न्यूजर्सीको आप्रवासी हिरासत केन्द्रबाट चार जना बन्दी फरार



प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार


अमेरिकाको न्यूजर्सीस्थित एक विवादास्पद संघीय आप्रवासी हिरासत केन्द्रबाट चार जना बन्दी फरार भएका छन्। मे महिनामा सञ्चालनमा आएयता यो केन्द्र लगातार विरोधको घेरामा छ, जहाँ एक कांग्रेसी महिला र न्युअर्कका मेयरसमेत पक्राउ परिसकेका छन्।

यी बन्दीहरू निजी स्वामित्वको १,००० ओछ्यान क्षमताको केन्द्रमा राखिएका थिए, जसलाई आइस (आप्रावासी र भन्सार प्रवर्तन) ले आप्रवासीहरूलाई थुनामा राख्न प्रयोग गर्छ। सांसदहरू र प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिको विरोध गर्दै यस केन्द्रविरुद्ध नियमित रूपमा प्रदर्शन गर्दै आएका छन्।

डीएचएस (गृह सुरक्षा विभाग) र एफबीआई (संघीय अनुसन्धान ब्युरो) ले फरार बन्दीहरूलाई पक्रन सहयोग गर्ने सूचनाका लागि $१०,००० को पुरस्कार घोषणा गरेका छन्। ती बन्दीहरूलाई “सार्वजनिक सुरक्षाका लागि खतरा” भनिएको छ।

न्यूजर्सीको आप्रवासी हिरासत केन्द्रबाट चार जना बन्दी फरार

न्यूजर्सीको आप्रवासी हिरासत केन्द्रबाट चार जना बन्दी फरार

फ्याङ्कलिन नोर्बर्टो बाउटिस्टा रेयेस: होन्डुरसका नागरिक। सन् २०२१ मा अमेरिका प्रवेश गरेका यिनीमाथि आक्रमण, घातक हतियारको अवैध प्रयोग, आतंक फैलाउने धम्की लगायतका अभियोग छन्। उनी मे महिनामा पक्राउ परेका थिए।

जोएल एन्रिक सान्डोभाल लोपेज: होन्डुरसका नागरिक। सन् २०१९ मा नाबालकका रूपमा अमेरिका प्रवेश गरेका यिनीमाथि सन् २०२४ मा हातहतियारको अवैध कब्जा र मे महिनामा आक्रमणको आरोप छ।

जोआन सेबास्टियन कास्टानेडा लोजादा: कोलम्बियाली नागरिक। सन् २०२२ मा अमेरिका प्रवेश गरेका यिनीमाथि चोरी, षड्यन्त्र र घर फोडीको आरोप छ।

आन्द्रेस पिनेडा मोगोलोन: कोलम्बियाली नागरिक। सन् २०२३ मा भिसा सकिएपछि अमेरिकामा बसेका यिनीलाई सानो चोरी र घर फोडी उपकरणसहित भेटिएको आरोपमा अप्रिल र मे महिनामा दुई पटक पक्राउ गरिएको थियो।

डीएचएस सहसचिव ट्रिसिया म्याकलफलिनले फरार भएकाहरूको खोजीका लागि थप सुरक्षा निकायहरू परिचालन गरिएको बताएकी छिन्।

न्यूजर्सीको आप्रवासी हिरासत केन्द्रबाट चार जना बन्दी फरार

न्यू जर्सी एलायन्स फर इमिग्रेन्ट जस्टिसकी कार्यकारी निर्देशक एमी टोरेसले हिरासत केन्द्रभित्रको अवस्था दयनीय रहेको बताएकी छिन्। बन्दीहरूलाई २० घण्टासम्म खाना नदिई भोकै राखिएको र त्यसपछि दिइएको पनि कम मात्राको खाना भएका कारण विद्रोह सुरु भएको थियो।

आप्रवासी राखिएको हल निजी कम्पनीको स्वामित्वमा छ। डेमोक्रेटिक सिनेटर कोरी बुकरले पनि हिरासत केन्द्रको अवस्था दयनीय रहेको भन्दै तुरुन्त सुधारको माग गरेका छन्। गत महिना न्युअर्कका मेयर रस बाराका र डेमोक्रेटिक सांसद लामोनिका म्याकइभर विरोधमा सहभागी हुँदा पक्राउ परेका थिए।

मेयर बाराकालाई केही घण्टापछि रिहा गरियो, तर म्याकइभरमाथि संघीय अधिकारीको काममा बाधा पुर्‍याएको अभियोगमा अभियोजन गरिएको छ। मेयर बाराकाका अनुसार, फरार बन्दीहरू भित्री पर्खाल फुटाएर भागेका थिए।





Source link

Leave a Comment