नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय छैनः महासचिव चन्द

नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय छैनः महासचिव चन्द


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताएका छन्।

सोमवार पार्टीले काठमाडौंमा आयोजना गरेको शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले देशमा पार्टीको अनुशासन लागू गर्ने समय नभएको बताएका हुन्।

उनले कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताए। पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने पनि उनले स्पष्ट पारे। जनताले नयाँ चिज खोजिरहेको भन्दै जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने उनले बताए।  

महासचिव चन्दले एक्लैएक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने समय पनि नभएको बताए। उनले एकतावद्ध भएर देशलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रकाशित: १९ चैत्र २०८० १७:२७ सोमबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School