नेशनल गार्डमाथि गोली हान्ने २९ वर्षीय लकनवाल, युद्धमा सीआइएसँग गरेका थिए सहकार्य



प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार

नेशनल गार्डमाथि गोली हान्ने २९ वर्षीय लकनवाल, युद्धमा सीआइएसँग गरेका थिए सहकार्य

ह्वाइट हाउसबाट केही ब्लक टाढा बुधबार भएको घातक आक्रमणमा दुई नेशनल गार्ड घाइते भएपछि पक्राउ परेका व्यक्तिको पहिचान खुलेको छ । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार पक्राउ परेका व्यक्ति २९ वर्षीय अफगान नागरिक रहमानुल्लाह लकनवाल रहेका छन् । 

अमेरिकी अधिकारीहरूका अनुसार लकनवालले अफगानिस्तानमा युद्धको समय अमेरिकी सरकारका साथै सीआइएसँग सहकार्य गरेका थिए। उनी सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी फिर्तीसँगै समाप्त भएको कन्दहारको साझेदार सुरक्षा बलमा कार्यरत रहेको सीआइएले बिहीबार पुष्टि गरेको छ।

घटनापछि अर्का एक गार्ड सदस्यले प्रतिकार गर्दै लकनवाललाई गोली हानेका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको थियो। अहिले उनी अस्पतालमा उपचाररत छन्।

अमेरिकी एटर्नी जिनिन पिरोका अनुसार लकनवालमाथि हत्या गर्ने उद्देश्यले हतियारसहित आक्रमण गरेका तीन मुद्दा तथा हिंसात्मक अपराधक्रममा हतियार राखेको अभियोग दर्ता गरिनेछ। घाइते गार्डहरूको अवस्थाका आधारमा आरोपमा परिवर्तन हुन सक्ने बताइएको छ।

नेशनल गार्डमाथि गोली हान्ने २९ वर्षीय लकनवाल, युद्धमा सीआइएसँग गरेका थिए सहकार्य

सुरक्षा निकायका स्रोतहरूका अनुसार लकनवाल सन् २०२१ मा अमेरिका प्रवेश गरेका थिए। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समार्फत उनलाई ‘Operation Allies Welcome’ कार्यक्रमअन्तर्गत ८ सेप्टेम्बर २०२१ मा मानवीय आधारमा  प्यारोल’ दिइएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देशमा लकनवाललाई अफगानिस्तानबाट आएको विदेशी भन्दै कडा टिप्पणी गरेका छन् । उनले लकनवालको अमेरिकी बसाइ बाइडेन प्रशासनले स्वीकृत गरेको कानुनमार्फत थपिएको उल्लेख गरेका छन् । 

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एक अधिकारीका अनुसार लकनवालले सन् २०२४ मा शरणका लागि आवेदन दिएका थिए । उनको आवेदन सन् २०२५ मा स्वीकृत गरिएको थियो। तर,  ‘ग्रीन कार्ड’ को प्रक्रिया अझै जारी छ।

अफगानिस्तानबाट २०२१ मा अमेरिका ल्याइएका धेरै व्यक्तिहरूलाई अमेरिकी सेनासँग काम गरेको आधारमा विशेष आप्रवासी भिसा प्रदान गरिएको थियो। अरूलाई अस्थायी मानवीय ‘प्यारोल’ दिइएको थियो। साथै ८ हजार भन्दा बढी अफगान नागरिकहरूलाई’Temporary Protected Status’ अन्तर्गत देश निकाला नहुने सुरक्षा पनि दिइएको थियो।

सीआइएले लकनवालले अफगानिस्तानमा अमेरिकी र बेलायती सेनासँग प्रत्यक्ष काम गर्ने विशेष फोर्स टिमको समेत नेतृत्व गरेको पुष्टि गरेको छ । एक पूर्व अफगान कमान्डोका अनुसार उनले दक्षिण अफगानिस्तानमा विशेष फोर्स युनिटको कमान सम्हालेका थिए भने सन् २०२४ मा नजिकको साथीको मृत्युबाट गम्भीर मानसिक आघातमा परेका थिए।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment