नेपालसँगको खेलमा नेदरल्याण्ड ६ विकेटले विजयी

नेपालसँगको खेलमा नेदरल्याण्ड ६ विकेटले विजयी



प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार

नेपालसँगको खेलमा नेदरल्याण्ड ६ विकेटले विजयी

नेपालसँगको खेलमा नेदरल्याण्ड ६ विकेटले विजयी भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको छ । पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट भएको थियो ।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा स्थानीय समय अनुशार विहान ११ बजे खेल सुरु भएको थियो । डलासमा रातभर भारी वर्षा भएकाले टस केहीबेर ढिलो भएको थियो ।

वर्षा रोकिएपनि मैदान भिजेकाले अम्पायरहरू ग्राउन्ड स्टाफलाई तयारीका लागि अलि बढी समय दिन चाहेकाले खेल ढिलो भएको हो ।

सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकपमा नेपालले डेब्यू गरेको थियो । त्यसकारण मंगलबार नेपाल १० वर्षपछि विश्वकपमा फर्केको हो । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् ।

समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School