न्यूयोर्कमा गाडीको इन्स्योरेन्स संकटलाई सम्बोधन गर्न साउथ एसियाली संगठनहरूद्वारा गभर्नरसमक्ष माग



प्रकाशित मिति : आश्विन १२, २०८२ सोमबार

a magnifying glass sitting on top of a piece of paper

Photo by Vlad Deep

न्यूयोर्क राज्यभरि काम गर्ने परिवारहरू बढ्दो अटो इन्स्योरेन्स लागतका कारण गम्भीर आर्थिक दबाबमा परेका छन्। यस संकटले उनीहरूलाई किराना सामान वा गाडीको इन्स्योरेन्स जस्ता अत्यावश्यक आवश्यकताहरूमध्ये एउटा छनोट गर्नुपर्ने कठिन अवस्थामा पुर्‍याएको छ। यसै सन्दर्भमा साउथ एसियाली समुदायका नेताहरूको एक गठबन्धनले गभर्नर क्याथी होकुल र राज्यका सांसदहरूलाई यस संकटलाई सम्बोधनका लागि तत्काल कदम चाल्न माग गरेको छ।

सिटिजन्स फर अफोर्डेबल रेट्सको नेतृत्वमा विस्तार भएको आन्दोलनमा हजारौं आप्रवासी र काम गर्ने परिवारहरूको प्रतिनिधित्व गर्ने छ वटा प्रमुख साउथ एसियाली संगठनहरू सामेल भएका छन्।

न्यूयोर्कमा अटो इन्स्योरेन्स प्रिमियमहरू राष्ट्रिय औसतभन्दा करिब ४० प्रतिशत बढी ले बढेर वार्षिक १,७०० डलर भन्दा माथि पुगेका छन्। यस डरलाग्दो वास्तविकताले गर्दा साना व्यवसायका मालिकहरूले व्यवसायिक इन्स्योरेन्स लागतको कारण आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ भने अभिभावकहरू काममा जान र आफ्ना बच्चाहरूलाई डाक्टरकहाँ लैजान आवश्यक पर्ने इन्स्योरेन्स र परिवारको खानाको लागि आवश्यक पर्ने किराना सामानहरूमध्ये एउटा छनोट गर्न बाध्य छन्।

न्यूयोर्कमा गाडीको इन्स्योरेन्स संकटलाई सम्बोधन गर्न साउथ एसियाली संगठनहरूद्वारा गभर्नरसमक्ष माग

न्यूयोर्कमा गाडीको इन्स्योरेन्स संकटलाई सम्बोधन गर्न साउथ एसियाली संगठनहरूद्वारा गभर्नरसमक्ष माग

सिटिजन्स फर अफोर्डेबल रेट्सका प्रवक्ताले यो केवल कार इन्स्योरेन्सको बारेमा मात्र नभई मेहनती आप्रवासी परिवारहरू न्यूयोर्कमा बाँच्न र उनीहरूको अमेरिकी सपना निर्माण गर्न सक्छन् कि सक्दैनन् भन्ने बारे भएको बताएका छन् । अल्बानीले यो मुद्दालाई बेवास्ता गरिरहेकोले समुदायका नेताहरू अब चुप लागेर बस्न नसक्ने उनको भनाई छ ।

यस लडाइँमा सामेल भएका प्रमुख साउथ एसियाली संगठनहरूले ब्रुकलिन, क्वीन्स र त्यसभन्दा बाहिरका लाखौं बासिन्दाहरूको प्रतिनिधित्व गर्छन्। यी संगठनहरूमा बंगलादेशी अमेरिकन कम्युनिटी डेभलपमेन्ट एन्ड युथ सर्भिसेज, काउन्सिल अफ पिपुल्स अर्गनाइजेसन, ह्युमन सपोर्ट कोअलिशन, इन्डिया होम इंक, प्रोजेक्ट न्यू योर्कर र सखी फर साउथ एसियन वुमन समावेश छन्। यी संस्थाहरूले न्यून आय भएका आप्रवासी परिवारहरूलाई शिक्षा, सामाजिक सेवा, कानूनी सहयोग र घरेलु हिंसाबाट बचेकाहरूलाई सहयोग पुर्‍याउँदै आएका छन्।

यो संकट महँगो इन्स्योरेन्स प्रिमियममा मात्र सीमित नभई ठगीपूर्ण दावीहरू र अत्यधिक अदालती मुद्दाले इमानदार परिवारहरूको लागत बढाइह्ेको छ । नक्कली कार दुर्घटनाहरू र झूटा दावीहरूले कुल इन्स्योरेन्स भुक्तानीको १० प्रतिशत सम्म ओगट्न सक्छ, जसको मूल्य अन्ततः कानुन पालना गर्ने परिवारहरूले तिर्छन्। यस समस्याको समाधानको लागि सिटिजन्स फर अफोर्डेबल रेट्सले दुर्व्यवहारपूर्ण अदालती मुद्दा घटाउने, इन्स्योरेन्स ठगीमाथि कडा कारबाही गर्ने र विशेष स्वार्थको सट्टा काम गर्ने परिवारहरूलाई प्राथमिकता दिने नीतिहरू लागू गर्न माग गरेको छ। उनीहरूले यथास्थितिलाई चुनौती दिन र मेहनती न्यूयोर्करहरूलाई बचाउन गभर्नर होकुल र राज्यका सांसदहरूमा राजनीतिक इच्छाशक्तिको खाँचो रहेको बताएका छन्।





Source link

Leave a Comment