नेपालमा एनपीएलको रौनक, युवा टोली यू-१९ एसिया कपमा व्यस्त

नेपालमा एनपीएलको रौनक, युवा टोली यू-१९ एसिया कपमा व्यस्त


१३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मंसिर १५ अर्थात आउने शनिवारदेखि नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ । जसमा ८ टिमको सहभागिता हुनेछ । अहिले नेपाली क्रिकेट खेलाडी देखि सारा समर्थक एनपीएलको प्रतिक्षामा छन् ।

तर एनपीएलमा सहभागिमध्ये एक टिम जनकपुर बोल्ट्सका खेलाडी हेमन्त धामीको नेतृत्वमा १५ सदस्यीय यू-१९ नेपाली टोली भने एसीसी यू-१९ एसिया कप खेल्न हाल युएईमा छ ।

नेपालमा अहिलेसम्मकै ठूलो क्रिकेट लिग हुन लाग्दा हेमन्तसहितका युवा खेलाडी भने यतिबेला यू१९ एसिया कपमा उत्कृष्ट नजिता ल्याउने लक्ष्यमा छन् ।

यू-१९ टोलीमा एनपीएलका लागि विभिन्न टोलीमा छनोट भएका ७ खेलाडी छन् । यी सात खेलाडीले एनपीएलको प्रारम्भिक खेल गुमाउनेछन् ।

जसमा हेमन्तसँगै जनकपुरका आकाश त्रिपाठी छन् । यस्तै उपकप्तान अर्जनु कुमाल र नरेन साउदी सुदूरपश्चिम रोएल्स, नरेन भट्ट विराटनगर किंग्स, रन्जित कुमार चितवन राइनोज र युनिस विक्र ठकुरी कर्णाली याक्समा अनुबन्ध छन् ।

क्यानले सहभागि फ्रेन्चाइजहरुसँग छलफल गरेर यू१९ एसिया कपबाट फर्केर आएपछि फ्रेन्चाइजमा फेरि सामेल हुने सहमति अनुसार ती खेलाडीलाई यू१९ टिममा राखेको छ ।

युएई जानुअघि अनलाइनखबरसँगको कुराकानीमा कप्तान हेमन्त धामीले अहिले आफ्नो ध्यान एनपीएलभन्दा यू१९ एसिया कपमा रहेको बताएका थिए । ‘एनपीएल बारे केही सोचेको छैन । यू१९ मा केन्द्रित हुने र त्यहाँबाट आएर टिम ज्वाइन गर्ने कुरा छ ।’

कस्तो छ तयारी?

क्यानले आयोजना गरेको यू१९ राष्ट्रिय प्रतियोगिताबा६ नेपाल यू१९ टिम छनोट गरिएको हो । सुरुमा १८ जना खेलाडी छनोट गरिएको थियो । त्यसपछि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली छनोट गरिएको हो ।

त्यसपछि नेपालले दुई साता तयारी गर्‍यो । जसमा भारतको कर्नाटक यू१९ टोलीसँग मुलपानी मैदान र टीयू मैदानमा गरी ५ अभ्यास खेल खेल्यो ।

मुख्य प्रतियोगिता शक्ति गौचनले कर्नाटकसँगको अभ्यास खेलले तयारीमा धेरै सहयोग गरेको र टिम यू-१९ एसिया कपका लागि तयार रहेको बताएका छन् ।

यू१९ एसिया कपमा एसियाको शीर्ष टिमहरु सहभागि हुनेछन् । कर्नाटक टिमसँग अभ्यास खेल खेल्दा धेरै कुरा सजिलो भयो । सिनियर टिमकै पिजियो, एनालिस्ट र ट्रेनर पनि पायौँ, गौचनले युएई जानुअघि अनलाइनखबरसँगको कुराकानीमा भने, ‘पाँच अभ्यास खेलबाट सबैको बलियो र कमजोर पक्ष थाहा पायौँ र कम्बिनेसन बनाउन पनि सहज भयो । यसले गर्दा अन्तिम टोली छान्न पनि सहज भयो । समग्रमा यो टुर्नामेन्टको लागि तयार छौँ ।’

गौचनले अभ्यास खेलमा टप अर्डरदेखि मध्य क्रम र बलरहरु सबैले राम्रव गरेकोले एसिया कपमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा रखेका छन् ।

