न्युयोर्कमा “फर्स्ट टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड” आइतबार



प्रकाशित मिति : बैशाख १८, २०८२ बिहीबार

न्युयोर्कमा “फर्स्ट टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड” आइतबार

रेभेल एभेन्टस् इंक, शतिसाल ग्रुप एलएलसी युएसए र बुद्ध ट्याक्स एण्ड एकाउन्टिङको संयुक्त आयोजनामा आइतबार न्युयोर्कमा हुने पहिलो ‘टप शप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५’ को तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन्। आयोजकका अनुसार अवार्ड समारोहमा नेपाललगायत अमेरिकाका विभिन्न राज्यहरूबाट कलाकारहरूको  सहभागिता रहने छ।

उक्त दिन नेपाली चलचित्र क्षेत्र र सांगीतिक क्षेत्रमा योगदान पुर्‍याएका चर्चित हस्तीहरूलाई सम्मान गरिने उक्त समारोहमा २ जनालाई लाइफटाइम अचिभमेन्ट (जीवनकाल प्राप्ति पुरस्कार) प्रदान गरिने भएको छ। गायक शम्भुजीत बास्कोटा र ओम विक्रम बिष्टलाई जीवनकाल प्राप्ति पुरस्कार प्रदान गरिने भएको छ। साथै, सांगीतिक क्षेत्र र चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याएका चर्चित हस्तीहरूलाई विभिन्न विधामा सम्मान गरिने आयोजकले जानकारी दिए।

नेपालबाट कलाकार राजेश हमाल, गायक शम्भुजीत बास्कोटा, कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी, नीति शाह, प्रशान्त ताम्राकार, कोरियोग्राफर तथा मोडल राहुल शाहलगायतको सहभागिता रहने जनाइएको छ। चर्चित मोडल तथा डान्सर राहुल शाहलगायत २० चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहने जनाइएको छ।

न्युयोर्कमा “फर्स्ट टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड” आइतबार

न्युयोर्कमा “फर्स्ट टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड” आइतबार

नेपाललगायत अमेरिकाका विभिन्न राज्यहरूबाट आगमन हुने कलाकारहरूलाई न्युयोर्कमा भव्य स्वागत गर्न आयोजक तयारी अवस्थामा रहेको आयोजकमध्येका एक शतिसाल ग्रुप एलएलसी युएसएका लकेश श्रेष्ठले जानकारी दिए। उनले भने, “यो एउटा अवार्ड मात्र नभएर फिल्म फेस्टिबलको रूपमा विकास गर्न सबै नेपाली समुदायलाई जोड्ने प्रयास भइरहेको छ र अमेरिकी इतिहासमै पहिलो पटक नेपाली संगीत र फिल्मी कलाकारहरूलाई एउटै ग्लोबल स्टेजमा सम्मान गर्ने ऐतिहासिक अवार्ड समारोहमा न्युयोर्कलगायत आसपासका क्षेत्रमा रहनुभएका समस्त नेपालीजन नेपालीमनहरूमा उत्साहजनक सहभागिताका लागि हार्दिक आह्वान गर्दछौं।”





Source link

Leave a Comment