न्युयोर्कमा प्राइमरी चुनावको अग्रिम मतदान जारी, मुख्य निर्वाचन जुन २५ मा, सहभागी हुन ड्रमको अपिल

प्रकाशित मिति : असार २, २०८२ सोमबार

न्युयोर्कमा प्राइमरी चुनावको अग्रिम मतदान जारी, मुख्य निर्वाचन जुन २५ मा, सहभागी हुन ड्रमको अपिल

न्युयोर्कमा आगामी जुन २५ मा हुन लागेको प्राइमरी निर्वाचनका लागि अग्रिम मतदान शनिबारदेखि सुरु भइसकेको छ। अग्रिम मतदान जुन २२ सम्म जारी रहनेछ। यसपटक न्युयोर्क सिटीमा मेयर, पब्लिक एड्भोकेट, सिटी कम्प्ट्रोलर, सिभिल कोर्टका न्यायाधिस, सिटी काउन्सिल सदस्य लगायतका पदहरूमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुँदैछ। न्युयोर्कमा बसोबास गर्ने हजारौं आप्रवासी समुदायका लागि आफ्नो नागरिक अधिकारको पूर्ण प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन देसिज राइजिंग अप एण्ड मुभिंग (ड्रम) ले अपील गरेको छ।

न्युयोर्क सिटीमा बसोबास गर्ने नेपाली अमेरिकन समुदायका मतदाताहरूले पनि अग्रिम मतदानमा सहभागिता जनाइरहेका छन्। अग्रिम मतदानमा मतदान केन्द्रहरु जुन १६ सम्म विहान ९ बजेदेखि साँझ ५ बजेसम्म, जुन १७ र १८ मा विहान १० बजेदेखि बेलुका ८ बजेसम्म, जुन १९ मा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म, जुन २० मा विहान ८ बजेदेखि दिउसो ४ बजेसम्म, जुन २१ र २२ मा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछन् । आफ्नो मतदान केन्द्र पत्ता लगाउन यहाँ क्लीक गर्नुहोला ।

अग्रिम मतदानले मुख्य मतदान दिनमा देखिने भीड कम गर्न मद्दत गर्छ र मतदाताहरूलाई आफूले सहज मान्ने समयमा मतदान गर्ने सुविधा दिन्छ। विशेषगरी कामकाजी वर्ग, विद्यार्थी, ज्येष्ठ नागरिक तथा परिवारका सदस्यहरूका लागि प्रारम्भिक मतदान उपयोगी मानिन्छ।

न्युयोर्कमा प्राइमरी चुनावको अग्रिम मतदान जारी, मुख्य निर्वाचन जुन २५ मा, सहभागी हुन ड्रमको अपिल

न्युयोर्कमा प्राइमरी चुनावको अग्रिम मतदान जारी, मुख्य निर्वाचन जुन २५ मा, सहभागी हुन ड्रमको अपिल

न्युयोर्कमा प्राइमरी चुनावको अग्रिम मतदान जारी, मुख्य निर्वाचन जुन २५ मा, सहभागी हुन ड्रमको अपिल

प्राइमरी चुनावको मुख्य मतदान दिन जुन २५ मा बिहान ६ बजेदेखि साँझ ९ बजेसम्म मतदान केन्द्रहरू खुला रहनेछन्। नेपाली अमेरिकन समुदायका विभिन्न सामाजिक संस्था, अभियन्ता र अगुवाहरूले समेत समुदायका सबै सदस्यहरूलाई समयमै मतदानमा सहभागिता जनाउन आह्वान गरेका छन्।

प्राइमरी निर्वाचनमा मतदान गर्नका लागि मतदाताले कुनै एक राजनीतिक दल रोज्नुपर्ने हुन्छ। यो निर्वाचनमा डेमोक्र्याट वा रिपब्लिकन जस्ता प्रमुख दलहरूमा सदस्यता लिएका व्यक्तिहरूले मात्रै मतदान गर्न पाउँछन्। यसले दलभित्रका उम्मेदवारहरू छनोट गर्न मद्दत गर्छ, जो पछि आम निर्वाचनमा प्रतिस्पर्धा गर्छन्। तपाईंले रोजेको दलको सदस्य भई प्राइमरी निर्वाचनमा मतदान गर्दा आफ्ना विचार र मूल्यमान्यतालाई प्रतिनिधित्व गर्ने उम्मेदवारलाई समर्थन गर्न सक्नुहुनेछ।

न्युयोर्कमा प्राइमरी चुनावको अग्रिम मतदान जारी, मुख्य निर्वाचन जुन २५ मा, सहभागी हुन ड्रमको अपिल

ड्रमले नागरिक अधिकारको प्रयोग गर्दै आफ्नो आवाज सुनाउन र लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै योग्य आप्रवासी समुदायका सदस्यहरूलाई मतदानमा सहभागी हुन हार्दिक आग्रह गरेको छ। ड्रमले भनेको छ, “तपाईंको एक भोटले समुदायको भविष्य र प्रतिनिधित्वमा ठूलो फरक पार्न सक्छ।”

न्युयोर्कमा प्राइमरी चुनावको अग्रिम मतदान जारी, मुख्य निर्वाचन जुन २५ मा, सहभागी हुन ड्रमको अपिल

थप जानकारी चाहिएमा वा कुनै सहयोग आवश्यक भएमा इच्छुक व्यक्तिहरूले [email protected] ईमेलमार्फत ड्रममा सम्पर्क गर्न सक्नुहुनेछ। साथै, ड्रमको आधिकारिक वेबसाइटमा गई आवश्यक जानकारी र स्रोतहरू प्राप्त गर्न सकिनेछ।

Source link

Leave a Comment