न्युयोर्क सिटीमा आप्रवासीलाई डेबिट कार्ड कार्यक्रम विस्तार, परिवारलाई बार्षिक १८ हजारसम्म

न्युयोर्क सिटीमा आप्रवासीलाई डेबिट कार्ड कार्यक्रम विस्तार, परिवारलाई बार्षिक १८ हजारसम्म



प्रकाशित मिति : असार १९, २०८१ बुधबार

न्युयोर्क सिटीमा आप्रवासीलाई डेबिट कार्ड कार्यक्रम विस्तार, परिवारलाई बार्षिक १८ हजारसम्म

न्युयोर्क सिटीले आप्रवासीहरूका लागि खाद्य डेबिट कार्ड कार्यक्रम विस्तार गरेको छ । जस अनुशार नयुयोर्क सिटीमा ७ हजार ३ सय बढी आप्रवासीहरूले अर्को छ महिनामा खाना र बच्चाका वस्तुहरूको लागि भुक्तान गर्न डेबिट कार्डहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

डेबिट कार्ड कार्यक्रम यस वर्षको सुरुमा प्रारम्भ भएको थियो भने लगभग ९ सय परिवारहरू अर्थात् लगभग ३ हजार प्रवासीहरूबाट सुरु भएको थियो। कार्यक्रमको पहिलो १३ हप्ताहरूमा कार्डहरू १३ सय भन्दा बढी बालबालिका र ४२ गर्भवती महिलाहरूलाई खुवाउन प्रयोग गरिएको थियो ।

सिटीका अधिकारीहरूको अनुमान अनुशार डेबिट कार्डहरूले कुल आप्रवासी जनसंख्याको लगभग २ प्रतिशतलाई सेवा दिन सक्छ। अहिले ६० हजार भन्दा बढी आप्रवासीहरू सिटीको हेरचाहमा छन्। सिटीलाई कानुनी रूपमा आश्रयको अधिकारको आवश्यकता अन्तर्गत आप्रवासीहरूलाई खाना उपलब्ध गराउने जिम्मेवारी दिइएको छ।

कार्यक्रमका आलोचकहरूले कार्डहरूको दुरुपयोग हुन सक्ने तर्क गरिरहेका छन् । तर सहभागीहरूले कार्डहरू खाना वा बच्चाको आपूर्तिको लागि मात्र प्रयोग गर्ने वाचा गर्दै शपथ पत्रमा हस्ताक्षर गर्नुपर्ने न्युयोर्क सिटीका अधिकारीहरुको अनुभव छ । यदि तिनीहरू अन्य वस्तुहरूको खरिद गरेको फेला परेमा तिनीहरूलाई कार्यक्रमबाट हटाउन सकिने अधिकारीहरुको भनाई छ ।

कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिका भएको चार व्यक्तिको परिवारले प्रति हप्ता ३५० डलर वा वर्षमा लगभग १८ हजार २ सय डलर प्राप्त गर्न सक्छ । यो कार्ड वापत सिटीको २ दशमलव ६ मिलियन डलर खर्च हुनेछ । जुन खाना वितरण गर्ने अघिल्लो कार्यक्रम भन्दा कम रकम हो । अघिल्लो कार्यक्रममा आप्रवासीहरूलाई पठाइएका धेरै खानाहरू कहिल्यै खाइएन र फ्याँकियो।

अमेरिका मेक्सिको सीमामा अध्यागमनको ऐतिहासिक वृद्धिको बीचमा गत वर्ष न्युयोर्कसिटीमा १ लाख ८३ हजार भन्दा बढी शरण खोज्नेहरु आएका थिए । गत वर्षमा सिटीले आफ्नो हेरचाह अन्तर्गत दशौं हजार आप्रवासीहरूमा १ बिलियन भन्दा बढी खर्च गरेको छ र आगामी वर्षहरूमा आप्रवासी लागतहरूमा १० बिलियन खर्च गर्ने अपेक्षा गर्दछ।

 





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School