न्यूयोर्क टाइम्सलाई दोषी नठहराउने जुरीको निर्णय



प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार

अमेरिकाको म्यानह्याटनस्थित एक जुरीले अलास्का पूर्व राज्यपाल सारा पेलिनविरुद्ध २०१७ मा प्रकाशित गरिएको सम्पादकीयका लागि न्यूयोर्क टाइम्सलाई दोषी नठहराउने निर्णय गरेको छ।

यो फैसला पेलिनको न्यूयोर्क टाइम्सविरुद्धको दोस्रो हार हो । उनले उक्त सम्पादकीयले आफूलाई एरिजोनाको सामूहिक गोलीकाण्डसँग गलत तरिकाले जोडेपछि आफ्नो मानहानी भएको दाबी गर्दै मुद्दा दायर गरेकी थिइन्।

यसअघि, सन् २०२२ मा पहिलो मुद्दामा पनि पेलिनले पराजय बेहोरेकी थिइन्। तर अपिल अदालतले त्यो जुरीको निर्णय त्रुटिपूर्ण भएको भन्दै त्यसलाई खारेज गरिदिएको थियो । त्यसपछि पुनः मुद्दा चलाइएको हो।

न्यूयोर्क टाइम्सलाई दोषी नठहराउने जुरीको निर्णय

न्यूयोर्क टाइम्सलाई दोषी नठहराउने जुरीको निर्णय

मुद्दा जितेपछि न्यूयोर्क टाइम्सले यो फैसला अमेरिकी कानुनको एउटा महत्वपूर्ण सिद्धान्तलाई पुष्टि गर्छ भन्दै प्रकाशकहरू सत्यता खोज्दा गरिने ईमानदार गल्तीका लागि जिम्मेवार हुँदैनन् भनेको छ ।

तत्कालिन समयमा रिपब्लिकन पार्टीको उपराष्ट्रपति पदकी उम्मेदवार ६१ वर्षीया सारा पेलिनले पहिलो पटक २०१७ मा मुद्दा दायर गरेकी थिइन्।

उनीमाथि लक्षित अमेरिकाज ल्याथल पोलिटिक्स शीर्षकको सम्पादकीय लेख जेम्स बेनेटले लेखेका थिए ।

लेखमा पेलिनको ूउकास्नेू भाषाले २०११ मा एरिजोनाको एउटा पार्किङ स्थलमा भएको सामूहिक गोलीकाण्डमा भूमिका खेलेको थियो भनेर लेखिएको थियो ।

उक्त हमलामा पूर्व सांसद ग्याबी गिफोर्ड्स गम्भीर घाइते भएकी थिइन् । अन्य ६ जनाको मृत्यु भएको थियो। सम्पादकीय अनुसार पेलिनको एक सहयोगी संस्थाले निर्वाचन क्षेत्रहरू देखाइएको एउटा नक्सा सार्वजनिक गरेको थियो ।

न्यूयोर्क टाइम्सलाई दोषी नठहराउने जुरीको निर्णय

जसमा गिफोर्ड्स लगायत १९ डेमोक्र्याट नेताहरूलाई निशाना जस्तो चिह्न भित्र राखिएको थियो। टाइम्सले उक्त सम्पादकीय प्रकाशित भएको १४ घण्टा भित्रै सुधार गरेको थियो । त्यसमा प्रयोग गरिएका शब्दहरू त्रुटिपूर्ण रहेको स्वीकार समेत गरेको थियो।

अमेरिकामा सार्वजनिक व्यक्तित्वहरू विरुद्धको मानहानी मुद्दामा मिडियालाई दोषी ठहर गर्न अत्यन्त कडा कानुनी मापदण्डहरू छन् । पेलिनको पहिलो मुद्दाको निर्णय दिने न्यायाधीशले पेलिनले टाइम्सले “जानाजानी गलत सूचना दिएको” भन्ने प्रमाण दिन नसकेको बताए ।

सन् २०२२ मा पेलिनले कंग्रेस सदस्य बन्ने प्रयासमा दुईपटक पराजय भोगेकी थिइन् । एकपटक विशेष निर्वाचनमा र अर्को पटक मध्यावधि निर्वाचनमाले सांसद बन्नका लागि प्रयास गरेकी थिइन ।

उनी सन् २००८ मा दिवंगत सिनेटर जोन मक्केनसँग उपराष्ट्रपति पदको उम्मेदवार थिइन् । तर उनले बाराक ओबामासँग हार बेहोरेकी थिइन्।





Source link

Leave a Comment