न्युयोर्कमा जुन २४ को प्राइमरीका लागि मतदाता दर्ता शनिबारसम्म: छिटो दर्ता गर्न ड्रमको अपिल



प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

न्युयोर्कमा जुन २४ को प्राइमरीका लागि मतदाता दर्ता शनिबारसम्म: छिटो दर्ता गर्न ड्रमको अपिल

न्युयोर्कको क्वीन्समा रहेको मतदान केन्द्र । फोटो: खसोखास

न्युयोर्कमा जुन २४ मा हुने प्राइमरी चुनावमा भाग लिनका लागि मतदाता नामावली दर्ता गर्ने अन्तिम म्याद जुन १४, शनिबारसम्म मात्र रहेको छ। अर्थात्, जुन २४ को प्राइमरी चुनावमा मतदान गर्न योग्य हुनका लागि मतदाता नामावलीमा नाम दर्ताका आवेदनहरू जुन १४, २०२५ सम्म निर्वाचन बोर्डमा प्राप्त भइसक्नुपर्ने प्रावधान रहेको छ।

न्युयोर्कमा बसोबास गर्ने हजारौं आप्रवासी समुदायका लागि आफ्नो नागरिक अधिकारको पूर्ण प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन देसिज राइजिंग अप एण्ड मुभिंग (ड्रम) ले अपील गरेको छ। अग्रिम मतदान पनि जुन १४ बाट सुरु भई जुन २२ सम्म चल्नेछ। अग्रिम मतदान स्थल र समय पत्ता लगाउन यहाँ क्लीक गर्नुहोला ।  प्राइमरी चुनावको मुख्य दिन भने जुन २४ हो। प्राइमरी चुनावको मतदान स्थल र समय पत्ता लगाउन यहाँ क्लीक गर्नुहोला ।   यसपटक न्युयोर्क सिटीमा मेयर, पब्लिक एड्भोकेट, सिटी कम्प्ट्रोलर, सिभिल कोर्टका न्यायाधिस, सिटी काउन्सिल सदस्य लगायतका पदका लागि चुनाव हुँदैछ ।

मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रिया अत्यन्तै सहज र सरल बनाइएको छ। इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरेर अनलाइनमार्फत पनि आफ्नो नाम दर्ता गर्न सक्छन्। यो सबैभन्दा छिटो र सुविधाजनक विकल्प हो। यदि अनलाइन पहुँचमा समस्या भएमा वा व्यक्तिगत रूपमा फारम भर्न चाहेमा स्थानीय हुलाक कार्यालय वा निर्वाचन कार्यालयबाट सजिलै दर्ता फारम प्राप्त गर्न सकिन्छ। यी फारमहरू भरेर हुलाकमार्फत पठाउन वा नजिकैको निर्वाचन कार्यालयमा सीधै बुझाउन पनि सकिन्छ। आफ्नो बरो निर्वाचन बोर्डको कार्यालय खोज्न यहाँ क्लीक गर्नुहोला । 

न्युयोर्कमा जुन २४ को प्राइमरीका लागि मतदाता दर्ता शनिबारसम्म: छिटो दर्ता गर्न ड्रमको अपिल

न्युयोर्कमा जुन २४ को प्राइमरीका लागि मतदाता दर्ता शनिबारसम्म: छिटो दर्ता गर्न ड्रमको अपिल

ड्रमले विशेष रूपमा हुलाकमार्फत फारम बुझाउन चाहनेहरूलाई समय व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ। निर्वाचन कार्यालयले दर्ता प्रक्रिया पूरा गर्न केही समय लिने भएकाले अन्तिम म्याद भन्दा अघि नै आवश्यक प्रक्रिया पूरा गर्न अपिल गरिएको छ। ढिलासुस्तीले मतदानको अधिकारबाट वञ्चित गर्नसक्ने भन्दै छिटो कदम चाल्न आग्रह गरिएको हो।

न्युयोर्कमा जुन २४ को प्राइमरीका लागि मतदाता दर्ता शनिबारसम्म: छिटो दर्ता गर्न ड्रमको अपिल

प्राइमरी निर्वाचनमा मतदान गर्नका लागि मतदाताले कुनै एक राजनीतिक दल रोज्नुपर्ने हुन्छ। यो निर्वाचनमा डेमोक्र्याट वा रिपब्लिकन जस्ता प्रमुख दलहरूमा सदस्यता लिएका व्यक्तिहरूले मात्रै मतदान गर्न पाउँछन्। यसले दलभित्रका उम्मेदवारहरू छनोट गर्न मद्दत गर्छ, जो पछि आम निर्वाचनमा प्रतिस्पर्धा गर्छन्। तपाईंले रोजेको दलको सदस्य भई प्राइमरी निर्वाचनमा मतदान गर्दा आफ्ना विचार र मूल्यमान्यतालाई प्रतिनिधित्व गर्ने उम्मेदवारलाई समर्थन गर्न सक्नुहुनेछ।

प्राइमरी चुनावमा भाग लिनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम म्याद जुन १४ पछि दर्ता गर्न खोज्नेहरूले मतदानका लागि नोभेम्बरमा हुने आम निर्वाचनसम्म पर्खनुपर्ने हुन्छ, जसले गर्दा उनीहरू प्राइमरी निर्वाचनमा सहभागी हुनबाट वञ्चित हुनेछन्। ड्रमले नागरिक अधिकारको प्रयोग गर्दै आफ्नो आवाज सुनाउन र लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै योग्य आप्रवासी समुदायका सदस्यहरूलाई मतदानमा सहभागी हुन हार्दिक आग्रह गरेको छ। ड्रमले भनेको छ, “तपाईंको एक भोटले समुदायको भविष्य र प्रतिनिधित्वमा ठूलो फरक पार्न सक्छ।”

मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रियाबारे थप जानकारी चाहिएमा वा कुनै सहयोग आवश्यक भएमा इच्छुक व्यक्तिहरूले [email protected] ईमेलमार्फत ड्रममा सम्पर्क गर्न सक्नुहुनेछ। साथै, ड्रमको आधिकारिक वेबसाइटमा गई आवश्यक जानकारी र स्रोतहरू प्राप्त गर्न सकिनेछ।

न्युयोर्कमा जुन २४ को प्राइमरीका लागि मतदाता दर्ता शनिबारसम्म: छिटो दर्ता गर्न ड्रमको अपिल

 





Source link

Leave a Comment