नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन



प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले अमेरिकामा आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा २४ हजार ४६० अमेरिकी डलर फन्डरेज गरेको छ । यो फन्डरेज अभियान डिसेम्बरसम्म जारी रहनेछ । वार्षिकोत्सव र फन्डरेजका लागि न्युजर्सीमा परोपकारी संस्था ‘फ्रेन्ड्स अफ एड्वान नेपाल’ ले कार्यक्रमको आयोजना गरेको थियो । अमेरिकामा रहेको ‘फ्रेन्ड्स अफ एड्वान नेपाल’ ले नेपालमा सञ्चालित नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को कोष सङ्कलन शाखाको रूपमा काम गर्दछ ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

कार्यक्रमको उद्घाटन गर्दै ‘च्यारिटी डे गाला’ की अध्यक्ष दीप्ति परमारले एड्वानको ग्रासरुट पहलबाट राष्ट्रिय आन्दोलनमा भएको उल्लेखनीय यात्राबारे प्रकाश पारेकी थिइन् । उनले यो संस्थाले हालसम्म नेपालभर १ लाख ५३ हजारभन्दा बढी मानिसहरूको जीवनमा प्रभाव पारेको जानकारी दिइन् । परमारले एड्वानमार्फत कुनै अवसर नपाएका हजारौं महिलाहरूले अब शिक्षा, आत्मविश्वास र गरिमा पाएको बताइन् ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

संस्थापक अध्यक्ष डा. विष्णु माया परियारले आफ्नो मिसनलाई परिभाषित गरिरहने आफ्नो बाल्यकालको कथा सुनाएकी थिइन् । बाल्यकालमा आफूलाई कथित दलित, अछूत भएकै कारण मन्दिरमा प्रवेश गर्न नदिँदा यो प्रणाली परिवर्तन गर्न शिक्षित हुनुपर्ने कुरामा बुबाले जोड दिनुभएको सम्झना गर्दै उनले उक्त क्षणले आफ्नो जीवनलाई परिभाषित गरेको बताइन् ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

२७ वर्ष पहिले उनको गाउँ गोर्खाको ताक्लुङमा १५० डलर र एक महिलाको साहसबाट सुरु भएको यो पहल आज सामाजिक न्यायको लागि राष्ट्रव्यापी शक्तिमा परिणत भएको छ । एड्वानले विद्यालयहरूमा २७,००० भन्दा बढी बालबालिकाहरूलाई सहयोग गर्दछ र नेपालका १५ जिल्लाहरूमा महिला समूहहरूलाई सशक्त बनाउँछ, जसले उनीहरूलाई आत्मनिर्भर र विश्वस्त सामुदायिक नेता बन्न मद्दत गर्दछ ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

दुई भागमा सम्पन्न कार्यक्रममध्ये वार्षिकोत्सव सेसनका प्रमुख अतिथि तथा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) का अध्यक्ष लोकबहादुर थापाले सामाजिक रूपान्तरणमा एड्वानको योगदानको प्रशंसा गरेका थिए । उनले एड्वानको यात्रा न्याय र समानताका लागि साहस, करुणा र सामूहिक कार्यको उत्सव भएको बताएका थिए । विनम्र सुरुवातबाट यो एक राष्ट्रव्यापी आन्दोलन, दूरदृष्टि र लचकताद्वारा सञ्चालित एक मौन क्रान्तिमा विकसित भएको उनले बताए ।

राजदूत थापाले एड्वानको काम संयुक्त राष्ट्रसङ्घको समावेशीकरण, समानता र दिगो विकासका लक्ष्यहरूसँग मेल खाने कुरामा जोड दिएका थिए । यस वर्षको सुरुमा, एड्वानले इकोसकबाट विशेष परामर्शदात्री स्थिति प्राप्त गर्‍यो, जुन २०२५ मा संयुक्त राष्ट्रसङ्घबाट मान्यता पाउने एक मात्र नेपाली संस्था बन्यो । यो उपलब्धिले नेपालको ग्रासरुट सशक्तीकरणको कथालाई विश्वव्यापी मञ्चमा पुर्‍याउने अपेक्षा गरिएको छ । थापाले शिक्षा, समानता र गरिमामा लगानी सबैका लागि शान्ति, समृद्धि र न्यायमा लगानी भएको बताएका थिए ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

