न्युयोर्कको क्वीन्समा बिक्रि भएको टिकटले जित्यो २५६ मिलियन डलरको पावरबल



प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार

Khasokhas

शनिवार रातीको पावरबल ज्याकपट जितेपछि एक भाग्यशाली न्युयोर्कवासी अब करोडपति हुने भएका छन् छन्। न्युयोर्क राज्यमा बिक्री भएको एकल टिकटले सबै छवटा नम्बर मिलाएर २५६ मिलियन डलर पुरस्कार जितेको छ। यो टिकट क्वीन्सको फ्लसिङस्थित पार्सन्स बुलिभार्डको हुआ लिआन सुपरमार्केटमा बेचिएको थियो।

यो सन् २०२० पछि न्युयोर्कमा जितिएको पहिलो पावरबल ज्याकपट हो। देशभर शनिबारको ड्रमा ५६८,९७८ टिकटले पुरस्कार जितेका छन्, जसमा १२ वटा टिकटले चारवटा सेतो बल र पावरबल मिलाएर ५०,००० डलर जितेका थिए। ती मध्ये छजना विजेताले थप १ तिर्दै पावर प्ले फिचर प्रयोग गरेर आफ्नो पुरस्कार दोब्बर गर्दै १,००,००० डलरबनाएका छन्।

शनिवार, डिसेम्बर ७ का विजेता नम्बरहरू १, ३१, ४३, ५५, ५७, र रातो पावरबल २२ थिए। भाग्यशाली विजेतासँग २५६ मिलियनलाई २९ वर्षसम्म वार्षिक किस्तामा पाउने विकल्प पनि छ । एकमुष्ठ लिन चाहेमा भने झण्डै १२३ मिलियन डलर प्राप्त गर्नेछन् ।

न्युयोर्कको क्वीन्समा बिक्रि भएको टिकटले जित्यो २५६ मिलियन डलरको पावरबल

यस वर्ष पावरबलका ९ वटा ज्याकपट ९ फरक राज्यहरूमा जितिएका छन्, जसले २०१८ को एकै वर्ष सबैभन्दा धेरै ज्याकपट जितेको रेकर्डलाई बराबरी गरेको छ।

सन् २०२४ जनवरी १ मा मिशिगनले ८४२ दशमलव ४ मिलियन डलर जितेर वर्षको सुरुवात गरेको थियो, त्यसपछि अप्रिल ६ मा ओरेगनले १ दशमलव ३२६ बिलियन ज्याकपट जित्यो। मे ६ मा फ्लोरिडाले २१४ दशमलव ९ मिलियन जित्यो भने जुन १० मा न्यु जर्सीले २२६ दशमलव ६ मिलियन जित्यो।

जुलाई ३ मा ओहायोले १३९ दशमलव ३ मिलियन जित्यो । अगस्ट १२ मा पेन्सिल्भेनियाले २१३ दशमलव ८ मिलियन जित्यो। अगस्ट १९ मा क्यालिफोर्नियाले ४४ दशमलव ३ मिलियन जित्यो भने अक्टोबर २३ मा जर्जियाले ४७८ दशमलव २ मिलियन जित्यो । त्यस्तै डिसेम्बर ७ मा न्युयोर्कले २५६ मिलियन जितेर वर्षलाई अन्त्य गरेको छ ।

पावरबलको सुरुवातदेखि नै यसले अमेरिकाभरका विभिन्न सामाजिक कार्यका लागि ३२ बिलियनभन्दा बढी योगदान गरेको छ। टिकट बिक्रीबाट आएको आधाभन्दा बढी रकम टिकट बिक्री भएको क्षेत्रमै रहन्छ।

न्युयोर्कको क्वीन्समा बिक्रि भएको टिकटले जित्यो २५६ मिलियन डलरको पावरबल

पावरबल टिकट २ डलरमा मा प्रति खेलका लागि उपलब्ध छ । यो ४५ राज्यहरू, वासिङ्टन डीसी, पोर्तोरिको र अमेरिकी भर्जिन आइल्याण्डहरुमा बिक्रीमा छ। पावरबलको ड्र प्रत्येक सोमबार, बुधबार, र शनिबार राति १० बजेर ५९ मिनेटमा फ्लोरिडा लटरी ड्र स्टुडियो, तलाहासीबाट प्रत्यक्ष प्रसारण हुन्छ।





Source link

Leave a Comment