न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

प्रकाशित मिति : माघ २०, २०८२ मंगलबार

न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

नेपाली समुदायको श्रद्धा, एकता र सामूहिक उत्तरदायित्वको ऐतिहासिक उदाहरणका रूपमा चिनिएको “न्यूयोर्क स्वस्थानी महोत्सव २०२६” भव्य र अनुशासित रूपमा सम्पन्न भएको छ। रिजउड नेपाली समाजद्वारा आयोजित सो धार्मिक तथा सांस्कृतिक महोत्सव जनवरी ३ देखि फेब्रुअरी १, २०२६ सम्म न्यूयोर्कस्थित नेपाली मन्दिर (दुर्गा मन्दिर) तथा सामुदायिक केन्द्र, रिजउडमा सञ्चालन गरिएको थियो।

न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

महोत्सवमा करिब ६,००० भन्दा बढी श्रद्धालु भक्तजनहरूको प्रत्यक्ष सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ। न्यूयोर्कमा बढेको चिसो, हिमपात र अन्य प्रतिकूल मौसमका बाबजुद पनि दैनिक कथा–पाठ, पूजा–आरती, यजमान सेवा, प्रसाद वितरण र विविध सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिएको थियो। आयोजक समितिका अनुसार कार्यक्रमले नेपाली समुदायको आस्था, संगठनात्मक क्षमता र सेवा भावना अझ बलियो बनाएको छ।

न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

महोत्सव अवधिभर कुल ३,५८,९७४.८१ अमेरिकी डलर संकलन भएको छ। सो मध्ये “डलर ए डे (मुठीदान)” सामुदायिक अभियानअन्तर्गत ११० जनाबाट १३,१०३ अमेरिकी डलर, डीटीएनसीको पुरानो प्रतिबद्धताअनुसार ५०,७५२.५६ अमेरिकी डलर, र मूर्तिहरू पुनर्स्थापनाका लागि ६२,५१२ अमेरिकी डलर संकलन भएको हो।

न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

बाँकी रकम यजमान, दाताहरू र श्रद्धालुहरूको स्वेच्छिक योगदानबाट जुटाइएको हो। संकलित सम्पूर्ण धनराशी नेपाली मन्दिर र सामुदायिक केन्द्रको पुनर्निर्माण तथा सञ्चालनमा विनियोजन गरिनेछ।

न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

मन्दिर र केन्द्रको भवन खरिद तथा पुनर्निर्माणका क्रममा लिइएको ११,८०,००० अमेरिकी डलर ऋण अझै भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ। साथै, पुनर्निर्माण कार्यअन्तर्गत करिब ८०,००० अमेरिकी डलर थप भुक्तानी गर्न बाँकी छ। केन्द्रको मासिक गृहकर्जा १०,५०० अमेरिकी डलर रहेको बताइएका कारण यो संकलनले तत्कालीन आर्थिक आवश्यकता पूरा गर्न राहत पुगेको आयोजक समितिले जनाएको छ।

न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

महोत्सवका कार्यक्रम संयोजक अमित प्रताप शाहले यस यात्रालाई “नेपाली समुदायको श्रद्धा, अनुशासन र समर्पणको ऐतिहासिक प्रमाण” भन्दै सबै योगदानकर्ताजनप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले भने, “साँचो नेतृत्व पदमा होइन, सेवामा देखिन्छ; साँचो शक्ति आवाजमा होइन, समर्पणमा हुन्छ। यो सफलताले हाम्रो सामूहिक एकतालाई अझ मजबुत बनाएको छ।”

न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

शाहले कार्यक्रम सञ्चालनका क्रममा अनुशासन र व्यवस्थापन सुनिश्चित गर्न गरिएको निर्देशनका कारण कसैको मन दुखेको भए क्षमायाचना समेत गरेका छन्।

न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

मूल समारोह समितिका अध्यक्ष पण्डित उद्धव शास्त्री, रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट र अन्य सह–आयोजक संघसंस्थाले पनि भक्तजन, स्वयंसेवक, यजमान, दाताहरू, मिडिया तथा समुदायिक साझेदारहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्।

न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

Source link

Leave a Comment