न्युयोर्क सिटीमा भाडामा बस्नेलाई एसी नराखिदिए १२५० डलरसम्म जरिवाना तिर्नुपर्ने बिल ल्याइदै

न्युयोर्क सिटीमा भाडामा बस्नेलाई एसी नराखिदिए १२५० डलरसम्म जरिवाना तिर्नुपर्ने बिल ल्याइदै



प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार

न्युयोर्क सिटीमा भाडामा बस्नेलाई एसी नराखिदिए १२५० डलरसम्म जरिवाना तिर्नुपर्ने बिल ल्याइदै

न्युयोर्क सिटीमा गर्मीको लहर आइरहँदा न्युयोर्कवासीहरूलाई चिसो राख्न नयाँ बिल देखा परेको छ।भाडामा लिने घरहरूलाई चिसो र आर्द्रतायुक्त हावा उपलब्ध गराइने सम्बन्धमा न्युयोर्क सिटीको प्रशासनिक संहितालाई परिमार्जन गर्न स्थानीय कानून नमको यो बिल पारित भएमा सबै भवन मालिकहरूले बाहिर तापक्रम ८२ डिग्री फरेनहाइट नाघेको अवस्थामा घरभित्रको तापक्रम बढीमा ७८ डिग्री फरेनहाइट कायम गर्नुपर्नेछ ।

काउन्सिलम्यान लिंकन रेस्लरले प्रस्ताव गरेको बिल भाडामा बस्नेहरुलाई हिउँदमा तातो प्रदान गरेजस्तै उनीहरू गर्मीमा चिसोको हकदार हुन्छन् भन्ने धारणामा आधारित छ। अत्याधिक चिसो हुन नहुने कुरामा सबैजना सहमत भएको अवस्थामा घरमा साउना जस्तो तातो अवस्था स्वीकार गर्नुपर्ने कुनै कारण नभएको काउन्सिलम्यान लिंकन रेस्लरको भनाई छ ।

स्वास्थ्य विभागका अनुसार हरेक वर्ष झण्डै ३५० न्युयोर्कवासी गर्मीसँग सम्बन्धित रोगबाट मर्छन्। यो बिल पारित भएर कानुनमा परिणत भएमा न्युयोर्क सिटीका घरधनीहरूले आफ्नो भाडामा दिने अपार्टमेन्टहरुमा एसी राख्न दुई वर्षको समय पाउनेछन् । पालना नगर्ने भवनहरूले प्रति दिन २५० देखि १२५० डलरसम्म जरिवाना तिर्नुपर्नेछ । २४ घण्टा भित्र आफ्नो पहिलो उल्लङ्घनलाई सम्बोधन गर्ने घरधनीहरूले २५० डलरमात्र जरिवाना तिरे पुग्नेछ ।

कम आम्दानी भएकाहरुले न्युयोर्कमा एसी वा पङखाका लागि १ हजार डलरसम्म प्राप्त गर्न सक्ने प्रावधान यस अगाडि नै छ । न्युयोर्क राज्य सरकारले निश्चित योग्यताका मापदण्ड पूरा गरेकाहरुलाई एसी वा पङखा खरिद गर्न पैसा दिने कार्यक्रम संचालन गर्दै आएको छ ।

चिसोका लागि सहायता न्युयोर्क राज्यको गृह ऊर्जा सहायता कार्यक्रम मार्फत प्रदान गरिन्छ। योग्य व्यक्तिले झ्याल वा पोर्टेबल एयर कन्डिसनर इकाई वा पङखा वा झ्यालको ईकाई निर्माणका लागि ८ सय डलरसम्म प्राप्त गर्न सक्छन् अवस्थित वाल स्लीभ इकाई भएकाहरूले १ हजार डलरसम्म प्राप्त गर्न सक्छन्।

यो कार्यक्रमले गर्मी सम्बन्धी रोगको उच्च जोखिममा रहेका न्युयोर्कवासीहरूलाई गर्मी महिनाहरूमा चिसो रहन मद्दत गर्नका लागि एयर कन्डिसनर र पङखाहरू उपलब्ध गराउँछ ।

कार्यक्रम प्रति परिवार एक एकाइमा सीमित रहेको छ । घरमा बस्ने कुनै एक व्यक्ति अमेरिकी नागरिक वा सन्तोषजनक अध्यागमन स्थिति भएको व्यक्ति हुनु आवश्यक छ। भाँचिएको एयर कन्डिसनर भएका वा पाँच वा बढी वर्ष पुरानो एयर कन्डिसनर भएकाहरुमात्र योग्य हुन्छन् ।

तोकिएको आम्दानीको मापदण्ड भएकाहरुमात्र यो कार्यक्रममा योग्य हुन्छन् । एकजनाको परिवार भएमा मासिक आम्दानी ३ हजार ३५ डलरसम्म, २ जनाको परिवार भएमा ३९७० डलरसम्म, ३ जनाको परिवार भएमा ४९०४ डलरसम्म, ४ जनाको परिवार भएमा ५ हजार ८ सय ३८ डलरसम्म र ५ जनाको परिवार भएमा ६ हजार ७ सय ७२ डलरसम्म आम्दानी हुनेहरुमात्र यो कार्यक्रमका लागि योग्य हुन्छन् ।

न्युयोर्क सिटीमा भाडामा बस्नेलाई एसी नराखिदिए १२५० डलरसम्म जरिवाना तिर्नुपर्ने बिल ल्याइदै

पहिले नै पूरक पोषण सहायता कार्यक्रम स्न्याप, अस्थायी सहायता टीए वा पुरक सेक्युरिटी आम्दानीमध्ये एक लिएकाहरुले आम्दानीको मापदण्ड देखाइरहन पर्दैन । कार्यक्रमका लागि योग्य हुनमा घरमा कम्तीमा एकजना ६० बर्षमाथिको वा ६ बर्षभन्दा कम उमेरको व्यक्ति हुनुपर्छ । त्यसको साटो घरमा गर्मीले असर गर्ने स्वास्थ्य अवस्था भएको व्यक्तिमा पनि कार्यक्रमका लागि योग्य हुन सकिन्छ । विगत ५ बर्षको अवधिमा यो सुविधा नलिएकाहरुमात्र योग्य हुन्छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School