यस्तै कप्तान हेमन्त धामीले पनि अभ्यास खेलको तयारीले टिममा आत्मविश्वास बढेको बताए । ‘तयारी राम्रो भएको छ । टिम सन्तुलित छ । भारतको स्टेट टिमसँग अभ्यास खेल खेल्न पायौँ । जसमा हामीले ३-२ ले सिरिज जित्यौँ । त्यसले खेलाडीको कन्फिडेन्ट बढेको छ ।’

उनले कप्तानी गर्दा कुनै दबाब नहुने र टिमलाई कसरी अगाडि बढाउने भन्ने कुमरा ध्यान दिने बताए । ‘मैले आफ्नो टिमलाई कसरी जिताउने र कसरी अगाडि बढाउने भन्ने कुरामा केन्द्रित छु। कुनै दबाब छैन ।’ पहिलो पटक यू१९ टिमको प्रशिक्षक बनेका शक्ति गौचनसँग धेरै कुराहरु सिकिरहेको हेमन्तले बताए ।

नेपाली टिममा यू१९ विश्वकप र यसअघि यू१९ टिमबाट खेलेका खेलाडीहरु समेत छन् । जसले गर्दा फाइदा पुग्ने प्रशिक्षक शक्ति गौचनको विश्वास छ ।

‘अनुभवी खेलाडी कुनै पनि टिममा हुन्छ भने अझ यु१९ मा हुन्छ भने धरै सहयोग हुन्छ । सिनियर टिमबाट खेलेको हेमन्तहसति नेपाल ए टिमबाट बाट खेलेको र पहिला यू१९ विश्वकप खेलेको केही खेलाडी छन् यसले त्यसले मैदान भित्रका साथै मैदान बाहिर पनि धेरै फरक पार्छ, प्रशिक्षक गौचनले भने, ‘क्रन्च सिचुएसनमा अनुभवी खेलाडीले ह्यन्डल गर्छ । खुशी छु कि अनुभी खेलाडी छन् । हेमन्त बलको रुपमा अनुभी छ र टिम कसरी ह्यन्डल गर्ने उसलाई थाहा छ ।’

हेमन्त सहित यू१९ विश्वकप छनोट खेलेका अर्जुन कुमाल आकाश त्रिपाठी र उत्तम रांगु थापा मगर अहिले पनि यू१९ टिममा छन् । चोटका कारण हेमान्तले यू१९ विश्वकप भने गुमाए । अर्जुन, आकाश र उत्तमले यू१९ एसिया कप पनि खेलेका थिए । हेमन्तले नेपालको सिनियर टिमबाट समेत एक खेल खेलिसकेका छन् ।

बेटर रिजल्ट ल्याउने लक्ष्य

नेपाल अहिलेसम्म एक पटक मात्र यू१९ एसिया कप सेमिफाइनल पुगेको छ । सन् २०१७ मा नेपाले भारतमाथि पहिलो पटक ऐतिहासिक जित हात पार्दा यू१९ एसिया कपको सेमिफाइनल पुगेको थियो ।

त्यही किसिमको प्रदर्शन गर्दै यस पटक अझ राम्रो नतिजा ल्याउने लक्ष्यमा नेपाल छ । प्रशिक्षक गौचनले लक्ष्य बारे स्पष्ट नभने पनि उनले ठूलो सोच रहेको बताए । ‘हाम्रो लक्ष्य त छ । यस वि क्यान भन्ने मोट्टो नै छ । सोच त ठूलो नै छ,’ टिमको लक्ष्यबारे सोध्दा गौचनले भने, ‘तर पनि हामी म्याच बाई म्याच जानेछौँ र वान बाई वान लिएर अगाढि बढ्नेछौँ । अहिले नै यो गर्छु भन्ने भन्दा पनि नेपाल यसअघि युथ एसिया कपको सेमिफाइनल पुगेको थियो र त्यो भन्दा बेटर रिजल्ट दिने आशा छ ।’

नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छ ।

कप्तान हेमन्त धामीले पनि पहिला खेलिसकको टिमहरुसँग खेल्न गइरहेकोले राम्रो नतिजा ल्याउने विश्वास राखेका छन् । ‘राम्रो नतिजा ल्याउने आशा छ । हाम्रो पोलमा रहेको तीनवटै टिम राम्रो छ । अर्को पोलमा भारत र पाकिस्तान छ । तर यी दुई टिम भन्दा हाम्रो समूहको खेल सहज हुन्छ होला । अफगानिस्तानलाई यू१९ विश्वकपमा जितेका छौँ’ उनले भने ।

