नेपालीसहित अमेरिकाबाट २६ हजारको डिपोर्टका लागि युएससीआईएसबाट अदालतमा रिफर



प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

नेपालीसहित अमेरिकाबाट २६ हजारको डिपोर्टका लागि युएससीआईएसबाट अदालतमा रिफर

यूएससीआईएसले फेब्रुअरी २८ मा नयाँ निर्देशन जारी गरेयता कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका २६ हजार ७ सयभन्दा बढी कागजातविहीन आप्रवासीको देशनिकालाको प्रक्रियाका लागि “नोटिस टु अपियर” जारी गरेको छ। यसरी नोटिस टु अपियर जारी हुनेमा नेपालीहरु समेत उल्लेख्य छन् । तर यकिन संख्या भने उपलब्ध छैन ।

अदालतबाट देशनिकालाको प्रक्रिया सुरु गर्नका लागि आप्रवासीलाई अदालतमा हाजिर हुन पठाइने सूचना नै नोटिस टु अपियर हो।  राष्ट्रपति ट्रम्पले “अमेरिकी जनतालाई आक्रमणबाट जोगाउन” जारी गरेको कार्यकारी आदेशको पालनास्वरूप युएससीआईएसले नयाँ निर्देशन जारी गरेको थियो।

“यस अद्यावधिकले यूएससीआईएसलाई विद्यमान आप्रवासन कानुनलाई प्रभावकारी रूपमा पुनः कार्यान्वयन गर्न सहयोग पुर्‍याएको छ। राष्ट्रपति ट्रम्प र सेक्रेटरी नोएमको नेतृत्वमा हामी सामान्य विवेकमा आधारित नोटिस टु अपियर नीतिमा फर्किएका छौं,” युएससीआईएसका प्रवक्ता म्याथ्यु ट्रेगेसरले भने। “फेब्रुअरी २०२५ यता हामीले हजारौं नोटिस टु अपियर जारी गर्दै आप्रवासन प्रणालीमा पारदर्शिता र सुरक्षा कायम गरिरहेका छौं,” उनले थपे।

नेपालीसहित अमेरिकाबाट २६ हजारको डिपोर्टका लागि युएससीआईएसबाट अदालतमा रिफर

नेपालीसहित अमेरिकाबाट २६ हजारको डिपोर्टका लागि युएससीआईएसबाट अदालतमा रिफर

यसअन्तर्गत अधिकारीहरूले आवेदनहरूको कठोर जाँच र छानबिनलाई प्राथमिकता दिएका छन्। ती जाँच र छानबिनका कारण हाल साप्ताहिक रूपमा करिब १ हजार ८ सय ४० नोटिस टु अपियरहरू जारी भइरहेको जनाइएको छ। बाइडेन प्रशासनको तुलनामा जालसाजीसम्बन्धी नोटिस टु अपियरमा मासिक २,८११ प्रतिशतले वृद्धि भएको युएससीआईएसले जनाएको छ।

यीमध्ये साप्ताहिक करिब ५ सय शरणार्थीसम्बन्धी र करिब १ सय टीपीएससम्बन्धी नोटिस टु अपियरहरू समेत समावेश छन्। यी प्रयासहरूले मानवीय कार्यक्रम तथा टीपीएस कार्यक्रममार्फत आप्रवासन प्रणालीको दुरुपयोगमा कमी ल्याएको अधिकारीहरूको भनाइ छ।

नयाँ निर्देशनअनुसार, जब कुनै अध्यागमन लाभसम्बन्धी अनुरोध अस्वीकृत भई व्यक्ति निष्कासनका लागि योग्य ठहरिन्छ, त्यस्ता अवस्थामा सामान्यतया नोटिस टु अपियर जारी गरिन्छ। यद्यपि, सीमित अवस्थामा अभियोजनको विवेकाधिकार प्रयोग गरिएको छ। टीपीएस र डाका सम्बन्धी मुद्दामा भने पहिलेको कानुनी प्रक्रिया यथावत् राखिएको छ।

यदि होमल्याण्ड सेक्युरिटीले कुनै देशको टीपीएस मान्यता अन्त्य गरेपछि व्यक्ति अन्य कुनै बसाइको अनुमति नपाएको खण्डमा उनीहरू नोटिस टु अपियरको दायरामा पर्न सक्ने युएससीआईएसले जनाएको छ। यस्ता व्यक्तिहरूले अमेरिका छोड्नुपर्ने हुन्छ। प्रस्थानको जानकारी दिन सीबीपीको मोबाइल एप ‘सीबीपी होम’ प्रयोग गर्न प्रोत्साहित गरिएको छ।





Source link

Leave a Comment