नेसनल गार्डलाई क्यालिफोर्नियामा तैनाथ गर्न ट्रम्प प्रशासनलाई अदालतको अनुमति



प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार


अमेरिकी अपील अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लस एन्जलसमा पठाइएका नेसनल गार्ड सैनिकमाथि नियन्त्रण राख्न अनुमति दिएको छ। क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र स्थानीय अधिकारीहरूको आपत्तिको बाबजुद अदालतले यो अनुमति दिएको हो।

ट्रम्पले आप्रवासन नीतिविरुद्ध भड्किएका प्रदर्शनहरूलाई नियन्त्रणमा राख्न भन्दै लस एन्जलसमा झन्डै ४ हजार सैनिकहरू खटाएका थिए। तर, स्थानीय अधिकारीहरूले यस कदमलाई “अनावश्यक उक्साहट” भन्दै आलोचना गरेका थिए।

तीन न्यायाधीशहरूको प्यानलले ट्रम्पले “सङ्घीय कर्मचारी र सम्पत्तिको सुरक्षा गर्न” सैनिक परिचालन गर्ने संवैधानिक अधिकार प्रयोग गरेका हुन् भने। ट्रम्पले यसलाई “ठूलो जीत” भनेर सामाजिक सञ्जालमा घोषणा गरे।

नेसनल गार्डलाई क्यालिफोर्नियामा तैनाथ गर्न ट्रम्प प्रशासनलाई अदालतको अनुमति

नेसनल गार्डलाई क्यालिफोर्नियामा तैनाथ गर्न ट्रम्प प्रशासनलाई अदालतको अनुमति

यसअघि जिल्ला न्यायाधीश चार्ल्स ब्रेयरले ट्रम्पले सैनिक परिचालन गर्दा सङ्घीय कानुनको पालना नगरेको भन्दै आदेश दिएका थिए। “क्यालिफोर्निया नेसनल गार्डको नियन्त्रण तुरुन्तै गभर्नरलाई फिर्ता दिनुपर्छ,” न्यायाधीशले भनेका थिए।

तर, उनले त्यो आदेश जुन १३ सम्म रोक लगाएका थिए। अपील अदालतको निर्णयमा भनिएको छ, “राष्ट्रपतिले गभर्नरमार्फत सङ्घीयकरण आदेश नदिएको भए पनि, यो तथ्यले उनलाई सैनिक बोलाउने कानुनी अधिकारबाट वञ्चित गर्दैन।”

ट्रम्पले सामाजिक सञ्जालमा लेखे, “यो केवल गेभिनको कुरा होइन। अमेरिकाभरिका सहर र जनतालाई सुरक्षा आवश्यक परेमा, राज्य वा स्थानीय प्रहरी सक्षम नभए, हामीले नै सुरक्षा दिनुपर्छ।”

तर, अदालतले ३८ पृष्ठको फैसलामा ट्रम्पको तर्कप्रति पूर्ण समर्थन नदिएको देखिएको छ। न्यायाधीशहरूले भनेका छन्, राष्ट्रपति ट्रम्पको सैनिक प्रयोग “पूर्णरूपमा न्यायिक परीक्षणबाट बाहिर छैन।”

क्यालिफोर्नियाका गभर्नर न्यूसमले यस निर्णयप्रति प्रतिक्रिया दिँदै नेसनल गार्ड प्रयोग गर्दा कुनै अदालतलाई जवाफ दिनु नपर्ने ट्रम्पको दाबीलाई अदालतले अस्वीकार गरेको बताए। “नागरिकविरुद्ध सैनिक प्रयोगजस्तो सत्तावादी कदमलाई नजरअन्दाज गर्न दिँदैनौँ। डोनाल्ड ट्रम्प राजा होइनन्, र कानुनी रूपमा माथि छैनन्,” उनले एक्समा लेखेका छन्।

नेसनल गार्डलाई क्यालिफोर्नियामा तैनाथ गर्न ट्रम्प प्रशासनलाई अदालतको अनुमति

अब अदालतको निर्णयपछि करिब ४,००० सैनिक लस एन्जलसमा परिचालित रहन सक्नेछन्। ती सैनिकहरूले आइस र सङ्घीय सम्पत्तिको सुरक्षामा सहयोग गरिरहेका ट्रम्पले बताएका छन्।

आइसले लस एन्जलसमा छापा मारेर गैरकानुनी रूपमा बसिरहेका मानिसहरूलाई पक्रने अभियानका क्रममा सुरक्षा आवश्यक परेको बताइएको छ।

ट्रम्पले न्यूसमको विरोध हुँदाहुँदै करिब ७०० मरिन सैनिकहरू पनि लस एन्जलस पठाएका थिए। राष्ट्रपतिले कुनै राज्यको गभर्नरको सहमति बिना सैनिक परिचालन गरेको यो घटना दोस्रो हो।





Source link

Leave a Comment