नेपाल घुम्ने अमेरिकी पर्यटकको संख्यामा वृद्धि, अक्टोबरमा भित्रिए १३ हजारबढी



प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार

नेपाल घुम्ने अमेरिकी पर्यटकको संख्यामा वृद्धि, अक्टोबरमा भित्रिए १३ हजारबढी

हिमाल अवलोकन गर्दै पर्यटक

सन् २०२५ को अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट अक्टोबर महिनामा मात्र १७ हजार २९८ पर्यटक नेपाल घुम्न आएका हुन् । यस्तै, अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट आठ हजार ७१८ पर्यटक नेपाल आएका छन् ।

छिमेकी मुलुक चीनबाट छ हजार ७५५ तथा जर्मनीबाट छ हजार ३६६ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कूल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१ दशमलव ६ प्रतिशत रहेको छ । युरोपेली मुलुकबाट मात्र ४० हजार ६० पर्यटक नेपाल आएका छन् ।

नेपाल घुम्ने अमेरिकी पर्यटकको संख्यामा वृद्धि, अक्टोबरमा भित्रिए १३ हजारबढी

नेपाल घुम्ने अमेरिकी पर्यटकको संख्यामा वृद्धि, अक्टोबरमा भित्रिए १३ हजारबढी

दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२ दशमलव ६ प्रतिशत पर्यटक आएका छन् । भारतसहित सार्क देशबाट २९ हजार ६० पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अन्य एसियाली देशबाट २३ हजार १२७ पर्यटक नेपाल आएका छन् । गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३ दशमलव ३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएका हुन् ।

सन् २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक नेपाल घुम्न आएका थिए ।

यस्तै, अघिल्लो महिना सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । बोर्डका अनुसार सेप्टेम्बरमा भारतबाट १५ हजार ५५६, चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका थिए ।

साथै, अगष्टमा भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका थिए । यस्तै, अगष्ट महिनामा चीनबाट सात हजार ५३३ अर्थात् ८ दशमलव ५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६ दशमलव ८ प्रतिशत, श्रीलङ्काबाट पाँच हजार ९५६ अर्थात् ६ दशमलव ७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४ दशमलव ८ प्रतिशत पर्यटक भित्रिएका थिए ।

पर्यटन बोर्डकाल अनुसार सन् २०२५ को १० महिनामा नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२४ को १० महिनामा नौ लाख ४१ हजार २४ पर्यटक नेपाल घुम्न आएका थिए ।

नेपाल घुम्ने अमेरिकी पर्यटकको संख्यामा वृद्धि, अक्टोबरमा भित्रिए १३ हजारबढी





Source link

Leave a Comment