न्युयोर्क सिटीका सार्वजनिक विद्यालयहरुमा ड्रेसकोड लागु गरिने



प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार

a school bus driving down the street

न्युयोर्क सिटीका सार्वजनिक विद्यालयहरुमा ड्रेसकोड लागु गरिने भएको छ । न्यु योर्क सिटी काउन्सिलले सार्वजनिक विद्यालयको ड्रेसकोड टाइटल आईभी नामको कानुनलाई बिहिबार अनुमोदन गरेको हो । जस अनुशार विद्यालयहरुले डे्रसकोड लागु गर्नुपर्नेछ ।

विद्यालयहरुले यो संघीय नागरिक अधिकार कानूनको पालना गर्न आवश्यक छ जसले लिङ्गमा आधारित भेदभावलाई रोक्छ। काउन्सिलमेम्बर एल्थिया स्टीभेन्सले नयाँ ड्रेस कोड नीतिको लक्ष्य सेक्सिस्ट र हेटेरो नर्मेटिभ ड्रेस कोडलाई हटाउनु रहेको बताएकी छिन् । साथै केटीहरू र श्वेत बाहेकका विद्यार्थीहरूलाई लक्षित गर्ने मापदण्डहरू समेत हटाउनु रहेको छ ।

कानूनमा विद्यालयले विद्यार्थीहरूको विविध संस्कृति, लिङ्ग अभिव्यक्ति र शारीरिक विविधतालाई ध्यानमा राख्नुपर्ने समेत उल्लेख गरिएको छ । ड्रेस कोडहरू लैङ्गिक तटस्थ हुनुपर्ने बिहिबार पारित कानुनमा उल्लेख छ ।

बिहीबार पारित गरिएको बिलले ड्रेस कोडको रिपोर्टिङ, साथसाथै कार्यान्वयन, उल्लङ्घन र परिणामहरू समेत सम्बोधन गर्दछ । विद्यार्थीहरूले पालन नगरेमा के गर्ने भन्ने विषय पनि सम्बोधन गरिएको छ ।

डिपार्टमेन्ट अफ एजुकेशनले विद्यार्थीहरूको ड्रेस कोडका लागि नयाँ दिशानिर्देशहरू बनाउनको लागि सिटी काउन्सिलसँग काम गर्नेछ। कानूनले डिपार्टमेन्ट अफ एजुकेशनललाई सबै सार्वजनिक विद्यालयहरूका लागि एउटै ड्रेस कोड सिर्जना गर्न प्रोत्साहित गर्ने प्रस्ताव पनि समावेश गरेको छ ।

तर सबै सार्वजनिक विद्यालयका लागि एउटै ड्रेस कोड बनाउने नीति भने बाध्यकारी छैन । फरक फरक विद्यालयहरुमा फरक फरक ड्रेसकोड समेत हुनसक्नेछ ।





Source link

Leave a Comment