१६ पुस २०३३ मा राष्ट्रिय मेलमिलापको नारा दिएर बीपी कोइराला आफ्ना अनन्य सहयोगी गणेशमान सिंहका साथ निर्बासनबाट नेपाल फर्किनुभएको कुरो त सर्वविदितै छ । उहाँहरूसँगै एउटै जहाजमा शैलजा आचार्य, खुमबहादुर खड्का र रामबाबु प्रसाईं पनि फर्किनुभएको थियो । बीपीले अनायासै ठूलो जोखिम मोलेर त्यस्तो निर्णय किन लिनुभयो भन्ने विषयमा लामो विवेचनात्मक बहस हुनसक्छ । यस’bout मेरो आफ्नो सानो टिप्पणी यसै स्तम्भमा केही अगाडि प्रस्तुत गरेको पनि थिएँ । आज उठाउन खोजेको विषय अलि फरक छ । एउटा सानो टिप्पणीचाहिँ गर्नैपर्ने हुन्छ । बीपीको राष्ट्रिय मेलमिलापको नीतिप्रति तत्कालीन राजाको तत्काल सकारात्मक प्रतिक्रिया देखिएको चाहिँ हुँदै होइन । बीपीलगायत सबै जनालाई विमानस्थलबाट गिरफ्तार गरिएको थियो । बीपी र गणेशमानजीलाई त पुनः सुन्दरिजल बन्दिगृह पु¥याइएको थियो । बीपीको इच्छा र प्रयासका बाबजुद राजा वीरेन्द्रले उहाँलाई भेटेका सम्म थिएनन् । लामो समयपछि बीपीको स्वास्थ्य अवस्था अत्यन्तै बिग्रँदै गएको समाचार चुहिएपछि तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देसाई र तत्कालीन बेलायती प्रधानमन्त्री जेम्स कालाघानको प्रत्यक्ष दबाब र टेलिफोनपछि बाध्य भएर बीपीलाई राजाले भेटेका हुन् र औषधोपचार गर्न विदेश जान दिएका हुन् ।
बीपी कोइरालाको राजाका रूपमा वीरेन्द्रसँगको त्यो प्रथम भेट अत्यन्तै रोचक छ । बीपी र गणेशमानजीलाई अनायासै सुन्दरिजलबाट प्रहरी तालिम केन्द्र महाराजगन्ज ल्याइयो । साँझतिर राजाका सचिव रञ्जनराज खनालले आफैंले गाडीमा बीपीलाई दरबार लगेछन् । गणेशमानजी तालिम केन्द्रमै रहिरहनुभयो । राजदरबार पुगेपछि खनालले एउटा कोठामा बीपीलाई पु¥याएछन् । त्यसपछि राजाका सैनिक सचिवले बीपीलाई अत्यन्तै अदवका साथ अर्को एउटा कोठामा भित्र जान इशारा गरे । त्यसपछिको घटना परिघटना र वार्तालाप अत्यन्तै रोचक छ । तलका हरफहरू म यथासक्य बीपीकै बोलीमा दोहो¥याउँदै छु । स्वर्गीय माथवरसिंह बस्नेतको सम्पादनमा त्यसबेला प्रकाशित राष्ट्रिय पुनर्जागरणमा छापिएको छ । त्यो पत्रिका र स्वयं बीपीको मुखारबिन्दबाट समेत केही सुनेका अंशलाई मिलाएर बीपीको भाषामा उद्धरण गर्ने कोसिस गर्दै छु । झन्डै ४५ वर्ष पुरानो विस्मृतिका पानाबाट उप्काउँदै गर्दा शब्द विन्यास वा त्यस्तै अन्य सामान्य गल्ती हुन सक्छन् । प्रस्तुत छ, बीपीकै बोलीमा आगामी केही हरफ ।
बीपी कोइरालाको राजाका रूपमा वीरेन्द्रसँगको त्यो प्रथम भेट अत्यन्तै रोचक छ । बीपी र गणेशमानजीलाई अनायासै सुन्दरिजलबाट प्रहरी तालिम केन्द्र महाराजगन्ज ल्याइयो । साँझतिर राजाका सचिव रञ्जनराज खनालले आफैंले गाडीमा बीपीलाई दरबार लगेछन् । गणेशमानजी तालिम केन्द्रमै रहिरहनुभयो । राजदरबार पुगेपछि खनालले एउटा कोठामा बीपीलाई पु-याएछन् । त्यसपछि राजाका सैनिक सचिवले बीपीलाई अत्यन्तै अदवका साथ अर्को एउटा कोठामा भित्र जान इशारा गरे । त्यसपछिको घटना परिघटना र वार्तालाप अत्यन्तै रोचक छ
‘सैनिक सचिवले एउटा ठूलो कोटामा हुलिदिए । छिर्ने बित्तिकै अजङको कोठाको पल्लो छेउमा ठूलो टेबुलपछाडि राजा भित्तामा टांगिएको ठूलो नेपालको नक्सामा ध्यान दिएर हेर्दै थिए । अर्थात् राजाको पिठ्युँ मतर्फ फर्केको थियो । ठीक नक्सामुनि उभिएर राजा ममाथि कुनै प्रभाव जमाउन चाहन्थे वा फगत संजोग हो म जान्दिनँ । म बडो अप्ठ्यारो अवस्थामा पुगें । बोलाउने कसरी ? खोक्ने कि ? तर, राजा फनक्क फर्किए र हाम्रो आँखा जुध्यो अनि हामी दुवैको हात एकैपटक करजोरी मुद्रामा उठ्यो !
