नेपाली मुलका नेपालीको भिसा फ्री कहिले हुने ?

नेपाली मुलका नेपालीको भिसा फ्री कहिले हुने ?


नेपाल प्रकृतिले सिंगारिएको एक सुन्दर देश। विश्वको अग्लो सगरमाथाले सुशोभित यो देशमा संसारका अन्य देशमा नपाइने जडिबुटी र पंक्षीहरु पाइन्छन । भौगोलिक विविधताले भरिएको नेपाल वास्तवमै सुन्दर छ। उकाली ओराली भञ्ज्याङ् र लेकवेंशीको यहाँ आफ्नै महत्त्व छ। अनेकतामा एकता यो देशको बिशेषता हो। यो देशका नागरिक स्वाभिमानी र मेहनती छन्। यातायात, सिंचाइ र मानवीय आवश्यकताको अभाव, देशप्रति गैरजिम्मेवार नेता, पदलोलुप र भ्रष्ट मानसिकता भएका शासकका कारणले गर्दा मानिसहरू यहाँ गरिबीको जीवन बाच्न बाध्य छन्। आदिकालदेखि मानिसहरु सुखको खोज गर्दै यहाँबाट विभिन्न देश बसाइँ सर्ने र कामको खोजिमा निस्कने गरेका छन्। नेपालीहरु विभिन्न समयमा भारत, भुटान, बर्मा (म्यानमार), मलाया (मलेसिया) कामको खोजीमा निस्किएको पाइन्छ।

समयक्रमसँगै संचारको बिस्तारले मानिसलाई अन्य युरोपियन र पश्चिमा देशहरुको जानकारी दिन थाल्यो। त्यहाँको आकर्षक तलब सुविधा र कामले गर्दा विस्तारै मानिस ती देशतिर आकर्षित हुन थाले। प्रथम विश्व युद्ध र दोश्रो विश्व युद्धले धेरै नेपाली युवाहरु विभिन्न देश पुगे। कति मारिए कति उतै बसे। दोश्रो विश्व युद्ध पछिका दिनमा मानिसहरु व्यापारको सिलसिलामा नेपालबाट बाहिरिने क्रम सुरु भयो। यसरी आफ्नो मातृभूमि त्यागेर बाहिरिएकाहरु उतै बसोबास गर्न थाले। समय सङ्गसङ्गै नेपाली जाजी विश्वव्यापी हुँदै गए।

सरकारी स्तरबाटै यसप्रकारको पहल नगर्ने हो भने नेपालको भलो चाहने अन्य देशका नेपाली जातिको आफ्नो मातृभूमि या पितृभूमिप्रति देखाउन खोजेको सदाशयता वा सेवाभाव बिस्तारै खुम्चिने कुरा निश्चित जस्तै छ। 

पहिलेको समयमा नियम कानुन त्यति व्यवस्थित थिएन। कतिपय देश आवतजावत गर्न कुनै पासपोर्ट र भिसाको आवश्यकता पर्दैन थियो। सबै देशमा सबैको दुताबास थिएनन्। बिस्तारै विभिन्न देशमा नियमहरु बन्दै गए। दुताबासहरु खोलिन थाले। नागरिकता वा राज्यले परिचय पत्र लागू गर्न थाले। देशको शान्ति सुरक्षाको हवाला दिएर एक देशबाट अर्को देश जान भिसा अनिवार्य गरियो। जो नेपाली नागारिकता लिने समयमा नेपालमा रहन सकेनन उनीहरुको परिचय नेपालबाट हराउँदै गयो। बाहिर भएका नेपालीहरु त्यतैको नागरिक भए। अरुनै देश बसेपनि उनीहरुले आफ्नो भाषा र संस्कृति बचाई राखे। भाषिक र सांस्कृतिकरुपमा नेपाली भएपनि कानुनीरुपमा उनीहरुको परिचय त्यही देशको नागरिकको रुपमा स्थापित भयो।

अहिले संसार साइबर युगमा प्रवेश गरिसकेको छ, र देशहरु आर्थिका समृद्धि प्राप्त गर्ने होडबाजी गर्दैछन्। कतिपय देशले अन्यमुलुकमा रहेका आफ्नो जातीय मुलका मानिसलाई आफूले सिकेको ज्ञान, सीप र सम्पत्ति आफ्नै मातृभूमि या पितृभूमिमा ल्याएर विकास र विस्तार गर्न आव्हान गरिरहेका छन्। छिमेकी देश भारत र चीनमा पनि बाहिर बसेका आफ्ना जातीय र भाषिक नागरिकलाई आफ्नो देशमा अर्थ भित्र्याउन र उद्योग खोल्न प्रोत्साहन गरिँदैछ। नेपालमा नेपाली जातीलाई प्रवेश दिने कुरामा अनेक कानुनी बार बन्देज लगाइएको छ।

