न्यूयोर्कमा हिमपात सुरु, आज रातिदेखि भोलिसम्म ‘ट्राभल ब्यान’, आपतकाल लागू



प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार

न्यूयोर्कमा हिमपात सुरु, आज रातिदेखि भोलिसम्म ‘ट्राभल ब्यान’, आपतकाल लागू

न्युयोर्क सिटीमा गतमहिनाको हिमपातको दृश्य । फोटो: राजन काफ्ले /खसोखास

न्यूयोर्क शहर र आसपासका क्षेत्रमा सोमबारसम्म भीषण हिमपात हुने मौसम पूर्वानुमान विभागको चेतावनीपछि न्यूयोर्क सिटी प्रशासनले कडा ‘ट्राभल ब्यान’ घोषणा गरेको छ।

‘स्टेट अफ इमर्जेन्सी’ लागू गर्दै प्रशासनले आज फेब्रुअरी २२ को राति ९:०० बजेदेखि भोलि फेब्रुअरी २३ को दिउँसो १२:०० बजेसम्म सबै गैर-अत्यावश्यक सवारी साधनहरूलाई सडक र राजमार्गमा गुडाउन पूर्ण रोक लगाएको छ।

राष्ट्रिय मौसम सेवाका अनुसार आज साँझदेखि मौसम तीव्र रूपमा बिग्रनेछ। भारी हिमपात, तीव्र गतिको हावा र ‘ह्वाइटआउट’ का कारण यात्रा गर्न असम्भव हुने देखिएको छ।

विशेष गरी लङ आइल्याण्ड र तटीय क्षेत्रहरूमा बाढीको उच्च जोखिम रहेको छ। समुद्री छालहरूले तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरिएको छ। तीव्र हावाका कारण रुखहरू ढल्ने र विद्युत सेवा अवरुद्ध हुन सक्ने जोखिम छ।

न्यूयोर्क सिटीका मेयर र आपतकालीन व्यवस्थापन विभागले सबै बासिन्दाहरूलाई सुरक्षित रहन, अत्यावश्यक सामग्रीको जोहो गर्न र घरबाहिर ननिस्कन कडा निर्देशन दिएका थिए । यदि कसैलाई आपतकालीन सहयोग आवश्यक परेमा स्थानीय प्रशासन वा ९११ मा सम्पर्क गर्न सकिनेछ।





Source link

Leave a Comment