न्युयोर्क सिटीमा २ बर्षमा विनाभिसा छिरेका २ लाखभन्दा बढी कागजपत्रविहिनको प्रवेश



प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार

न्युयोर्क सिटीमा २ बर्षमा विनाभिसा छिरेका २ लाखभन्दा बढी कागजपत्रविहिनको प्रवेश

न्युयोर्क सिटीका अधिकारीहरूका अनुसार सन् २०२२ को वसन्तमा आप्रवासी संकट सुरु भएदेखि नै सिटीको प्रणालीबाट २ लाख भन्दा बढी शरणा खोज्ने कागजपत्रविहिनहरु न्युयोर्क सिटीमा आएका छन् । कम्तिमा २ लाख १ हजार २ सय कागजपत्रविहिन आप्रवासीहरू विगत दुई वर्षमा न्युयोर्क सिटीमा आइपुगेका छन् भने अहिलेपनि ६० हजार भन्दा बढी सिटीको हेरचाहमा रहेका छन्।

दुई वर्ष भन्दा अलि बढीमा अमेरिकाका प्रमुख शहरहरूको भन्दा ठूलो जनसंख्या पाँचवटा बरोहरूमा आश्रय माग्दै आएको प्रशासनले एक विज्ञप्तिमा जनाएको छ । न्युयोर्क सिटीले राष्ट्रलाई राष्ट्रिय मानवीय संकटको प्रतिक्रिया मानवीय रूपमा कस्तो देखिन्छ भनेर देखाएको र ती व्यक्तिहरू मध्ये ६५ प्रतिशत भन्दा बढी न्युयोर्क सिटीको आश्रय प्रणालीबाट बाहिर गएको वक्तव्यमा उल्लेख छ ।

New York Central Park

राष्ट्रपति जो बाइडेनले अमेरिका मेक्सिको सीमा सुधारमा कार्यकारी आदेश जारी गरेपछि यो तथ्यांक आएको हो । सिटीका अधिकारीहरूले उनीहरूले संघीय सरकारबाट थप मद्दतको लागि आह्वान गरिसकेको बताएका छन् । राष्ट्रिय संकटलाई राष्ट्रिय समाधान चाहिने उनीहरुले बताएका छन् ।

प्रवक्ताले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बाइडेनले दक्षिणी सिमानामा कारबाही गरिरहेको सुन्न पाउँदा आफूहरु खुसी भएको उल्लेख गरिएको छ । तर न्युयोर्क सिटीले यस संकटमा ४ दशमलव ६ बिलियन डलर भन्दा बढी खर्च गरिसकेको र २ सय भन्दा बढी आपतकालीन आश्रयस्थलहरु जारी राखेको वक्तव्यमा उल्लेख छ । यो हप्तामात्र १२ सय नयाँ शरण खोज्नेहरु न्युयोर्क सिटीमा प्रवेश गरेका छन् ।





Source link

Leave a Comment