राजाले मलाई कोठाको यता छेउमा रहेको सोफामा बस्न इशारा गरे र आफू टेबुलपछाडिको कार्यालय कुर्सीमा बसे । कुराकानी सुरु हुँदा असाध्यै अप्ठ्यारो स्थिति पैदा भयो । हामीबीच अलि दूरी थियो । मेरो रोगका कारण अत्यन्तै मसिनो आवाज, राजा सायद भद्रताका कारण मसिनो बोल्ने ! हामीले एकअर्कालाई बुझ्ने भएनौं ! राजा स्वयंले अवस्था सहज बनाइदिए । उनी मसँगैको सोफामा आएर बसे ।
कुराकानी सुरु हुन खोज्यो । स्वाभाविक रूपमा म राजनीतिक कुरा गर्न चाहन्थें ! तर, राजाले मलाई रोक्दै भने, ‘तिम्रो स्वास्थ्य कस्तो छ ?’ मैले भनें, ‘सरकार ! म देशको स्वास्थ्यप्रति चिन्तित छु ।’ पुनः राजाले भने, ‘तिमीलाई आफ्नो स्वास्थ्यका ’boutमा थाहा छैनजस्तो छ ।’ उनले थोरै झुकेर स्वीच हो वा केही दबाए । भित्र आएका सैनिक सचिवलाई राजाले अह्राए, ‘डाक्टरलाई बोलाऊ त !’ एकैक्षणमा डा. मृगेन्द्रराज पाण्डे आए । राजाले डाक्टरतर्फ फर्केर भने, ‘यिनलाई यिनको अवस्था’bout बुझाऊ त ।’ डाक्टरले के–के भनेभने ! अन्त्यमा एउटा कागज मेरो हातमा थमाइदिए । त्यसमा तमाम प्राविधिक शब्दहरू थिए । मैले के बुझ्नु ! अन्तिमतिरको एउटा लाइनचाहिँ याद छ र बुझें पनि । त्यो लाइन थियो, ‘ही मे कोल्याप्स एनि टाइम (उनी कुनै पनि बेला ढल्न–बित्न सक्छन्) ।’ जे होस्, डाक्टर गएपछि हाम्रो वार्तालाप अगाडि बढ्यो । राजा मेरो स्वास्थ्यतिर केन्द्रित हुन चाहन्थे र तदनुसार उपचारको बन्दोबस्त पनि भयो । तर, दुई राजनीतिक व्यक्तित्वबीच राजनीतिका ’boutमा कुरा नहुने त कुरै थिएन । मैले स्पष्ट गर्दै कुरा राखें ।
मैले भनें, ‘सरकार म स्पष्ट र सत्य बोल्छु । मानिसले या डरले अथवा लोभले सत्य लुकाउँछ र झूठो बोल्छ । सरकारसँग पनि आशा गर्नेहरू र तर्सिनेहरू नै झुम्मिन्छन् होला ! तर, मलाई डर पनि छैन र लोभ पनि छैन । सरकारले मलाई बक्सिनसक्ने सबैभन्दा लोभलाग्दो वस्तु प्रधानमन्त्री पद हो । म जनताद्वारा निर्वाचित प्रधानमन्त्री भइसकेको मान्छे । सरकारबाट बक्सिने प्रधानमन्त्री पदको मलाई लोभ छैन । डरको कुरा गर्ने हो भने सरकारले मलाई बक्सिनसक्ने सबभन्दा ठूलो त्रास मृत्यु नै हो । मृत्युलाई धेरै नजिकबाट धेरैपटक देखिसकेको छु र अहिले पनि नजिकै छु । मलाई त्यसको पनि पटक्कै डर छैन । त्यसकारण आश र त्रासबाट मुक्त भएर केबल सत्य बोल्छु ।’
