नेपालमा चिनियाँद्वारा भिसा दुरुपयोग, भिसा थप्न कागजी कम्पनी, अपराधमा भारतीयपछि पहिलो



प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार

नेपालमा चिनियाँद्वारा भिसा दुरुपयोग, भिसा थप्न कागजी कम्पनी, अपराधमा भारतीयपछि पहिलो

पछिल्लो समयमा चिनियाँहरुले नेपालको भिसा नीतिको दुरुपयोग गर्दै नेपाल बसाई लम्बाउने गरेको पाइएको छ । उनीहरुले नेपालमा भिसा अवधि लम्बाउन कागजी कम्पनीहरु निर्माण गर्ने गरेको र त्यस्ता कम्पनीहरु केबल भिसा थप्नका लागि बनाइने गरेको भेटिएको छ । त्यस्ता कम्पनीहरु भिसाको प्रयोजनका लागि मात्र बनाइएको र प्रयोजन सकिएपछि सकृय नरहेको समेत पाइएको छ ।

नेपालले सन् २०१६ देखि चिनियाँ नागरिकहरूलाई १५० दिनसम्मको निःशुल्क पर्यटक भिसा प्रदान गर्दै आएको छ । यो सुविधाका कारण नेपालमा चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । तर यो भिसामा नेपाल आएर कैयन चिनियाँ नागरिकले निःशुल्क भिसाको समय समाप्त भएपछि व्यवसायिक भिसा दुईपटक थप गरेर नेपाल बसाई लम्ब्याउने गरेका छन् ।

व्यवसायिक भिसा एकपटक भिसा थप गर्दा १२५ अमेरिकी डलर तिर्नुपर्छ भने १५० दिन निःशुल्क बसेर दुईपटक भिसा थप गर्दा २५० डलरमात्र तिरे पुग्छ । यो प्रावधानले पर्यटकको बसाइ र अन्य खर्चमार्फत मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गरिएपनि चिनियाँ पर्यटकहरुले यो सुविधाको दुरुपयोग गरेको पाइएको हो ।

नेपालमा चिनियाँद्वारा भिसा दुरुपयोग, भिसा थप्न कागजी कम्पनी, अपराधमा भारतीयपछि पहिलो

नेपालमा चिनियाँद्वारा भिसा दुरुपयोग, भिसा थप्न कागजी कम्पनी, अपराधमा भारतीयपछि पहिलो

नेपालको अध्यागमन विभागले समेत भिसा दुरुपयोग भएकोमा विमती राखेको छैन । विभाग आफैले पछिल्लो समय चिनियाँ नागरिकहरूले यो सुविधाको दुरुपयोग गरेको आशङ्का व्यक्त गरेको छ । अध्यागमन स्रोतले जानकारी दिए अनुशार ५ महिनाको पर्यटक भिसाको अवधि सकिएपछि चिनियाँ पर्यटकहरूले बसाइ लम्ब्याउन व्यवसायिक भिसा (बिजनेस भिसा) को प्रयोग गर्ने गरेको पाइएको छ ।

red labeled passport
फोटो: 戸山 神奈

विभागका अनुसार १३ जुलाई २०२४ देखि जुलाई २०२५ सम्म १,८९१ जनालाई बिजनेस भिसा जारी भएको छ, जसमध्ये १,२९३ जना चिनियाँ नागरिक छन् । यीमध्ये ९५% चिनियाँ पर्यटकले ५ महिनाको पर्यटक भिसा अवधि सकिएपछि बिजनेस भिसामार्फत थप ३÷३ महिना भिसा थप गरि नेपाल बस्ने गरेको पाइएको छ । त्यही ११ महिना बसेर चीन फर्किने र १÷२ महिनाको अवधिमा पुन पर्यटक भिसामा नेपाल आउने र ११ महिना वस्ने गर्दै आएको विभागले पाएको छ । उनीहरुले कर्मचारी थपका विवरणहरु र सामान्य योजनाहरु पेश गरेर भिसा थप्दै आएका छन् ।

निशुल्क पाइएको पर्यटक भिसाको सुरुको ५ महिना अवधिमा उनीहरुले कुनै पनि व्यवसाय दर्ता गर्नेतर्फ चासो नदेखाएको पाइएको छ । तर जब भिसा सकिन थाल्छ, त्यसपछिमात्र भिसा थप्नका लागि अन्तिम समयमा व्यवसाय दर्ता गरेर व्यवसायिक भिसाको प्रयोग गर्ने प्रवृत्ति बढेको देखिएको छ । यो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएकोले अध्यागमन विभागले सङ्कास्पद दृष्टिकोणले हेरेको हो तर पनि कागजी प्रक्रिया पूरा भएका कारण थप अनुसन्धान गर्न नसकिएको स्रोतले जनाएको छ ।

व्यवसायिक भिसा थप गर्न उद्योग विभागले उद्योग वा लगानी गरेको संस्थाको निरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । प्रतिवेदनमा लगानीको विवरण, कर्मचारी संख्या, संस्थाको स्थान र उद्देश्य उल्लेख हुनुपर्छ । यही आधारमा अध्यागमनले ३ महिनाको व्यवसायिक भिसा प्रदान गर्दै आएको छ । शंका लागेमा थप कागजात माग्ने गरिए पनि पहिले जस्तो अध्यागमन र उद्योग विभागको समन्वयमा शंकास्पद स्थानको निरीक्षण गर्ने कार्य हाल नभएकाले भिसा दुरुपयोगमा थप सहज भएको छ ।