विश्वव्यापीरुपमा नेपाली भाषिक र सांस्कृतिक अभियानलाई सुदृढ गर्दै नेपाली सांस्कृतिक विरासतलाई माथि उठाउनुका साथै यस्को महतत्त्व र गरिमा सबै तिर विस्तार गर्न पहल गर्नेछ। मुलतः नेपालसँग, नेपाली भाषासँग र नेपाली जातिसँग एकताबद्ध संजाल निर्माण गरि अगाडि बढ्ने छ।

संसारका विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली जातिलाई बिना रोकटोक नेपाल पस्ने र केही महिना बस्ने कानुन बनाउन आवश्यक छ। बाहिरबाट नेपाली सहजै नेपाल प्रवेश पाउने बित्तिकै पर्यटनको क्षेत्रमा उल्लेखनीय विकाश हुन सक्छ। नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारमा उनीहरुको माध्यमबाट अन्य देशमा बसोबास गरिरहेका विदेशीहरु माझ जानकारी र सुचना सम्प्रेषण गर्न मद्दत पुग्छ। अन्य देशमा आर्जन गरेको सम्पत्ति बिना कुनै अवरोध नेपालमा लगानी गर्ने वातावरण निर्माण गर्न सकिन्छ। यस्ले देशलाई आर्थिक रुपमा सबल बनाउन दुरगामी प्रभाव छोड्छ। 

सरकारी स्तरबाटै यसप्रकारको पहल नगर्ने हो भने नेपालको भलो चाहने अन्य देशका नेपाली जातिको आफ्नो मातृभूमि या पितृभूमिप्रति देखाउन खोजेको सदाशयता वा सेवाभाव बिस्तारै खुम्चिने कुरा निश्चित जस्तै छ। नेपाली भाषा बोल्ने, नेपाली संस्कृती मान्ने, नेपालसँग पुर्खा जोडिएका वा भएका मानिसलाई नेपाली नागरिक सरह आवागमन गर्ने व्यवस्था गर्न सके संसारका नेपाली जातिको पहिलो गन्तब्य नेपाल हुने कुरा निस्चित छ। यस्को लागि नेपालमा विदेशी जहाजले उडान थालेका अन्तर्राष्ट्रिय विमान स्थलमा सामान्य सुधार गरे पुग्छ।

हरेक नेपाली मुलको मानिस प्रत्यक्ष वा परोक्षरुपमा नेपालसँग जोडिन चाहन्छ। यो हरेक देशको विदेशमा बस्ने मानिसको चाहना हुन्छ नै। यही कुरालाई आत्मसाथ गर्दै एसोसिएसन अफ नेपाली ओरिजन नामक यो संस्थाले आफ्नो कार्य अगाडि बढाउने छ।

उल्लेखित उद्धेश्यका लागि नेपाल सरकार र कर्मचारीको तर्फबाट ठोस कार्य योजना आउन नसकिरहेको अवस्थामा नेपाल बाहिर रहेका नेपालप्रति शुभेच्छा राख्ने नेपाली जाति र नेपालीभाषी मानिसहरुको सक्रियतामा एसोसिएसन अफ नेपाली ओरिजिन नामक एक संस्थाको स्थापना भएको छ। सत्ताइस देशका प्रतिनिधि र पैतिस देश सङ्गको सम्पर्क र समन्वयमा यो संस्थाको स्थापना गरिएको छ। २१ र २२ मार्च २०२४ मा थाइल्यान्डको बैंककमा भएको उक्त भेलाले एउटा अवधारणा पत्र सार्जनिक गर्दै नेपाल सरकारसँग आवश्यक समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ।

