नेपालले टस जित्यो, दीपेन्द्र र ललित बेन्चमा


१३ चैत, काठमाडौं । नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आज आयरल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टज जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।

दीपेन्द्र र ललित बेन्चमा, अनिल र विवेक खेल्दै

दोस्रो टी–२० अभ्यास खेलमा आज नेपालले दुई परिवर्तन गरेको छ । आयरल्यान्ड ए विरुद्ध प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको छ ।

अनिल शाह र विवेक यादवलाई भने मौका दिएको छ ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र

बेन्चमा : ललित राजवंशी र दीपेन्द्रसिंह ऐरी, प्रतिश जि.सी र आकाश चन्द ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School