न्युयोर्कमा नेपालीको शव ८ महिनादेखि ‘दाबी नगरिएको’ अवस्थामा फेला



प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार

न्युयोर्कमा नेपालीको शव ८ महिनादेखि ‘दाबी नगरिएको’ अवस्थामा फेला

फेब्रुअरीमा भेटिएको नेपाली धनबहादुर ठकुरीको शव मे महिनामा मात्र पहिचान भए पनि हालसम्म परिवारको दाबी पर्खाइमा रहेको छ ।

न्युयोर्कमा एक नेपालीको शव विगत ८ महिनादेखि ‘दाबी नगरिएको’ अवस्थामा फेला परेको छ। अमेरिकी सरकारको हराएका र अज्ञात व्यक्तिको विवरण राख्ने राष्ट्रिय प्रणाली ‘नामुस’ का अनुसार धनबहादुर ठकुरीको मृत शरीर फेब्रुअरी ८ मा न्युयोर्कमा भेटिएको हो।

उनको शव न्युयोर्क सिटीको ३५ औँ स्ट्रीटको पार्क एभिन्यु र लेक्जिङ्टन एभिन्युको बीचमा फेला परेको थियो। फेब्रुअरीमा शव भेटिए पनि उनको पहिचान भने मे १७ मा मात्र खुलेको देखिन्छ। हालसम्म उनको शव दाबी नगरिएको अवस्था (अनक्लेम्ड स्टाटस) मा राखिएको छ।

प्रशान्त ठकुरीका नामबाट समेत चिनिने धनबहादुर केही महिनादेखि बेपत्ता थिए। एनआरएनए न्युयोर्क च्याप्टरका कोषाध्यक्ष गौतम ढकालले खसोखासलाई दिएको जानकारी अनुसार उनको खोजी गर्ने क्रममा हराएका व्यक्तिको राष्ट्रिय प्रणालीमा उनको नाम भेटिएको थियो। ढकालले आफूहरू झन्डै चार वर्षअघि केही महिना एउटै अपार्टमेन्टमा बसेको समेत बताए।

न्युयोर्कमा नेपालीको शव ८ महिनादेखि ‘दाबी नगरिएको’ अवस्थामा फेला

न्युयोर्कमा नेपालीको शव ८ महिनादेखि ‘दाबी नगरिएको’ अवस्थामा फेला
न्युयोर्कमा नेपालीको शव ८ महिनादेखि ‘दाबी नगरिएको’ अवस्थामा फेला
धनबहादुर ठकुरीको शव भेटिएको स्थल

परिवारका सदस्यहरू अमेरिकामा नभएका कारण ठकुरीको शव अहिलेसम्म औपचारिक रूपमा दाबी गरिएको छैन। यद्यपि, सरकारी निकायले परिवारका सदस्यहरूलाई उनको मृत्युबारे जानकारी दिइसकेको जनाएको छ। उनकी श्रीमती नेपालमै रहेको र परिवारका सदस्यहरू अमेरिका आउने भिसा प्रक्रियामा रहेको बताइएको छ।

झापाको दमक स्थायी घर भएका ठकुरी डिभी लोटरीमार्फत डेढ दशकअघि अमेरिका आएका थिए। उनलाई चिन्नेहरूका अनुसार विगतमा पोलियोका कारण अपाङ्गता भएका उनी पछिल्लो समयमा थप बिरामी पनि थिए। तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

आठ महिनादेखि शव अलपत्र अवस्थामा रहेकाले शव दाबी गर्नका लागि मासिक १ हजार डलरका दरले ८ हजार डलरभन्दा बढी शुल्क तिर्नुपर्ने भएको छ। साथै, उनको दाहसंस्कारका लागि पनि खर्च लाग्ने भएकाले समुदायका सदस्यहरूले सहयोग जुटाउने योजना बनाएका छन्।





Source link

Leave a Comment