने लागेको छ । पत्रकारिताको हाम्रा कतिपय सहकर्मीहरु पत्रकार महासंघको सदस्यताबाट हटेजस्तै प्रदिप कमरेडलाई एमालेले हटाउन खोजेको त हैन ? सञ्जय थापाको लेखन अभियानले आस्था र आग्रहको पक्षपोषण खोजेको थियो होला र !

कि लेखक, पत्रकार, अभियन्ताहरु सधै– सबैकुराबाट अछुत र अपहेलीत हुनुपर्ने हो ?





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School