प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार

एआईबाट निर्माण गरिएको तस्वीर ।
क्रिसमस डे नजिकिँदै गर्दा मानिसहरुले घर, कम्पाउण्ड तथा सवारीसाधनहरुमा रंगीचंगी बत्ती राख्ने गर्दछन् । न्युयोर्क सिटीमा त्यसरी बत्तीहरुको सजावट गर्न पाइन्छ कि पाइँदैन त ?
तपाइले घर कम्पाउण्डहरुमा क्रिसमस बत्तीहरु सजाउन पाउनहुन्छ तर गाडीहरुमा भने क्रिसमस बत्ती राख्न पाइँदैन । त्यसरी गाडीहरुमा क्रिसमस बत्तीले सजाएर हिड्नु भयो भने तपाई कारवाहीमा पर्न सक्नुहुन्छ ।
न्युयोर्कमा मात्र होइन, अमेरिकाको धेरैजस्ता राज्यहरुमा यसरी गाडीमा सजाएर हिड्नु गैरकानूनी छ र प्रहरी अधिकारीहरुले फेलामा पारेमा तपाइँलाई कारवाही गर्न सक्नेछन् ।
न्युयोर्कमा ट्रक, कार तथा एसयुभीमा सजावट हुने गरी बत्तीहरु राख्नु कानुन विपरित हुने न्युयोर्क राज्य डिपार्टमेन्ट अफ मोटर भेइकलले जनाएको छ । र, यसो गर्दा ट्राफिक नियम उलंघन गरेको अभियोगमा जरिबाना समेत हुनेछ । न्युयोर्कको कानुनले क्रिसमस बत्ती र गाडीमा लगाइएका एलईडी लाइटसमेत सबै किसिमका चम्किलो रङ्गहरुलाई पूर्ण रुपमा निषेध गरेको छ ।
आफ्नो गाडीमा बत्ती नभएका सजावटहरु भने गर्न सकिन्छ तर ती सजावटका सामानहरुले गाडीका बत्तीहरु, लाइसेन्स प्लेटहरु, सबैतिरका ऐनाहरुलाई छेक्न भने हुँदैन ।
यदी गाडीका साइट ऐनाहरु, बत्तीहरु र लाइसेन्स प्लेटहरु छेकिएको पाइएमा जरिबाना तथा प्वाइन्ट थप हुने कारवाहीहरु हुन सक्ने छ ।गाडीमा बत्तीहरु प्रयोग गरेर सजावट गर्दा त्यसले मानिसको सुरक्षामा गम्भीर असर पुर्याउन सक्ने कारणले ट्राफिक प्रहरीले टिकट जारी गर्न सक्ने कानूनी व्यवस्था छ । ती बत्तीहरु झिक्न लगाउन सक्छ भने जरिबाना पनि तिराउन सक्छ ।
यस्ता लाइटहरुले मानिसको ध्यान भड्काउन सक्ने र त्यसले दुर्घटनालाई बढाउन सक्ने संभावनालाई ध्यानमा राख्दै गाडीहरुका रंगीचंगी बत्तीहरुले सजाउन रोकिएको हो ।
लाइटका कारणले अतिआवश्यक सवारीसाधनहरुमा पनि अवरोध पुर्याउन सक्छ भने गाडी चालकले ती बत्तीहरुका कारण राम्रोसंग अगाडि र पछाडि देख्न समेत नसक्ने हुनाले यसरी गाडीहरुका बत्ती राखेर सजाउन रोकिएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
