नेपालमा अमेरिकी महिलाको उद्धार, अपहरणमा सम्लग्न महिला पक्राउ



प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार

अमेरिकी नागरिकलाई अपहरण गरेको आरोपमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नम्वर ४ बस्ने ३७ बर्षीया सरिता लामालाई प्रहरीले अपहरणको आरोपमा पक्राउ गरेको हो । अपहरणमा परेकी ति अमेरिकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

लामालाई ७० बर्षीया अमेरिकी राहदानी वाहक महिलालाई अपहरण गरी ३ लाख यूरो फिरौती मागेको आरोपमा मकवानपुर हेटौडा उपमहानगरपालि वडा नम्बर १० नेवारपानीबाट प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी निरिक्षक अभिनाश दिप जि सि ले जानकारी दिनुभयो ।

नेपालमा अमेरिकी महिलाको उद्धार, अपहरणमा सम्लग्न महिला पक्राउ

नेपालमा अमेरिकी महिलाको उद्धार, अपहरणमा सम्लग्न महिला पक्राउ

लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र मकवानपु्र प्रहरीको सहकार्यमा कास्की प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौस्थित अमेरिकी दूतावासले ७० बर्षीया अमेरिकी नागरिक महिला मुक्तिनाथ मन्दिरको भ्रमणका लागि साथीहरुसँग नेपाल आई पोखराको लेकसाइडमा रहेको होटलमा बसेको समयमा चैत्र ११ गते अपहरणमा परेको भन्दै चैत्रको १२ गते कास्की प्रहरीलाई सूचना दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ परेकी लामा बिरुद्धमा अपहरण तथा शरिर बन्धक कसूरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार कसूर प्रमाणित भएमा ७ बर्ष देखि १० बर्ष कैद सजाय र ७० हजार देखि १ लाख सम्म जरिवाना सजाय हुने छ ।





Source link

Leave a Comment