परपुरुषसंग रंगेहात भेटिएपछि सेनाका जवानले श्रीमतीको हत्या गरे

परपुरुषसंग रंगेहात भेटिएपछि सेनाका जवानले श्रीमतीको हत्या गरे



प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार

नेपाली सेनाका जवानले श्रीमतीको हत्या गरेका छन । दाङको तुल्सीपुरमा आफनी श्रीमतीलाई परपुरुषसंग आपत्तिजनक अबस्थामा फेला पारेपछि ति जवानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका हुन ।

सल्यानको कपुरकोट ६ घर भई ज्वालादल गण बारामा कार्यरत ३६ बर्षिय शालिकराम बुढाथोकीले तुल्सीपुर ६ डुम्रीगाउँ बस्ने श्रीमती २७ बर्षिया टिका बुढाथोकीको शुक्रबार बिहान हत्या गरेको प्रहरीले बताएको छ । गम्भीर घाइते टिकाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

शालिकरामले आफनी श्रीमती संग रंगेहात भेटिएका अछाम घर भएका आर्यन थापालाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले बताएको छ । थापा पनि नेपाली सेनामै कार्यरत हुन । उनी तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत रहेको बताइएको छ । गर्धन र टाउकोमा गम्भीर चोट लागेका थापाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक ठाकुर पोखरेलका अनुसार शालिकराम शान्ती सेना मिसनबाट घर फर्केर बिदामा रहेका थिए ।

पक्राउ परेका शालिकरामले परपुरुष संग श्रीमतीलाई आपत्तिजनक अबस्थामा भेटेपछि दुबैजनालाई खुकुरी प्रहार गरेको बयान दिएका छन । घटनाको बारेमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School