पेश गरिएका कागजातको आधारमा मात्र भिसा प्रक्रिया अघि बढ्दा विश्वसनीय वातावरण सिर्जना हुन नसकेको पछिल्लो भिसा परिवर्तन दरले देखाएको छ । उद्योग विभाग पनि अध्यागमनजस्तै जटिल अवस्थामा रहेको बताउँछ । श्रोतका अनुसार नेपालमा हाल उद्योग अनुगमनमा चुनौती थपिएको छ । पहिले उद्योग र व्यवसाय भन्नासाथ कारखाना वा ठूला उद्योगमा लगानी हुने गथ्र्यो, तर अहिले सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी बढिरहेको छ । जसका कारण नीरिक्षणमा चुनौति थपिएको हो । नेपाल सरकारले आईटी हब बनाउने लक्ष्यसहित खुला रूपमा विदेशी लगानी आह्वान गरेको छ, जसको प्रभावमा उद्योग विभाग परेको छ ।

नेपालमा चिनियाँद्वारा भिसा दुरुपयोग, भिसा थप्न कागजी कम्पनी, अपराधमा भारतीयपछि पहिलो

श्रोतका अनुसार अनुगमनमा जाँदा पनि अधिकांश आईटी कम्पनीमा एउटा सानो कोठा, २–३ वटा ल्यापटप र सीमित कर्मचारी मात्र भेटिन्छन् । यस्ता कम्पनीले “आईटी कम्पनी यस्तै हुन्छ” भन्ने जवाफ दिने गरेको र एकछिनको निरीक्षणले वास्तविकता पत्ता लगाउन कठिन भएको विभागले जनाएको छ । अर्को चुनौती भनेको नेपाल सरकारले आईटी क्षेत्रमा विदेशी लगानीका लागि कुनै बजेटको सीमा (सिलिङ) तोकेको छैन ।

नेपालमा चिनियाँद्वारा भिसा दुरुपयोग, भिसा थप्न कागजी कम्पनी, अपराधमा भारतीयपछि पहिलो
नेपालको अध्यागमन विभाग

यसले २÷४ लाख देखि २०–२५ लाख नेपाली रुपैयाँ सम्मको खुद्रा लगानीमा कम्पनी दर्ता हुने र पहिलो ३ महिनामा प्रशासनिक कामका लागि समय माग्ने प्रवृत्ति बढेको छ । यो अवधिमा १५–२०% कारोबार देखाएर नियमसङ्गत देखाउने गरेको पाइएको छ जसले गर्दा थप ३ महिनाको भिसा माग गर्न सहज हुने गरेको छ । यस्तो कारोबार देखिएपछि उद्योग विभागले सिफारिस रोक्न सक्ने आधार निर्माण नहुने हुदा यसैको आधारमा भिसा थपको प्रक्रिया अगाडि बढ्ने गरेको छ । उद्योग विभागले गरेको सिफारिसको आधारमा नै अध्यागमन विभागले भिसा स्वीकृति दिने गर्दै आएको छ ।

अध्यागमन विभाग चिनियाँ नागरिकको भिसा परिवर्तन दरले चिन्तित रहेको छ । किनभने नेपालमा विदेशी नागरिकबाट हुने अपराधको तथ्याङ्क हेर्दा (भारत बाहेक) अपराधमा सबै भन्दा धेरै चिनियाँ नागरिक संलग्न रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ९१ जना विदेशी नागरिक नेपालमा अपराधमा संलग्न भएकोमा २८ चिनियाँ नागरिक रहेका थिए । त्यस्तै ०८१/०८२ जेठ महिना सम्मको तथ्यांक हेर्दा कुल ८९ मा २८ जना चिनियाँ नागरिक रहेका छन् । चिनियाँपछि अपराधमा संलग्न हुनेमा बंगलादेशका रहेका छन्। कल सेन्टर सञ्चालन, एटीएम चोरी, सुन तस्करी अबैध मुद्रा लगायतका अपराधमा उनीहरूको संलग्नता देखिएको छ ।

भिसाको दुरुपयोग हुन नदिन नेपाल सरकारले आईटी क्षेत्रमा लगानीको सीमा तोक्नुपर्ने र नियमनलाई प्रभावकारी बनाउनुपर्नेमा उद्याग विभागले सम्बधित निकायमा जोड दिइरहेको जनाएको छ । साना लगानीको नियमनमा कठिनाइ भइरहेको र यसले दीर्घकालीन रूपमा चुनौती थपिरहेको उद्योग विभागका अधिकारीहरुको भनाइ छ ।

चिनियाँ पर्यटकको भिसा दुरुपयोग र साना लगानीका आईटी कम्पनीको अनुगमनमा देखिएको चुनौतीले अध्यागमन र उद्योग विभागलाई थप जटिल अवस्थामा पु¥याउने अवस्था सिर्जना हुनसक्ने सम्भावना रहेको देखिएको छ । कागजी प्रक्रियाको आडमा भिसा परिवर्तन र भिसाका लागिमात्र व्यवसाय सञ्चालनको प्रवृत्ति नियन्त्रण गर्न प्रभावकारी नीति र अनुगमनको आवश्यकता तत्कालै देखिएको सम्बन्धित अधिकारीहरुको भनाई छ ।





Source link

Leave a Comment