प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार

फोटो : एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा साउदी युवराजको बचाउ गरेका छन्।
उनले खशोग्जीलाई अत्यन्तै विवादास्पद व्यक्ति भनेर टिप्पणी गरेका छन्। यो भनाइ सिआइए ले उक्त हत्या प्रकरणमा युवराज सलमानको संलग्नता रहेको भन्दै निकालेको निष्कर्षको ठीक विपरीत थियो।
ट्रम्पले युवराज मोहम्मद बिन सलमानलाई लज्जित बनाउनका लागि मात्र यो विषय उठाइएको दाबी गरे। सलमान उक्त हत्या प्रकरणमा जोडिएको भन्दै सिआईएले त्यस समयमा निष्कर्ष निकालेको थियो।
ओभल अफिसमा साउदी युवराजसँगै बसेर ट्रम्पले भने, “जमाल खशोग्जी अत्यन्त विवादास्पद थिए। धेरैले उनलाई मन पराउँदैनथे। उनलाई मन परोस् वा नपरोस्, यस्ता घटना हुन्छन्।”
पाहुनालाई लज्जित बनाउने खालका प्रश्न नसोध्न उनले पत्रकारसँग आग्रह गरे। युवराज बिन सलमानले भने हत्या “दुखद गल्ती” भएको स्वीकार्दै साउदी अरबले उचित अनुसन्धान गरेको दाबी गरे।
खशोग्जीकी पत्नी हानानले ट्रम्पको टिप्पणीको प्रतिवाद गर्दै भनिन्, “यस्तै विवादास्पद भएकै कारणले कसैको हत्या जायज हुन सक्दैन। युवराजले क्षमा मागेको भए उहाँले मलाई भेटेर क्षतिपूर्ति दिनुपर्छ।”
जमाल खशोग्जी साउदी अरबका प्रसिद्ध पत्रकार, लेखक र राजनीतिक विश्लेषक थिए। उनी साउदी शाही परिवारका नीतिहरू, मानवअधिकारको स्थिति र अभिव्यक्ति स्वतन्त्रतामाथि कठोर टिप्पणी गर्ने निडर पत्रकारका रूपमा परिचित थिए।
उनले लामो समयसम्म विभिन्न साउदी पत्रपत्रिका तथा टेलिभिजन संस्थाहरूमा काम गरे। पछि उनी अमेरिकामै बसोबास गर्दै द वाशिंगटन पोस्टका स्तम्भकार बने, जहाँ उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरू र दमनकारी कदमहरूबारे आलोचनात्मक लेखहरू लेख्थे।
२ अक्टोबर २०१८ मा खशोग्जी आफ्नो विवाहसम्बन्धी कागजात लिन इष्टानबुलस्थित साउदी कन्सुलेट पुगेका थिए। त्यहीँभित्र साउदी एजेन्टहरूद्वारा उनको हत्या गरियो र शव टुक्र्याएर गायब पारियो। यो हत्या विश्वभरै आलोचनाको विषय बन्यो।
साउदी युवराज मोहम्मद बिन सलमानसँग सीधै सम्बन्धित भएको भन्दै सिआईएको २०२१ मा सार्वजनिक भएको मूल्यांकनपछि साउदी सरकार अन्तर्राष्ट्रिय दबाबमा परेको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
