नेपाली टीपीएसवाहक: ५५ सयले लिइसके ग्रिनकार्ड,  देशनिकालाको उच्च जोखिममा १५ सयमात्र



प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार

नेपाली टीपीएसवाहक: ५५ सयले लिइसके ग्रिनकार्ड,  देशनिकालाको उच्च जोखिममा १५ सयमात्र

टीपीएस खारेज भएपछि देशनिकालाको मुख्य जोखिममा झण्डै १५ सय नेपाली रहेको अनुमान गरिएको छ। उनीहरू अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेपछि पनि अमेरिका नछाडेर टीपीएसबाट संरक्षित रहेकाहरू हुन्। अगस्त ५ मा नेपालको टीपीएस समाप्त भइसकेपछि उनीहरू देशनिकालाको उच्च जोखिममा पर्नेछन्। अर्थात्, अगस्त ५ पछि अमेरिकी अध्यागमनले फेला पारेको खण्डमा उनीहरूलाई सिधै देशनिकाला गर्न सक्नेछ।

ती बाहेक, थप १३६५ जना नेपालीहरू देशनिकालाको आदेशपछि पनि अमेरिकामा कुनै संरक्षण बिना लुकिछिपी बसिरहेको तथ्यांक इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले सार्वजनिक गरेको थियो। खासगरी, यो संख्या सन् २०१५ को जुन २४ पछि अमेरिका प्रवेश गरेका र देशनिकालाको आदेश पाइसकेकाहरूको हो। यसरी टीपीएस समाप्त भइसकेपछि देशनिकालाको अग्रपंक्तिमा पर्ने नेपालीहरूको संख्या ३ हजारको हाराहारीमा हुनेछ।

अहिलेसम्म झण्डै ३५ सय नेपालीलाई अमेरिकाको अदालतबाट देशनिकालाको आदेश आइसकेको छ। त्यसमध्ये झण्डै ३ हजार अमेरिकाभित्रै रहेका छन्। नेपालीको टीपीएस खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयसँगै अगस्त ५ पछि झण्डै ३ हजार नेपालीहरू देशनिकालाको योजनाको अग्रपंक्तिमा पर्ने भएका छन्।

नेपाली टीपीएसवाहक: ५५ सयले लिइसके ग्रिनकार्ड,  देशनिकालाको उच्च जोखिममा १५ सयमात्र

नेपाली टीपीएसवाहक: ५५ सयले लिइसके ग्रिनकार्ड,  देशनिकालाको उच्च जोखिममा १५ सयमात्र

उनीहरूले पहिले नै देशनिकालाको आदेश पाइसकेकाले यदि अध्यागमनले पक्राउ गरेको खण्डमा उनीहरूलाई स्वदेश फर्काउनका लागि अरू कुनै अदालती प्रक्रिया पूरा गर्नुपर्ने छैन। तर, टीपीएसले समेटेका अरू झण्डै ६ हजारलाई भने आइसले पक्राउ गर्नासाथ देशनिकाला गर्न सम्भव छैन। उनीहरूमध्ये अधिकांशका एसाइलम वा अन्य आवेदन युएससीआईएस वा अध्यागमन अदालतमा विचाराधीन रहेकाले यो अवस्थामा आइसले उनीहरूलाई सिधै देशनिकाला गर्न सम्भव हुनेछैन। युएससीआईएस वा अध्यागमन अदालतमा विचाराधीन आवेदन रहेका टीपीएस नहुनेहरूलाई पनि आइसले पक्राउ गरेर तुरुन्तै देशनिकाला गर्न सम्भव छैन।

टीपीएसमा रहेका नेपालीहरूको संख्या अहिले झण्डै साढे ७ हजारमात्र रहेको छ। झण्डै ५० प्रतिशत नेपाली टीपीएस छाडेर अरू स्टाटसमा गइसकेका छन्। त्यसमध्ये ५५ सयले अमेरिकाको ग्रिनकार्ड लिइसकेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ।

अक्टोबर १२, २०१७ को युएससीआईएसको रिपोर्टअनुसार १४ हजार ७ सय ९१ नेपालीहरूले टीपीएस प्राप्त गरेका थिए। विद्यार्थी भिसामा रहेका १९७० जना नेपालीहरूले टीपीएसका लागि आवेदन दिएका थिए। त्यस्तै, विद्यार्थी भिसावाहकका डिपेन्डेन्ट ३९९ जनाले टीपीएसका लागि आवेदन दिएका थिए। उनीहरूमध्ये कतिपयले पहिले नै टीपीएस छाडिसकेका छन् भने कतिपय पुनः विद्यार्थी भिसा कायम गर्न पनि योग्य हुन सक्छन्।

सन् २०२३ को मार्चसम्म टीपीएसमा रहेका नेपालीहरूको संख्या ८ हजार ५ सय २५ रहेकोमा सेप्टेम्बरसम्म अर्थात् ६ महिनामा घटेर ८१ सयमा झरेको थियो। त्यसपछिको ६ महिनामा अर्थात् २०२४ को मार्चसम्म टीपीएसमा रहेका नेपालीहरूको संख्या अझ घटेर ७८७५ मा झरेको थियो। अहिले सेप्टेम्बर ३०, २०२४ सम्मको रिपोर्टअनुसार स्वीकृत टीपीएसमा रहेका नेपालीहरूको संख्या ७५०५ मा झरेको हो।





Source link

Leave a Comment