न्युयोर्कको ज्याक्सनहाइटमा गहना पसलमा लुटपाट, कालो कपडा लगाएका कम्तीमा ३ महिला संलग्न

न्युयोर्कको ज्याक्सनहाइटमा गहना पसलमा लुटपाट, कालो कपडा लगाएका कम्तीमा ३ महिला संलग्न



प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार

न्युयोर्कको ज्याक्सनहाइटमा गहना पसलमा लुटपाट, कालो कपडा लगाएका कम्तीमा ३ महिला संलग्न

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको गहना पसलमा लुटपाट भएको छ । शुक्रबार साँझ  उक्त लुटपाट भएको र घटनापछि लुटपाटमा संलग्न भएको आंशका गरिएका कालो कपडा लगाएका कम्तीमा तीन महिला सेतो जिपमा भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ७४ स्ट्रीट ज्याक्सनहाइटमा रहेको एबीड ज्वेलर्समा उक्त घटना भएको हो ।

घटनापछि प्रहरीको टोली एबीड ज्वेलर्समा पुगेको थियो । लुटेराहरुले हथौडाले पसलको सिसा तोडेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना बेलुका ६ बजेतिर भएको जनाइएको छ । बेलुका ८ बजेसम्म घटनास्थलमा प्रहरीको टोली देखिएको थियो । घटनाबारे थप विवरण प्राप्त भएको छैन ।

न्युयोर्कको ज्याक्सनहाइटमा गहना पसलमा लुटपाट, कालो कपडा लगाएका कम्तीमा ३ महिला संलग्न

ज्याक्सनहाइट र आसपासमा दक्षिण एसियालीबाट संचालित व्यवसायहरुमा लुटपाटका घटनामा बृद्धि भएको देखिएको छ । गतमार्चको अन्तिमसाता ज्याक्सनहाइटमा नेपालीभाषीको मोबाइल पसलमा लुटपाट भएको थियो ।

पसलबाट १५ हजार डलर र १०० वटा फोन लुटपाट भएको न्युयोर्क प्रहरीले खसोखासलाई जानकारी दिएको थियो । बेलुका साढे ८ बजे २ जना अज्ञात बन्दुकधारीहरु पसलभित्र पसेर लुटपाट गरेको रिपोर्ट प्राप्त भएको प्रहरीले जानकारी दिएको थियो ।

न्युयोर्कको ज्याक्सनहाइटमा यस अगाडि पनि नेपाली र नेपालीभाषीहरुका स्टोरहरुमा पटकटक लुटपाट हुने गरेको छ । यसअगाडि नै ज्याक्सनहाइटमा नै रहेको नेपालीको मोबाइल पसलमा समेत लुटपाट भएको थियो ।

तस्वीर:  पासाङ शेर्पा र नारायण ढुंगाना

 

न्युयोर्कको ज्याक्सनहाइटमा गहना पसलमा लुटपाट, कालो कपडा लगाएका कम्तीमा ३ महिला संलग्न





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School