न्युयोर्क सिटीका पूर्व मेयर दुर्घटनामा, उपचार हुँदै



प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार


अमेरिकाको न्युयोर्क सिटीका पूर्व मेयर रुडी जुलियानी सवारी दुर्घटनामा परेर घाइते भएका छन् । अमेरिकाको न्यु ह्याम्पशायर राज्यमा भएको उक्त दुर्घटनामा उनी घाइते भएका हुन् ।

प्रहरीका अनुसार जुलियानी शनिबार साँझ म्यानचेस्टर सहरमा फोर्ड ब्रोंको कारमा सवार थिए । उक्त कारलाई पछाडिबाट अर्को कारले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

उनका सुरक्षा गार्ड माइकल रागुसाको भनाइअनुसार ८१ वर्षीय जुलियानीको छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

न्युयोर्क सिटीका पूर्व मेयर दुर्घटनामा, उपचार हुँदै

न्युयोर्क सिटीका पूर्व मेयर दुर्घटनामा, उपचार हुँदै

९/११ आतङ्कवादी आक्रमणपछि न्यूयोर्कलाई नेतृत्व दिएकाले उनलाई “अमेरिकाको मेयर” भनेर चिनिन्थ्यो । पछि उनले डोनाल्ड ट्रम्पका सल्लाहकार र निजी वकिलका रूपमा पनि काम गरे । यद्यपि, हाल उनीहरूबीचको सम्बन्ध टुटेको छ ।

दुर्घटनामा संलग्न सबैलाई चोट लागेपछि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

जुलियानीले बाटोमा घरेलु हिंसापीडितलाई देखेपछि सहयोग गरेको र त्यसको केही क्षणपछि नै यो दुर्घटना भएको बताइएको छ ।

न्यु ह्याम्पशायर प्रहरीले पनि घरेलु हिंसासम्बन्धी उजुरीको छानबिन भइरहेको बेला बाटोको अर्कोपट्टी दुर्घटना भएको देखेको पुष्टि गरेको छ । ठक्करपछि दुवै गाडी सडकको मध्यभागमा पुगेको र ठूलो क्षति भएको प्रहरीले बताएको छ ।

जुलियानीको कारलाई ठक्कर दिने चालकलाई प्रहरीले पहिचान गरिसकेको छ, तर अहिलेसम्म कुनै मुद्दा दायर गरिएको छैन ।

न्युयोर्क सिटीका पूर्व मेयर दुर्घटनामा, उपचार हुँदै

जुलियानी पहिलोपटक १९९३ मा न्युयोर्क सिटीको मेयर निर्वाचित भएका थिए । २००१ मा वर्ल्ड ट्रेड सेन्टरमाथि भएको ११ सेप्टेम्बर आक्रमणका बेला उनी नेतृत्वमा थिए ।

सन् २००८ मा उनले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका थिए तर असफल भए । पछि उनले ट्रम्पको २०१६ को चुनाव अभियानमा सल्लाहकारको भूमिका खेले भने २०१८ मा ट्रम्पको निजी कानूनी टोलीमा पनि सहभागी भए ।

२०२० को चुनावमा जो बाइडेनले जितेपछि उनले चुनावमा धाँधली भएको आधारहीन दाबी फैलाएका थिए ।





Source link

Leave a Comment