सिनेटर एन्जेला वी म्याकनाइटले एड्वानको लामो समयदेखिको समर्पणको प्रशंसा गरेकी थिइन् । उनले २७ वर्ष पहिले रोपेको एउटा बीउ अहिले नेपाललाई मात्र नभई यहाँ अमेरिकाका समुदायहरूलाई पनि घेर्ने एउटा वृत्तमा बढेको बताइन् ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

मेरिल्यान्डमा नेपाली मूलका राज्य सांसद ह्यारी भण्डारीले एड्वानको अटल समर्पण र प्रभावको प्रशंसा गरेका थिए । क्रान्तिहरू शक्तिका दरबारहरूमा नजन्मिने र तिनीहरू प्रायः सबैभन्दा विनम्र ठाउँहरूमा सुरु हुने उल्लेख गर्दै भण्डारीले एड्वानको कथाले वास्तविक परिवर्तन विशेषाधिकारबाट नभई सङ्घर्ष र लगनशीलताबाट आउने स्मरण गराउने बताए । उनले एड्वानमार्फत समाजको वास्तविकता झल्काउने नेपालको कथा जीवन्त हुने बताए ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

होबोकेनका मेयर र नवनिर्वाचित एसेम्बली मेम्बर रविन्दर भल्लाले एड्वानलाई शिक्षा र समानतामार्फत सशक्तीकरणको एक नमुनाका रूपमा चित्रण गरेका थिए । उनले महिला र सीमान्तकृत समुदायहरूलाई उत्थान गर्ने पहलहरूलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

फ्रेन्ड्स अफ एड्वान नेपालकी निर्देशक सुमित्रा मानन्धरले एड्वानको सफलता यसको मिसनमा विश्वास गर्ने सबैको भएको बताइन् ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

कार्यक्रममा नवनिर्वाचित एसेम्बली मेम्बर केटी ब्रेनन, पान अमेरिकाकी सीईओ रिया सेरानो, अध्यागमन वकिल खगेन्द्र जीसी, न्युयोर्क र न्यु जर्सीका नेपाली समुदायका सदस्यहरू, फिलिपिनो र दक्षिण एसियाली समुदायका व्यक्तित्व, उद्यमीहरू र शुभेच्छुकहरूको उपस्थिति थियो । उपस्थितहरूलाई निःशुल्क स्वास्थ्य जाँच र कोभिड १९ तथा इन्फ्लुएन्जाका लागि खोपहरू पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली सिनेमा र समाजमा पुर्‍याएको उत्कृष्ट योगदानका लागि नेपाली अभिनेत्री वसुन्धरा भुसाललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट पनि सम्मान गरिएको थियो ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

त्यसैगरी गायिका सपना श्री, जगदीश समाल र पार्कर दिनेश सुनारलाई नेपाली समुदायमा उनीहरूको योगदानका लागि सम्मान गरिएको थियो । यी कलाकारहरूले आफ्ना प्रस्तुतिहरू समेत दिएका थिए ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

कार्यक्रमको समापन गर्दै एड्वानकी वर्तमान अध्यक्ष बिन्दु परियार थापाले संस्थाको लामो यात्राबारे भावनात्मक रूपमा व्याख्या गरेकी थिइन् । उनले मन्दिरमा प्रवेश गर्नबाट वञ्चित हुनुदेखि लिएर विश्वास र सशक्तीकरणका मन्दिरहरू निर्माण गर्नु नै आफूहरूको यात्रा रहेको बताइन् । कार्यक्रम प्रदीप परियार थापा र श्रद्धा ठकुरीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

नेपालका सीमान्तकृत महिलालाई सघाउने एड्वानको वार्षिकोत्सवमा अमेरिकामा २४ हजार डलर संकलन

सबै फोटो : राजन काफ्ले





Source link

Leave a Comment