नेपाली स्वास्थ्यकर्मीहरूले बाल्टिमोरमा सुविधायुक्त स्वास्थ्य क्लिनिक खोल्दै

नेपाली स्वास्थ्यकर्मीहरूले बाल्टिमोरमा सुविधायुक्त स्वास्थ्य क्लिनिक खोल्दै



प्रकाशित मिति : मंसिर १, २०८१ शनिबार

नेपाली स्वास्थ्यकर्मीहरूले बाल्टिमोरमा सुविधायुक्त स्वास्थ्य क्लिनिक खोल्दै

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नयाँ स्वास्थ्य सुविधा युक्त मेरिल्याण्ड प्राइमरी केयर क्लिनिक खुल्ने भएको छ । बाल्टिमोरस्थित स्थानीय समुदायलाई सेवा दिने उद्देश्यले नोभेम्बर १७ मा नयाँ स्वास्थ्य सुविधा मेरिल्याण्ड प्राइमरी केयर क्लिनिक खोल्ने तयारी गरिएको हो ।

यही नोभेम्बर १७ तारिखका दिन बिहान १० बजे एक समारोहका विच रिबन काटेर क्लिनिकको औपचारिक उद्घाटन कार्यक्रम गरिने स्वास्थ्यकर्मी ज्योति केसीले बताईन् ।

नेपालीभाषी डाक्टरहरू र स्वास्थ्यकर्मीहरूद्धारा सञ्चालन गरिएको उक्त क्लिनिकले बाल्टिमोरमा बसोबास गर्ने विभिन्न समुदायको स्वास्थ्य आवश्यकतालाई पूरा गर्ने लक्ष्य लिएको छ । उक्त क्लिनिकले गुणस्तरीय उच्च स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो कार्यक्रमले स्थानीय समुदायहरुका लागि क्लिनिकको सुविधाहरू अवलोकन गर्न, स्वास्थ्य सेवा प्रदायकहरूको टोलीसँग भेट्ने सेवाहरूको बारेमा उत्कृष्ट अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

मेरिल्याण्ड प्राइमरी केयर क्लिनिकले यस विशेष अवसरमा उद्घाटन कार्यक्रमको लागि सहभागी हुन सबैलाई निमन्त्रणा दिएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School