एसोसिएसन अफ नेपाली ओरिजिनले संसारभरि छरिएर रहेका नेपाली जातिलाई भाषिक, सांस्कृतिकरुपमा एकताबद्ध गर्दै आपसी सम्बन्ध, भाईचारा, बन्धुत्वलाई प्रभावकारी बनाउन पुलको काम गर्नेछ। यस्ले संसारका जुनसुकै भागमा बसेको नेपाली जातिको मानिस होस् उस्लाई नेपालसँग कुनै न कुनै रुपले जोड्न प्रयास गर्नेछ। विश्वव्यापीरुपमा नेपाली भाषिक र सांस्कृतिक अभियानलाई सुदृढ गर्दै नेपाली सांस्कृतिक विरासतलाई माथि उठाउनुका साथै यस्को महतत्त्व र गरिमा सबै तिर विस्तार गर्न पहल गर्नेछ। मुलतः नेपालसँग, नेपाली भाषासँग र नेपाली जातिसँग एकताबद्ध संजाल निर्माण गरि अगाडि बढ्ने छ।

प्रवास वा मुलुक बाहिर रहेका नेपालीजातिको सीप, ज्ञान, अनुभव र आविष्कार मातृभूमि या पितृभूमिले लिन चाहेमा सहजै उपलब्ध गराउनु। विभिन्न मुलुकमा रहेका लगानीकर्ताहरुलाई स्वास्थ्य, शिक्षा, रोजगारीको क्षेत्रमा लगानी बढाउन र प्राप्त प्रतिफल आफ्नै देशमा लगाई सामाजिक र आर्थिक रुपान्तरणमा योगदान गर्न।

नेपाली कला, साहित्य, सङ्गीत र संस्कृतिको व्यापक प्रचारप्रसार गरी नेपाली मुलका समाजहरुमा कालान्तरसम्म जिवित राख्ने भूमिका निर्वाह गर्न। नेपाली जातिको गौरबगाथाको प्रचार गरि नेपाली जातिलाई सम्मानपूर्वक बस्ने वातावरण निर्माण गर्ने। सामुहिक उद्यमशिलताको विकास गरि नेपाली जातिको जातीय गौरव र आर्थिक आत्मनिर्भर हुने बाटो पहिल्याउने।

कतिपय नेपाली मुलका वा नेपालीभाषी मानिसहरु नेपालसँग हाम्रो के सम्बन्ध छ र भनेझैं गर्छन् तर तिनको हरेक क्रियाकलाप नेपालसँग कुनै न कुनै रुपमा जोडिएको भेटिन्छ र देखिन्छ। हरेक नेपाली मुलको मानिस प्रत्यक्ष वा परोक्षरुपमा नेपालसँग जोडिन चाहन्छ। यो हरेक देशको विदेशमा बस्ने मानिसको चाहना हुन्छ नै। यही कुरालाई आत्मसाथ गर्दै एसोसिएसन अफ नेपाली ओरिजन नामक यो संस्थाले आफ्नो कार्य अगाडि बढाउने छ।

नेपाली कला, साहित्य, सङ्गीत र संस्कृतिको व्यापक प्रचारप्रसार गरी नेपाली मुलका समाजहरुमा कालान्तरसम्म जिवित राख्ने भूमिका निर्वाह गर्न। नेपाली जातिको गौरबगाथाको प्रचार गरि नेपाली जातिलाई सम्मानपूर्वक बस्ने वातावरण निर्माण गर्ने। सामुहिक उद्यमशिलताको विकास गरि नेपाली जातिको जातीय गौरव र आर्थिक आत्मनिर्भर हुने बाटो पहिल्याउने।

यहाँ नेपालीमुल भनेको नेपाल मातृभूमि भएको, नेपाल पितृभूमि भएको, नेपाली भाषा बोल्ने, नेपाली संस्कृति मान्ने, नेपालसँग पुर्ख्यौली सम्बन्ध भएका, नेपाली जातिको चर्चा गर्न खोजिएको हो। यो अभियानमा नेपाली जातिका विश्वभरी छरिएर रहेका स्थायी या अस्थायीरुपमा बसेका, बाध्यताबस अर्को मुलुकमा शरण लिन पुगेका नेपाली मुलका जो सुकै पनि जोडिन सक्छन। यो अभियानमा जोडिने व्यक्ति धार्मिक दृष्टिले जो पनि हुन सक्छ। यहाँ लैङ्गिक, जातीय र क्षेत्रीय विभेद रहने छैन। यो अभियानमा नेपालदेखि सार्क मुलुक र त्योभन्दा बाहिरका सम्पूर्ण नेपाली मुलका वा नेपालीभाषी जोडिन सक्छन।

