नेपालबाट ग्रिनकार्ड पाउने नेपालीको संख्यामा मासिक बृद्धि, डिभी पाउने पनि थोरै बढे



प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार

नेपालबाट ग्रिनकार्ड पाउने नेपालीको संख्यामा मासिक बृद्धि, डिभी पाउने पनि थोरै बढे

अप्रिलमा अमेरिकाको आप्रवासी भिसा पाउने नेपालीहरुको संख्यामा मार्चको तुलनामा बृद्धि तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबार सार्वजनिक गरेको छ । अप्रिलमा कुल ७३५ जना नेपालीहरुले नेपालबाटै अमेरिकको आप्रवासी भिसा पाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको पहिलो महिना नेपालबाटै ग्रिनकार्ड पाउने गरी आप्रवासी भिसा पाउने नेपालीको संख्यामा वृद्धि देखिएपनि मार्चमा यो संख्यामा केही गिरावट देखिएको थियो । मार्चमा ६५७ जना नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका थिए । अप्रिलमा भने यसमा थोरै बृद्धि देखिएको छ ।

जो बाइडेनको कार्यकालको अन्तिम महिना जनवरीमा ७७८ जना नेपालीहरूले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेकोमा ट्रम्प आइसकेपछि फेब्रुअरीमा ७९७ जना नेपालीहरूले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका थिए ।

नेपालबाट ग्रिनकार्ड पाउने नेपालीको संख्यामा मासिक बृद्धि, डिभी पाउने पनि थोरै बढे

नेपालबाट ग्रिनकार्ड पाउने नेपालीको संख्यामा मासिक बृद्धि, डिभी पाउने पनि थोरै बढे

आप्रवासी भिसा पाउनेहरूमा सबैभन्दा धेरै डिभी विजेताहरू रहेका छन् । फेब्रुअरीमा ३९४ जना रहेकोमा मार्चमा २८० जनामात्र डिभी विजेता नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा पाएका थिए । तर अप्रिलमा यो संख्यामा थोरै बृद्धि देखिएर ३०२ पुगेको छ । फेब्रुअरीमा अमेरिकी नागरिकका बाबुआमाहरू १७३ जनाले आप्रवासी भिसा प्राप्त गरेकोमा मार्चमा यसमा कमी आएर १६४ मा झरेको थियो भने अप्रिलमा पनि यसमा थोरै बृद्धि भएर १९० पुगेको छ ।

ट्रम्पको कार्यकाल सुरु भएपछि फेब्रुअरीमा आप्रवासी भिसा पाउने नेपालीहरूको संख्या चालु आर्थिक वर्षका अन्य कुनै पनि महिनाको तुलनामा बढी रहेको थियो । अक्टोबरमा ६६९, नोभेम्बरमा ४७६, डिसेम्बरमा ६९६ र जनवरीमा ७७८ जना नेपालीले आप्रवासी भिसा पाएकोमा फेब्रुअरीमा यो सबै मासिक नम्बरको तुलनालाई उछिनेको थियो ।

आप्रवासी भिसा प्राप्त गर्नेहरूले नेपालमै बस्दा वा अमेरिकाबाहिर रहँदा नै ग्रिनकार्डका लागि आवेदन स्वीकृत गराएका हुन्। उनीहरूले अमेरिका पुगेपछि सामान्यतया एक महिनाभित्र दिएको ठेगानामा ग्रिनकार्ड प्राप्त गर्न सक्छन्।

अमेरिकाका वार्षिक १० हजारभन्दा बढी नेपालीहरूले ग्रिनकार्ड प्राप्त गर्दै आएका छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आर्थिक वर्ष २०२३ मा कुल ११,६४० जना नेपालीहरूले अमेरिकाको ग्रिनकार्ड पाएका थिए, जसमध्ये अमेरिका आइसकेपछि ग्रिनकार्ड आवेदन दिएर ग्रिनकार्ड प्राप्त गर्नेहरू ४,०८० र नेपालबाटै आप्रवासी भिसामा आउनेहरू ७,५६० रहेका थिए। यो संख्यामा ३,३७५ डिभी लोटरी विजेताहरू र १ हजारको हाराहारीमा शरणार्थी ९एसाइलम० बाट ग्रिनकार्ड पाउनेहरू छन्। अर्थात्, रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउनेहरू ८ हजारको हाराहारीमा छन्।

आर्थिक वर्ष २०२२ को तथ्यांक हेर्दा १२ हजार १० जना नेपालीहरूले अमेरिकाको ग्रिनकार्ड पाएका थिए। तीमध्ये २,८९४ जना डिभी लोटरीमार्फत र १,२६२ जनाले एसाइलम मार्फत ग्रिनकार्ड प्राप्त गरेका थिए। झण्डै ८ हजार नेपालीहरूले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउन सफल भएका थिए।

नेपालबाट ग्रिनकार्ड पाउने नेपालीको संख्यामा मासिक बृद्धि, डिभी पाउने पनि थोरै बढे

तथ्यांक हेर्दा सन् २०१३ मा १३,०४६, सन् २०१४ मा १२,३५७, सन् २०१५ मा १२,९२६, सन् २०१६ मा १२,८५१, सन् २०१७ मा ११,६१०, सन् २०१८ मा ११,९५३, सन् २०१९ मा १०,२०१ जना नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए। कोरोना महामारीका बाबजुद २०२० मा ७,८४७ र २०२१ मा ७,३०९ नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए।





Source link

Leave a Comment