बीपी र राजाबीच त्यस दिन भएको कुराकानीका ’boutमा अत्यन्तै लामो आलेख तयार हुनसक्छ । तर, बीपीको मुखबाट सुनेका तीतो सत्यका कारण भद्र मानिने राजा वीरेन्द्रसमेत एक–दुईपटक उत्तेजित भएका थिए र उठेका थिए । ‘यो देश नरहे पनि मेरो घर सम्पत्ति त रहन्छ तर सरकार कहाँको राजा हुने’ भन्ने अभिव्यक्ति सुन्दा सधैं जीहजुरी मात्र सुन्न अभ्यस्त राजा उत्तेजित हुनु पनि सायद स्वाभाविक थियो । सायद राजा वीरेन्द्रका लागि त्यो सत्यसँगको पहिलो सच्चा साक्षात्कार थियो । त्यो साक्षात्कारले उनको निर्णय क्षमतालाई तिखारेकै हुनुपर्छ ।
आश र त्रासको सम्पूर्ण त्यागले नै मानिसलाई सत्यसँग साक्षात्कार गर्ने र आत्मसात गर्ने क्षमता दिन्छ र अन्ततः सही निर्णय गर्नसक्ने बनाउँछ । आजको हाम्रो अवस्था हेरौं त । कोही छ आश र त्रास त्याग्नसक्ने ? सम्प्पूर्ण अंग प्रत्यंग शिथिल भइसकेका वयोवृद्धले नवयौवना भित्र्याएर रतिरागमा रम्न चाहनेखाले तृष्णासँग दाँज्न मिल्ने घिनलाग्दो लोभ बोक्ने व्यक्तिहरू नै आज शीर्ष स्थानमा छैनन् र ? यो धर्ती भविष्यको पुस्ता वा पिँढीको नासो हो भन्ने सामान्य सत्यलाई समेत म नभए मेरी श्रीमती वा छोराको नासो हो भन्ने सम्म मात्र बुझ्ने संकीर्णता निकृष्ट लोभको परिणाम हो । एकथरी त मृत्यु भन्ने शाश्वत सत्यलाई समेत बुझ्न नचाहनेछन् । मेरो शरीर अजर छ भन्ने भ्रममा बाँच्दै अनन्तकालसम्म शरीरको सुखभोग गर्ने अनौठो लोभमा रुमल्लिएका छन् । अनि अर्का कोही तियनआनमेन स्क्वाएरमा रहेको माओत्सेतुङको विशाल तस्बिर र चिनियाँ मुद्रामा अंकित माओको छविभित्र आफ्नो रोबदार फोटो देख्छन् । लोभको पराकाष्ठा ! यस्ता मीठा लोभको रक्षा गर्दागर्दै त्यो बिथोलिएला भन्ने भयले हरदम त्रस्त ! आश र त्रासको सन्तुलन मिलाउने खेलमा लाखौं करोडौंको भविष्यमाथि खेलबाड !
यी शीर्ष भनाउँदालाई सत्य र कठोर सत्य सुनाउनसक्ने थोरै आँटिला कोही छैनन् र ? कसैकसैलाई ‘नभनी भएन’ भन्ने लाग्दो हो र कहिलेकाहीँ त मसक्क आँट्दो पनि हो ! तर, फेरि आफ्नै आश र त्रासले तगारोको काम गर्छ । भाउजू रिसाउलिन् र त्यसकारण दाइ क्रुद्ध होलान् भन्ने त्रास ! त्यस्ता अवतारी आत्मा क्रुद्ध भए भने त झन्डा भएको कालो गाडी चढ्ने मोह अर्थात् लोभ त भंग हुने भो । अनि चुप नलागेर भो त ! तर हेक्का रहोस्, एक–दुई जना मात्र पनि आँटिला आश र त्रास त्याग्न सक्नेहरू बोल्न थाले भने यी शीर्ष भनाउँदाका विशाल महलहरू तासको घरझैं भत्किन थाल्नेछन् ।
(Visited 11 times, 1 visits today)