हेमन्तले यसअघि पनि दुबई र शारजहाका खेलेको अनुभव रहेकोले त्यसले फाइदा हुने बताए । ‘पहिला खेलेकोले त्यहाँ कन्डिसन कस्तो छ के गर्नुपर्छ थाहा छ । शारजहाँमा फ्ल्याट विकेट छ र दुबईमा बलरलाई सहयोग पुग्छ । त्यसैले कसरी खेल्ने भन्ने थाहा छ ।’ उनले गत वर्ष युएईमा आईसीसी यू-१९ विश्वकपको एसिया छनोट खेलेका थिए ।

नेपालले आफ्नो पहिलो खेल शुक्रबार श्रीलंकासँग खेल्दै यू१९ एसिया कप यात्रा सुरु गर्नेछ । डिसेम्बर ३ मा बंगालदेश तथा डिसेम्बर ५ मा अफगानिस्तानसँग खेल्नेछ ।

‘हामीले तीनवटै विपक्षी टिमको लिस्ट हेरेर बलियो र कमजोर पक्षबारे जानकारी लिएका छौँ र त्यही अनुसार काम सुरु गरेका छौँ । उनीहरुको ब्याटिङ लाइनअफ र बलिङ अनुसार काउन्टर दिन टिमलाई हामी टिमको कम्बिनेसन बनाउनेछौँ ।’ प्रशिक्षक गौचनले भने ।

शक्तिको दोस्रो इनिङ्स

नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व अलराउण्डर शक्ति गौचन छन् । खेलाडी जीवनमा लेजेण्ड रहेका शक्तिले पहिलो पटक यू१९ टिमको मुख्य प्रशिक्षकको भूमिका पाएका हुन् ।

उनको यो दोस्रो इनिङ्स हो । लामो समय नेपालक लागि खेलेपछि प्रशिक्षकको जिम्मेवारी पाउँदा खुशी लागेको र त्यसलाई सफलतापूर्वक निभाउन प्रयास गर्ने गौचनले बताए ।

‘कोचिङ अनुभव गर्व लागिराछ । १७-१८ वर्ष खेलेपछि कोचिङ जिम्मेवारी पाएको छु । क्यानले दिएको यो जिम्मेवारी इमानदारीपूर्वक र सफलतापूर्वक निभाउने कोसिस गर्नेछु ।’

नेपालमा एनपीएलको रौनक, युवा टोली यू-१९ एसिया कपमा व्यस्त

उनले खेल्न भन्दा प्रशिक्षण गराउन गाह्रो हुने बताए । ‘कोचिङ चुनौतीपूर्ण हुन्छ । खेलाडी हुँदा आप्नो मात्र ख्याल गरे हुन्छ । तर कोचको रुपमा टिमकै जिम्मा हुन्छ । हरेक खेलाडीको जिम्मेवारी हुन्छ । धेरै कुरा हुन्छ । जिम्मेवारी भन्दा पनि राम्रोसँग निर्वाह गर्न सके राम्रो हुन्छ’ उनले भने ।

गौचन हँसिलो स्वभावका छन् र सधैँ हासिरहन्छन् । कोच अली कडा स्वभावको हुनुपर्ने मान्यता छ । तर गौचन भने स्ट्रिक भन्दा पनि फ्लेक्जिबल हुनुपर्ने र आवश्यकता अनुसार काम गर्नुपर्ने बताउँछन् । ‘कोच स्ट्रिक हुनुपर्छ भन्ने छैन । फ्लेक्जिबल र सिस्टमलाई फलो गरेर अघि बढ्दा राम्रो हुन्छ, उनले भने, ‘चाहिएको ठाउँमा स्ट्रिक हुनुपर्छ र कहिले माया गरेर खेलाउनुपर्छ । समग्रमा राम्रो प्याकेसज दिनुपर्छ । त्यो दिन सके आउने भविष्यमा यो टिमले धेरै योगदान दिन सकिन्छ ।’

गौचनले बफ्नै एकेडेमी खोलेर पनि युवा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । उनले प्रशिक्षण दिएका कुशल मल्ल र सुशन भारीले राष्ट्रिय टिमबाटै खेलिसके । कुशल अहिले पनि राष्ट्रिय टिममै छन् ।

आउने दिनमा पनि प्रशिक्षणमै निरन्तरता दिने शक्ति गौचनले बताए ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School