न्यूयोर्कमा आजदेखि ८२ लाख घरधुरीलाई ४ सय डलर सम्मको राहत चेक पठाउन सुरु



प्रकाशित मिति : आश्विन ९, २०८२ शुक्रबार

a stack of twenty dollar bills sitting on top of a table

Photo by Blogging Guide

न्यूयोर्ककी गभर्नर क्याथी होकुलले न्यूयोर्क राज्यको इतिहासमै ४ सय डलरसम्मको पहिलो मुद्रास्फीति राहत चेक जसको आजबाट राज्यभरिका ८२ लाख घरधुरीलाई पठाउन सुरु गरिएको घोषणा गरेकी छिन् । यो पहल गभर्नरले वित्तीय बोझ कम गर्ने आफ्नो प्रतिबद्धताको एक भागको रूपमा गरेकी हुन् । यसको उद्देश्य मुद्रास्फीतिको कारणले बढेको अतिरिक्त बिक्री कर राजस्व सिधै बासिन्दाहरूलाई फिर्ता गर्नु हो।

भुक्तानी चेकहरू आजबाट हुलाकबाट पठाउन सुरु गरिएको छ भने यो अक्टोबर र नोभेम्बर महिनाभर जारी रहनेछ। योग्य न्यूयोर्कवासीहरूले यसका लागि आवेदन दिन वा कुनै फारम भर्नु पर्दैन । चेकहरू स्वचालित रूपमा हुलाकबाट पठाइनेछ । गभर्नर होकुलले भनेकी छिन्, “आजबाट, हामी ८० लाखभन्दा बढी न्यूयोर्कवासीहरूलाई मुद्रास्फीति राहत चेक पठाउँदैछौं किनभने यो सिधा कुरा हो—यो तपाईंको पैसा हो, र हामी यसलाई तपाईंको खल्तीमा फिर्ता राख्दैछौं।”

राहत भुक्तानीको लागि योग्यता २०२३ कर वर्षको फाइलिंग स्थिति र आयमा आधारित छ। १ लाख ५० हजार डलरसम्म आय भएका संयुक्त कर फाइलरहरूले अधिकतम ४ सय डलरसम्मको चेक पाउनेछन्, जबकि ३ लाख सम्म कमाउनेहरूले ३ सय डलर पाउनेछन्। एकल फाइलरहरूको हकमा ७५ हजारसम्म आय भएकाहरू २ सय डलरको चेकका लागि योग्य छन् भने १ लाख ५० हजारसम्म आय भएकाहरू १५० डलरको चेकका लागि योग्य छन्।

न्यूयोर्कमा आजदेखि ८२ लाख घरधुरीलाई ४ सय डलर सम्मको राहत चेक पठाउन सुरु

न्यूयोर्कमा आजदेखि ८२ लाख घरधुरीलाई ४ सय डलर सम्मको राहत चेक पठाउन सुरु

योग्य हुनको लागि, बासिन्दाहरूले राज्यको आयकर रिटर्न फाइल गरेको हुनुपर्छ भने योग्यता आय थ्रेसहोल्ड भित्र पर्नु पर्छ । त्यस्तै अर्को करदाताको रिटर्नमा आश्रितका रूपमा दाबी नगरिएको हुनुपर्छ। यी चेकहरू साना, अप्रत्याशित खर्चहरूको लागि वित्तीय सहारा प्रदान गर्ने उद्देश्यले ल्याइएको हो। रिपोर्टहरू अनुशार राष्ट्रिय रूपमा झन्डै ३७ प्रतिशत वयस्कहरूलाई ४ सय डलरको आपतकालीन खर्च धान्न गाह्रो हुन्छ।

फिर्ता चेकहरू गभर्नर होकुल र राज्य संसदद्वारा बढ्दो महँगीको सामना गर्न गरिएको व्यापक प्रयासको एक हिस्सा हो। यस वर्षको सुरुमा गभर्नरले मध्यम वर्गका लागि कर कटौती, प्रति बच्चा १ हजार डलरसम्मको बाल कर क्रेडिटको विस्तार र सबैका लागि निःशुल्क विद्यालय भोजन सुनिश्चित गरेकी थिइन् । जसले परिवारलाई प्रति बच्चा वार्षिक करिब १६ सय डलरसम्म बचत गराउँछ।

सांसदहरु लगायतका नेताहरूले यो कदमको प्रशंसा गर्दै सीधा भुक्तानीले काम गर्ने परिवारहरूलाई अर्थपूर्ण राहत प्रदान गरेको कुरामा जोड दिएका छन्। ८२ लाख चेकहरू राज्यभर वितरण गरिँदैछ, जसमा सबैभन्दा ठूलो क्षेत्रीय विनियोजन न्यूयोर्क शहरमा झण्डै ३५ लाख र त्यसपछि लङ आइल्याण्डमा साढे १२ लाख तथा मिड हडसन क्षेत्र मा ९ लाख २४ हजारलाई चेक वितरण गरिदैछ ।





Source link

Leave a Comment