पढाई छाडेको ८३ वर्ष पछि १०५ वर्षकी हजुरआमाले लिइन् स्ट्यानफोर्डबाट मास्टर्स डिग्री



प्रकाशित मिति : असार ६, २०८१ बुधबार

पढाई छाडेको ८३ वर्ष पछि १०५ वर्षकी हजुरआमाले लिइन् स्ट्यानफोर्डबाट मास्टर्स डिग्री

अमेरिकामा १०५ बषैकी हजुरआमा भर्जिनिया हिस्लपले क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट बाट मास्टर्स डिग्री हासिल गर्दै आफ्नो शिक्षा पूरा गरेकी छिन् । आइतवार हिस्लपले स्ट्यानफोर्ड युनिभर्सिटीबाट शिक्षामा कलाको मास्टर्स डिग्रीको उत्सव मनाइन् ।

पढाई छाडेको ८३ बर्षपछि उनले यो क्याम्पस डिग्री हासिल गरेकी हुन् । आफूले यो डिग्रीको साथ मान्यता पाउँदा खुसी लागेको उनले बताइन् । सन् १९४१ मा दोस्रो विश्वयुद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नताको पूर्वसन्ध्यामा उनको मंगेतरलाई अमेरिकी सेनामा बोलाइने तयारी हुँदा हिस्लपले थेसिस बाँकी छाडेकी थिइन् ।

उनले सन् १९३६ देखि स्ट्यानफोर्डमा पढ्न सुरु गरेकी थिइन् । उनले स्नातकोत्तर अध्ययनमा सुरु गर्नु अघि त्यहीबाट स्नातक गरेकी थिइन् । उनले कानून पढ्न चाहन्थिन्त । तर उनको बुबाले कानून पढ्नका लागि शुल्क नतिरेपछि उनले शिक्षामा डिग्री रोजिन् ।

हिस्लपले स्नातकोत्तरको लागि पढाई पूरा गरिसकेकी थिइन् । केबल उनको थेसिसको अन्तिम संस्करणमा मात्र परिवर्तन गर्न बाँकी थियो । त्यहीबेला उनले शहर छोडिन् । र ओक्लाहोमामा फोर्ट सिलमा आफ्नो पतिको आर्मी पोस्ट नजिकै हनिमुन मनाइन्। यसो गर्नु आफ्नो रोजाई नभएको तर अरु विकल्प पनि नभएको उनले बताइन् ।

त्यस समयमा उनले विवाह र भविष्यको परिवारको लागि आफ्नो क्यारियरको बलिदान दिएकी थिइन् । यसलाई युद्ध प्रयासलाई समर्थन गर्ने तरिकाको रूपमा हेरिएको थियो। यो अमेरिकाको लागि बलिदान थियो।

क्यालिफोर्निया हुर्किएकी उनी युद्ध पछि पति जर्जसँग वाशिंगटनमा बस्न थालिन् । त्यहाँ उनले पशुपालनको पारिवारिक व्यवसायमा सघाइन् । उनीहरूले दुई छोराछोरी हुर्काए । जसले गर्दा उनले पढाईलाई अगाडि बढाउन सकिनन् । उनी अध्यापन पेशामा पनि फर्किन सकिनन् । तर उनले शैक्षिक सुधारका क्षेत्रमा भने धेरै काम गरेकी छिन् ।





Source link

Leave a Comment