न्युयोर्क सिटीका स्वतन्त्र उम्मेदवार कुमोलाई ट्रम्पको समर्थन, माम्दानीलाई जिताए संघीय अनुदान घटाउने चेतावनी



प्रकाशित मिति : कार्तिक १७, २०८२ सोमबार

न्युयोर्क सिटीका स्वतन्त्र उम्मेदवार कुमोलाई ट्रम्पको समर्थन, माम्दानीलाई जिताए संघीय अनुदान घटाउने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सिटीको मेयर चुनावमा एन्ड्र्यु कुमोको समर्थन गरेका छन् । उनले मतदातालाई डेमोक्रेटिक उम्मेदवार जोहरान माम्दानीलाई भोट नदिन आग्रहसमेत गरेका छन् ।

ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, “तपाईंलाई एन्ड्र्यु कुमो मन पर्छ वा पर्दैन, त्यो फरक पर्दैन। तपाईंले उनलाई भोट दिनैपर्छ र आशा गर्नुपर्छ कि उनले उत्कृष्ट काम गर्नेछन्। उनी सक्षम छन्, तर माम्दानी सक्षम छैनन् ।”

न्युयोर्कका पूर्व गभर्नर कुओमोप्रति ट्रम्पको यो समर्थन आगामी मेयर चुनावको पूर्वसन्ध्यामा आएको हो । यहाँको चुनावले देशव्यापी ध्यान तानेको देखिएको छ।

न्युयोर्क सिटीका स्वतन्त्र उम्मेदवार कुमोलाई ट्रम्पको समर्थन, माम्दानीलाई जिताए संघीय अनुदान घटाउने चेतावनी

न्युयोर्क सिटीका स्वतन्त्र उम्मेदवार कुमोलाई ट्रम्पको समर्थन, माम्दानीलाई जिताए संघीय अनुदान घटाउने चेतावनी

ट्रम्पले यदि माम्दानी विजयी भए भने न्युयोर्क सिटीलाई संघीय सहयोग पठाउन आफू “अनिच्छुक” हुने बताएका छन्।

“यदि तपाईंको शहरलाई कुनै कम्युनिस्टले चलाइरहेको छ भने, त्यस ठाउँमा पठाइएको पैसाको दुरुपयोग हुन्छ । त्यसैले न्युयोर्कलाई धेरै पैसा दिन गाह्रो हुनेछ,” ट्रम्पले टेलिभिजन अन्तर्वार्तामा समेत भनेका छन् ।

जनमत सर्वेक्षणहरूका अनुसार, डेमोक्रेटिक उम्मेदवार माम्दानी अग्रस्थानमा छन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका एन्ड्र्यु कुमो दोस्रो स्थानमा छन्। रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा निकै पछि छन् ।

ट्रम्पले आफ्नै पार्टीका स्लिवालाई समर्थन गर्न अस्वीकार गर्दै लेखे, “कर्टिस स्लिवालाई दिइएको भोट वास्तवमा माम्दानीका पक्षमा गएको भोट हो।”

संघीय सहयोगबारे ट्रम्पले थपे, “यदि म्यामडानी निर्वाचित भए भने संघीय कोषबाट न्यूनतम कानूनी आवश्यकताबाहेक अरू सहयोग दिने सम्भावना अत्यन्तै कम हुनेछ।”

ट्रम्प प्रशासनले अघिल्ला वर्षहरूमा पनि डेमोक्रेटिक नेतृत्वका शहरहरूमा संघीय अनुदान र कोष कटौती गर्ने प्रयास गरेको थियो । चालू आर्थिक वर्षमा न्युयोर्क सिटीले करिब ७.४ बिलियन अमेरिकी डलर संघीय सहयोग प्राप्त गरेको छ।

३४ वर्षीय राज्य सांसद माम्दानी डेमोक्रेटिक समाजवादी हुन्। उनले आफू कम्युनिस्ट नभएको स्पष्ट गर्दै आएका छन् । ट्रम्पले माम्दानी मेयर बने भने उनले वामपन्थी पूर्व मेयर बिल डे ब्लासियोभन्दा पनि खराब प्रदर्शन गर्ने आरोप लगाएका छन् ।

कुमोले भने आफू ट्रम्प प्रशासनसँग सामना गर्न सक्षम उम्मेदवार भएको दाबी गरेका छन् । “म ट्रम्पसँग लडेको मानिस हुँ,” उनले बहसमा भने । “न्युयोर्कका लागि लड्दै गर्दा म कहिल्यै पछि हट्दिन।”

कोभिड-१९ महामारीको समयमा न्युयोर्कका गभर्नर रहँदा कुओमो संघीय प्रशासनसँग बारम्बार भिडेका थिए । तर पछि राज्य अनुसन्धानकर्ताहरूले नर्सिङ होमका मृत्युका तथ्याङ्क घटाएको पत्ता लगाएपछि उनी विवादमा तानिएका थिए ।

ट्रम्पले पछिल्ला महिनाहरूमा अपराध नियन्त्रणका नाममा डेमोक्रेटिक शहरहरूमा नेशनल गार्ड तैनाथ गरेका छन् र संघीय आप्रवासन एजेन्सीसँग सहकार्य नगर्ने शहरहरूको कोष कटौती गर्न खोजेका छन् ।





Source link

Leave a Comment