यो संस्थाले केही मुलभुत उद्धेश्य पुरा गर्ने अठोट लिएको पाइन्छ। पुर्खाको देश छोड्नुको पीडा, प्रवासमै जन्मेर पुस्तौं पुस्ता बिताए पनि आफ्ना पुर्खाको देशको माया, चासो, चिन्ता र चिन्तन अगाध रहेको मातृभूमि या पितृभूमिका शासकलाई अवगत गराउँदै पुर्खाको देशको आर्थिक, सामाजिक, सांस्कृतिक र सर्वाङ्गिण बिकासमा मद्धत पुर्याउनु।

प्रवास वा मुलुक बाहिर रहेका नेपालीजातिको सीप, ज्ञान, अनुभव र आविष्कार मातृभूमि या पितृभूमिले लिन चाहेमा सहजै उपलब्ध गराउनु। विभिन्न मुलुकमा रहेका लगानीकर्ताहरुलाई स्वास्थ्य, शिक्षा, रोजगारीको क्षेत्रमा लगानी बढाउन र प्राप्त प्रतिफल आफ्नै देशमा लगाई सामाजिक र आर्थिक रुपान्तरणमा योगदान गर्न। नेपाली कला, साहित्य, सङ्गीत र संस्कृतिको व्यापक प्रचारप्रसार गरी नेपाली मुलका समाजहरुमा कालान्तरसम्म जिवित राख्ने भूमिका निर्वाह गर्न। नेपाली जातिको गौरबगाथाको प्रचार गरि नेपाली जातिलाई सम्मानपूर्वक बस्ने वातावरण निर्माण गर्ने। सामुहिक उद्यमशिलताको विकास गरि नेपाली जातिको जातीय गौरव र आर्थिक आत्मनिर्भर हुने बाटो पहिल्याउने।

अल्पसंख्यकका समस्यामा त्यस राज्यको त्यति ध्यान जादैन र न्याय निसाफबाट बन्चित हुनुपर्छ। त्यस्तो अवस्थामा एकताबद्ध अभियान या आवाजले नै त्यस क्षेत्रमा बल पुग्ने भएकोले संसारभरिका नेपाली एक हुन आवस्यक छ। 

एसोसिएसन अफ नेपाली ओरिजिन मुलतः नेपाल बाहिर विभिन्न देशमा छरिएर रहेका नेपाली जातिलाई एकताबद्ध गरि आपसी सद्भाव कायम गर्दै नेपाली जातिको ईतिहास, धर्म, संस्कृति, भाषा र कला कौशललाई युगौंसम्म जिवित राख्ने मुलभुत उद्देश्यले स्थापित भएकोले यसलाई नेपालको कानुन अनुसार र गैरआवासीय नेपाली कानुन अनुसार नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता गरी अगाडि बढाउने उद्देश्य राखिएको छ। यस संस्थाले अन्य देशमा  नेपाली भाषा, कला र संस्कृतिको दुतको रुपमा काम गर्दै भावी पुस्तालाई नेपालसँग जोडि मुलरुपमा नेपाली भाषा, संस्कृति र कलाको माध्यमले सामुहिकता र एकताको सन्देश प्रवाह गर्ने छ। 

संसारमा अल्पसंख्यक जातिमाथी जहाँ पनि थिचोमिचो र शोषण भएको पाइन्छ। अल्पसंख्यकका समस्यामा त्यस राज्यको त्यति ध्यान जादैन र न्याय निसाफबाट बन्चित हुनुपर्छ। त्यस्तो अवस्थामा एकताबद्ध अभियान या आवाजले नै त्यस क्षेत्रमा बल पुग्ने भएकोले संसारभरिका नेपाली एक हुन आवस्यक छ। यहि कुराको परिपुर्ती गर्दै उन्नत नेपाली जातिको समाज निर्माण गर्न संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ। तसर्थ संकुचित मानसिकता , संकिर्ण बिचार र नेतृत्वमा आफै पुगे मात्र केही हुन्छ भन्ने दरिद्र सोचबाट माथी उठेर , सम्पुर्ण नेपाली जातिलाई एकताको सुत्रमा उन्न आआफ्नो क्षेत्रबाट योगदान गरौं। यहि नै समयको माग हो !

 

(लेखक गण्डकीपुत्र झोराहाट-२ मोरङमा जन्मिएका हुन् र अहिले अमेरिकामा बस्छन्।)

प्रकाशित: १७ भाद्र २०८१ ०८:४५ सोमबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School